१६ वर्षअघि प्रचण्ड र पार्टीको निर्देशक विचारबारे बादलले के लेखेका थिए ?
रामबहादुर थापा 'बादल' विचार/बहस
पार्टीको निर्देशक विचार: महान् उपलब्धि तथा गम्भीर चुनौतीहरूको युगान्तकारी संश्लेषण
हालै सम्पन्न केन्द्रीय समितिमा नेपाली जनक्रान्तिका महान् उपलब्धि तथा गम्भीर चुनौतीहरूलाई पार्टीको निर्देशक विचारका रूपमा संश्लेषित एवं परिभाषित गर्ने ऐतिहासिक निर्णय भएको तथ्य अहिले सर्वविदित भइसकेको छ । पार्टीको यो वैचारिक संश्लेषणबारे विविध कोण–प्रतिकोणबाट चर्चा–परिचर्चा भइरहेको छ, यो स्वागतयोग्य कुरा हो । तर, मुख्य कुरा के हो भने यो ऐतिहासिक निर्णयलाई अझ परिमार्जित एवं पूर्णता दिन आम जनतालाई यो बहसमा सक्रिय सहभागी बनाउन अझ पर्याप्त चर्चा–बहसको आवश्यकता छ । वैचारिक दृष्टिले हाम्रो पार्टीले यसलाई युगान्तकारी निर्णयका रूपमा ग्रहण गरेको छ तर वस्तुगत दृष्टिले यसलाई युगान्तकारी बनाउन आम जनतालाई यो बहसमा संलग्न बनाई त्यसलाई जनदिशाको रूपमा स्थापित गराउनु आवश्यक हुन्छ । केवल यसरी मात्रै नेपाली समाजमा युगान्तकारी परिवर्तन ल्याउन सकिन्छ । त्यसैले, यहाँ केवल बहसलाई निरन्तरता दिने उद्देश्य सहित अत्यन्त संक्षेपमा विषयवस्तुका केही सीमित पक्षहरूबारे प्रारम्भिक टिप्पणी गर्ने जमर्को गरिएको छ ।
सर्वप्रथम, हामीले विषयवस्तुको गम्भीरता तथा त्यसको दूरगामी महत्वलाई ठीकढङ्गले दह्रोसँग आत्मसात् गर्नु जरुरी छ । यसबारे केन्द्रीय समितिमा पारित दस्तावेजमा अत्यन्त प्रष्टताका साथ भनिएको छ— “आजको अन्तर्राष्ट्रिय एवं राष्ट्रिय परिवेशमा यो संश्लेषणले नेपाली क्रान्तिमा मात्र होइन, विश्वक्रान्तिमा नै प्रभावकारी असर पर्न जाने यथार्थतामाथि विचार गर्दा विषयको गम्भीरता सामान्य अपेक्षा गरेभन्दा कयौंगुणा गहन रहेको स्पष्ट हुन्छ ।”
आज नेपाली जनक्रान्ति तथा यसले प्राप्त गरेका महान् उपलब्धिहरू जिउँदो यथार्थ भएको तथ्य दिनको घाम झैं छर्लङ्ग छ । यी महान् उपलब्धिहरूको प्रभाव केवल राष्ट्रिय सीमाभित्र मात्र कैद छैन, अपितु यसले विश्वस्तरमा प्रभाव पार्दै गइरहेको तथ्य पनि जगजाहेरै छ । नेपाली जनक्रान्ति, वस्तुतः विश्वक्रान्तिकै एउटा अभिन्न अंग भएकाले, फलतः यसले विश्वक्रान्तिमा पनि महान् योगदान पुर्याइरहेको तथ्य पनि स्वतः स्पष्टै छ । तसर्थ, नेपाली जनक्रान्तिको वैचारिक एवं व्यवहारिक ह्रास र विकासले विश्वक्रान्तिको ह्रास र विकासमा स्वतः प्रभाव पार्नु स्वभाविक हुन आउँछ । यस अर्थमा पनि ‘विषयको गम्भीरता सामान्य अपेक्षा गरेभन्दा कयौं गुणा गहन रहेको स्पष्ट हुन्छ ।’
आज विश्वका वस्तुगत अन्तर्विरोधहरू तीव्रत्तर बन्दै गइरहेका छन् । त्यसैले वस्तुतः क्रान्ति आजको मूल प्रवृत्ति बन्न गएको छ । तर, सोभियत संघ, चीन तथा अन्य समाजवादी मुलुकहरूमा भएको प्रतिक्रान्ति तथा विश्वक्रान्तिको स्थापित केन्द्रविन्दुको अभावमा आत्मगत स्थिति अत्यन्त प्रतिकूल बन्न गएको छ । एकातिर अत्यन्त अनुकूल वस्तुगत स्थिति तथा अर्कोतिर अत्यन्त प्रतिकूल आत्मगत स्थिति, यी दुई बीचको तीव्र अन्तर्विरोध नै आजको विश्वक्रान्तिको मुख्य चुनौती बन्न गएको स्पष्टै छ । सैद्धान्तिक दृष्टिले दक्षिणपन्थी संशोधनवाद, विश्व कम्युनिस्ट आन्दोलनको मुख्य खतरा भएको छ । तसर्थ, विश्वक्रान्तिलाई अग्रगति दि“दै विजयी बनाउन आज विश्वव्यापी रूपमा दक्षिणपन्थी संशोधनवादमाथिको विजय प्राथमिक आवश्यकता बन्न गएको छ । यस दृष्टिले पनि ‘विषयको गम्भीरता सामान्य अपेक्षा गरेभन्दा कयौं गुणा रहेको स्पष्ट हुन्छ ।’
Prachanda-Badal-750तर, यहाँ प्रश्न उठ्न सक्छ— आत्मगत दृष्टिले क्रान्तिलाई ‘मूल प्रवृत्ति’ बनाउन अथवा दक्षिणपन्थी संशोधनवादमाथि निर्णांयक विजय प्राप्त गर्न, के गर्नु आवश्यक छ ? त्यसका लागि सर्वप्रथम माक्र्सवाद–लेनिनवाद–माओवादका सार्वभौमिक सारतत्वलाई सिद्धान्ततः आत्मसात् गर्नु र त्यसको दृढतापूर्वक रक्षा गर्नु आवश्यक छ । तर यो एक, एउटा पक्षलाई मात्र आत्मसात् गर्नु पर्याप्त हुन्न । दोस्रो, मालेमाको व्यवहारतः सिर्जनात्मक प्रयोग तथा त्यसको निरन्तर विकास गर्नु पनि जरुरी हुन्छ । यी दुई पक्षहरूको द्वन्द्वात्मक अन्तर्सम्बन्धलाई ठीक ढङ्गले आत्मसात् तथा परिचालन गरेर नै उपरोक्त प्रश्नको युक्तिसंगत समाधान गर्न सकिन्छ तापनि, यहाँ अझ एउटा अर्को प्रश्न पनि उठ्न सक्छ— आजको मुख्य सैद्धान्तिक चुनौती के हो ? मालेमाको रक्षा वा विकास ? सामान्यतः आजको मुख्य चुनौती मालेमाको सिर्जनात्मक प्रयोग तथा विकास नै हो । तर, दक्षिणपन्थी संशोधनवाद त्यो मार्गमा मुख्य तगारो बनेर उभिएको छ ।
आज दक्षिणपन्थी संशोधनवाद सामान्यत : दुई रूपमा देखा परिरहेको छ— उदारपन्थी र कट्टरपन्थी । पहिलो उदारपन्थी संशोधनवाले मालेमाको सिर्जनात्मक प्रयोग तथा विकासको आवरणमा सर्वहारा वर्गको सर्वोत्तम सैद्धान्तिक संश्लेषणलाई तिलाञ्जली दिएर कुनै प्रस्थानविन्दुबिना हावामा प्रयोग र विकासको कुरा गर्दछ, परिणामतः त्यसले यथास्थितिवादको पक्षपोषण र सेवा गर्दछ । तर, कट्टरपन्थी संशोधनवाद त्यसको ठीक विपरीत रूपमा प्रकट हुने गर्दछ । त्यसले माक्र्सवाद–लेनिनवाद–माओवादको ‘दृढतापूर्वक रक्षा गर्ने’ आडमा मालेमाको उच्चतम प्रस्थानविन्दुलाई निषेध गरेर त्यसलाई ‘अन्तिम विन्दु’ मा परिणत गराउँदछ, परिणामतः त्यसले पनि यथास्थितिवादको नै पक्षपोषण र सेवा गर्दछ । दक्षिणपन्थी संशोधनवादका यी विपरीत रूपहरूको सार एउटै हुन्छ, एउटा दायाँ र अर्को बायाँ रंगमा रंगिएका हुन्छन् । सारतः दुबैले एउटै सन्देश भिन्न–भिन्न कला र भाषामा प्रस्तुत गर्दछन् । यी दुबैमा फरक फगत यति मात्रै हुन्छ— उदारपन्थीले यथास्थितिवाद अर्थात् जडतालाई मालेमा अर्थात् गतिको आवरणमा प्रस्तुत गर्दछन् र कट्टरपन्थीले मालेमालाई यथास्थितिवादको रूपमा ग्रहण गर्दछन् । अन्ततः परिणाम एउटै हुन्छ— जडता, यथास्थिति र गतिहीनता । मालेमा त क्रान्ति, गति र प्रगतिको विज्ञान हो र त्यसको अपरिहार्य परिणाम त्यही हुन्छ र हुनुपर्दछ । दक्षिणपन्थी संशोधनवाद सामान्यतः आज बाà दृष्टिले ‘उदारपन्थी’ रूप र आन्तरिक दृष्टिले ‘कट्टरपन्थी’ रूप बढी घातक तथा समस्यामूलक देखिएको छ । तर, समग्रतामा आज क्रान्तिकारी कम्युनिस्टहरूको मुख्य चुनौती मालेमाको सिर्जनात्मक प्रयोग तथा विकास गर्नु नै हो । तसर्थ, मालेमाको सर्वोच्च तथा सर्वोत्तम सार महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई क्रान्तिको ‘प्रस्थानविन्दु’ बनाएर वैचारिक तथा व्यवहारिक रूपमा अघि लम्कने विवेक एवं साहसको प्रदर्शन गर्नु आजको मुख्य तात्कालिक आवश्यकता बन्न गएको छ । अतः यस दृष्टिले पनि ‘विषयको गम्भीरता सामान्य अपेक्षा गरेभन्दा कयौं गुणा गहन रहेको स्पष्ट हुन्छ ।’
दोस्रो महत्वपूर्ण कुरा, पार्टी केन्द्रीय समितिको ऐतिहासिक निर्णयको सारतŒवलाई दह्रोस“ग आत्मसात्् गर्न तथा त्यसलाई समृद्धत्तर बनाउन नेपाली जनक्रान्तिमा प्राप्त महान् उलब्धिहरूलाई पनि ठीक ढङ्गले बुझ्नु र हृदयङ्गम गर्नु आवश्यक छ । पार्टी केन्द्रीय समितिमा पारित उक्त दस्तावेजमा नेपाली क्रान्तिका महान् उपलब्धिहरूलाई संश्लेषण गर्दै भनिएको छ— “यहाँसम्म आइपुग्दा जनयुद्धको राजनीतिक एवं फौजी क्षमता र देशको राजनीतिक प्रक्रियामा जनयुद्धको हस्तक्षेपको प्रभावकारितामा गुणात्मक बृद्धि भएको छ ।” त्यो ‘गुणात्मक बृद्धि’ को अझ ठोस राजनीतिक संश्लेषण गर्दै त्यसमा अगाडि भीनएको छ— “सामान्यतः देशव्यापी र विशेषतः पश्चिमी कमान्डमा प्राप्त फौजी सफलताहरूले दुश्मनलाई जनयुद्धका विरुद्ध आफ्नो सैन्य शक्ति परिचालनको विकल्प नरहेको स्थितिमा पु¥याइदिएको छ ।” फलतः “यी सफलताहरूले पश्चिमाञ्चलका विशाल ग्रामीण इलाकाहरूमा आधारइलाका र जनसत्ताको विकासलाई नितान्त नयाँ उचाइमा पुर्याइदिएका छन् ।”
यहाँ मुख्यतः र विशेषरूपमा के कुरामा ध्यान केन्द्रित गर्नु आवश्यक छ भने— नेपाली वर्गसमाजको इतिहासमा विशाल ग्रामीण इलाकाहरूमा सर्वहारा वर्गको नेतृत्वमा जनयुद्धको माध्यमबाट स्थानीय आधारइलाका तथा जनसत्ताको जन्म र त्यसले ‘नितान्त नयाँ उचाइमा विकास’ गर्नु वस्तुतः ‘पहिलो युगान्तकारी परिघटना’ हो— निश्चय पनि अहिले यो स्थानीय, अस्थिर र अपूर्ण छ तर यसले त्यसको युगान्तकारी महत्वलाई अलिकति पनि कम गर्दैन । यदि कारणवश स्थानीय आधारइलाका तथा जनसत्ताको पतन भयो भने, के त्यसको युगान्तकारी महत्व कम हुन जाने छ त ? निःसन्देह त्यो स्थितिमा पनि त्यसको युगान्तकारी महत्व एक इन्च पनि घट्ने छैन, बरु ठीक यसको विपरीत त्यसको महत्व कयौं गुणा बढ्नेछ । के पेरिस कम्युनको पतनबाट त्यसको युगान्तकारी महत्व घट्यो ? निश्चय पनि घटेन, बरु त्यो सोभियत क्रान्तिका निम्ति ‘उच्चतम प्रस्थानविन्दु’ बन्यो । के सोभियत सत्ताको पतनबाट त्यसको युगान्तकारी महत्व घट्यो ? निःसन्देह घटेन, बरु त्यो चिनिया“ क्रान्तिका निम्ति उच्चतम प्रस्थानविन्दु बन्यो । के महान् सर्वहारा सांस्कृतिक पतनले त्यसको युगान्तकारी महŒवलाई घटायो ? पक्कै पनि घटाएन, बरु त्यो पेरु, नेपाल लगायत विश्वक्रान्तिको उच्चतम प्रस्थानविन्दु बन्यो ।
निश्चय पनि आज नेपाली धर्तीमा स्थापित स्थानीय आधारइलाका तथा जनसत्ता, पेरिस कम्युन, सोभयित सत्ता, येनान तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको गहिरो र मजबुत जगमा उभिएको छ, तर यो करिव डेढ शताब्दी पूर्वको पेरिस कम्युन होइन, यो करिव एक शताब्दी अघिको सोभियत सत्ता पनि होइन, यो करिव ७७ वर्ष पहिलेको येनान पनि होइन, न त यो ३४ वर्ष अघिको महान् सर्वहारा सांस्कृतिक क्रान्ति हो, यो १० वर्ष अघिको आयाकुचो पनि होइन । यो त एक्काईसौं सहस्राब्दीको स्थानीय आधारइलाका र जनसत्ता हो । त्यसैले यसको युगान्तकारी महत्व अतुलनीयका साथै मौलिक पनि छ । नेपालको जनक्रान्ति महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उच्चतम प्रस्थानविन्दुबाट वस्तुतः अघि बढिसकेको छ । यो स्वयम्मा एउटा ‘उच्चतम प्रस्थानविन्दु’ बन्न गएको छ । जहाँसम्म नेपालको स्थानीय आधारइलाका तथा जनसत्ताको अस्थायी विफलताको आशङ्काको प्रश्न हो, त्यो स्थितिमा भावी पि“ढीले यसलाई आफ्नो ऐतिहासिक दायित्वको उच्चतम प्रस्थानविन्दु बनाउँदै त्यो महान् कार्यलाई निरन्तरता तथा पूर्णता दिनेछन् । त्यसैले नेपाली जनक्रान्तिले प्राप्त गरेका महान् उपलब्धिहरू— स्थानीय आधारइलाका तथा जनसत्ता— इतिहासको पानामा अमिट र अजरअमर भइसकेका छन् । यिनले हमेशा प्रकाशपुञ्ज बनेर भविष्यलाई प्रेरणा एवं मार्गदर्शन गरिरहने छन् ।
के नेपाली जनक्रान्तिले प्राप्त गरेका महान् उपलब्धिहरूलाई हामीले केवल ‘वस्तुगत परिघटना’ को रूपमा मात्र बुझेर पर्याप्त हुन्छ ? पेरिस कम्युन एउटा युगान्तकारी वस्तुगत परिघटना मात्र थियो वा त्यो एउटा युगान्तकारी आत्मगत परिघटना पनि थियो ? के सोभियत सत्ता फगत एउटा स्वःस्फूर्त वस्तुगत परिघटना मात्र थियो वा त्यो सचेत महान् वैचारिक क्रान्ति पनि थियो ? के चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति केवल एउटा वस्तुगत परिघटना मात्र थियो वा त्यो एउटा उद्देश्यमूलक आत्मगत क्रान्त्रि पनि थियो ? के नेपाली जनक्रान्तिले प्राप्त गरेका महान् वस्तुगत उपलब्धिहरू महान् वैचारिक उपलब्धिहरू पनि होइनन् त ?
कुनै पनि सामाजिक वस्तुगत परिघटनालाई पक्कै पनि सामजिक चेतना वा विचारबाट पृथक् गरेर बुझ्नु र व्याख्या गर्नु पर्याप्त हुन्न, न त ठीक यसको विपरीत सामाजिक चेतना वा विचारलाई सामाजिक वस्तुगत परिघटनाबाट अलग गरेर बुझ्नु र व्याख्या गर्नु नै पर्याप्त हुन्छ । सामाजिक वस्तुगत परिघटना तथा सामाजिक चेतनाको अविभाज्य अन्तर्सम्बन्धमा नै ती दुवै परिघटनाहरूलाई समग्रतामा युक्तिसंगत ढङ्गले बुझ्न र व्याख्या गर्न सकिन्छ, अन्यथा यो वा त्यो प्रकारको विचलनमा फस्नु अपरिहार्य हुन्छ । उदाहरणतः के जनयुद्धलाई जनयुद्धको अवधारणाबाट पृथक् गरेर बुझ्न सकिन्छ ? के आधारइलाका वा स्थानीय जनसत्तालाई यसको वैचारिक धरातलबाट अलग गरेर बुझ्न र विकास गर्न सकिन्छ ? के वर्गीय समाजलाई वर्गीय चिन्तनबाट पृथक् गर्न तथा पार्टीको युगान्तकारी चेतना, नीति, कार्यक्रम तथा सिद्धान्तबाट पृथक् गरेर बुझ्नु बेठीक मात्र होइन, वस्तुतः त्यो सत्रुको षड्यन्त्रमा फस्नु पनि हो । त्यो कुत्सित षड्यन्त्रको निर्ममतापूर्वक ध्ज्जी उडाएर मात्रै हामी नेपाली जनक्रान्तिका महान् उपलब्धिहरूको रक्षा तथा विकास गर्न समर्थ बन्न सक्तछौं । तर, हामीले यी महान् उपलब्धिहरूलाई महान् एङ्गेल्सले भनेजस्तै गरी बुझ्नुपर्दछ— “विश्वलाई पूर्वनिष्पन्न वस्तुहरूको समुच्चयको रूपमा होइन अपितु प्रक्रियाहरूको समुच्चयको रूपमा ग्रहण गर्नुपर्दछ, जसमा स्थायी प्रतीत हुने वस्तुहरू मात्रै होइन, बरु त्यस्तै मानवमस्तिष्कमा त्यसको मानसिक बिम्ब पनि अर्थात् धारणाहरू पनि सततः अविर्भाव तथा अवसानको अविरल परिवर्तनको क्रमबाट गुज्रिन्छन्… । (लेनिन पे. ३०, भो. ५) नेपाली जनक्रान्तिले प्राप्त गरेका महान् उपलब्धिहरू कुनै आकस्मिक परिघटना होइन, बरु कयौं पूर्वछलाङहरूको कूल परिणाम हो, यो ‘पूर्वनिष्पन्न वस्तुहरूको समुच्चय’ होइन, अपितु वस्तुगत एवं मानसिक ‘प्रक्रियाहरूको समुच्चय’ अर्थात् गतिको उच्चतम अभिव्यक्ति, वस्तुगत एवं मानसिक ‘प्रक्रियाहरूको समुच्चय’ अर्थात् गतिको उच्चतम अभिव्यक्ति हो । र, यो निरन्तर गतिमान अवस्थामा छ ।
तसर्थ, नेपाली जनताका यी महान् उपलब्धिहरूलाई निरन्तर गतिमान ‘घटना प्रक्रिया’ का साथै ‘विचारप्रक्रिया’ वा ‘विचारश्रृङ्खला’ को रूपमा पनि आत्मसात्् गर्न यहा“ संक्षेपमा ऐतिहासिक प्रक्रियाको चर्चा गर्नु आवश्यक छ ।
नेपाली समाजमा निजि सम्पत्ति, वर्गहरूको उदयस“गस“गै बहुराज्य वा बहुसत्ताहरूको पनि स्थापना भयो । तर, सामाजिक विकासको एउटा निश्चित विन्दुमा पुगेर बहुसत्ता नेपाली समाजको निम्ति बाधक बन्यो, तसर्थ इतिहासले ‘एकीकरण’ वा ‘केन्द्रीकरण’ को आवश्यकता महशुस ग¥यो, परिणामतः नेपालमा ‘एकल सत्ताको स्थापना भयो । वस्तुतः नेपाली समाजले ‘बहुसत्ता’ बाट ‘एकलसत्ता’ मा फड्को हान्नु एउटा युगान्तकारी परिघटना थियो तर त्यो एकीकरण कमजोर सामन्तवर्गको नेतृत्वमा भएकाले त्यसले इतिहासको आवश्यकतालाई पूर्ति गर्न सक्तैनथ्यो र सकेन पनि ।
नेपालमा ब्रिटिस साम्राज्यवादको अतिक्रमण मुख्यतः सुगौली सन्धि,, जंगेको उदय, सामन्त वर्गको आत्मसमर्पण, क्रान्तिकारी नेतृत्वको अभाव, कमजोर स्थितिको कूल परिणाम हो । त्यसैले नेपाल अर्धसामन्ती तथा अर्धऔपनिवेशिक समाजमा फेरियो । यो नकारात्मक दृष्टिले एउटा युगान्तकारी परिघटना थियो, एउटा प्रतिगामी फड्को थियो । यो परिघटना नै नेपाली राष्ट्र र जनताको विनाश र विघटनको ‘प्रस्थानविन्दु’ बन्यो । देशभक्त तथा न्यायप्रेमी जनताको प्रतिरोध, सामन्तवर्गको विलासी एवं अहंकारी चरित्र, ब्रिटिस साम्राज्यवादको ‘फुटाऊ र शासन गर’ को रणनीतिको परिणामस्वरूप नेपालमा ‘राजा’ तथा ‘राणा’ को द्वैधसत्ता स्थापित भयो । राजाको तुलनामा राणाले राष्ट्रिय गद्दारीका सबै कीर्तिमानहरू तोड्न सफल भएकाले त्यो ब्रिटिसहरूको मुख्य प्रियपात्र बन्नु स्वभाविकै थियो, फलतः ‘राणासत्ता’ नै मुख्यतः १०४ वर्षसम्म नेपाली जनता तथा राष्ट्रको बलात्कार गर्ने–गराउने निकृष्ट ब्रिटिस दलाल बन्यो । देशभक्त तथा जनवादी शक्तिहरूको आवाज देशद्रोही गद्दार तथा ब्रिटिसहरूको बुटमुनि निर्ममतापूर्वक पिसियो ।
पुँजीवादको साम्राज्यवादमा पतन, विश्वव्यापी आमसंकट, प्रथम तथा दोस्रो विश्वयुद्ध, सोभियत तथा चिनियाँ क्रान्तिहरू, ब्रिटिस साम्राज्यवादको भारतीय उपमहाद्वीपबाट पलायन, भारतमा घरेलु सामन्त, नोकरशाह तथा दलाल पुँजीपतिवर्गको हातमा सत्ता हस्तान्तरण, नेकां तथा नेकपाको स्थापना, राष्ट्रियता, जनवाद तथा जनजीविकाका निम्ति जनप्रतिरोधको कूल परिणाम २००७ सालमा ‘द्वैधसत्ता’ को पुरानो स्वरूपमा परिवर्तन आयो । भारतीय विस्तारवादको संरक्षणमा नेकां तथा ‘राजा’ को ‘द्वैधसत्ता’ बन्यो । राणाको मुख्य स्थान नेकांले लियो र राजाको मूलतः उही स्थिति रàो । जनताले फगत बहुदलीय व्यवस्था अर्थात् सारतः नया“ आवरणमा सामन्त नोकरशाह तथा दलाल पु“जीपतिवर्गको ‘द्वैध सत्ता’ को शोषण–उत्पीडन पुनः खप्नुपर्ने भयो तापनि जनताले केही महŒवपूर्ण उपलब्धिहरू पनि प्राप्त गरे । यद्यपि नेपाली समाजको अर्धसामन्ती तथा अर्धऔपनिवेशिक चरित्रमा कुनै मौलिक परिवर्तन भने आएन ।
नेपाली वर्गसमाजमा सर्वहारावर्गको उदय तथा नेकपाको स्थापना (२००७) वस्तुतः नेपालको इतिहासमा एउटा युगान्तकारी परिघटना थियो । आन्तरिक एवं बाà, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर्विरोधहरूको विकासस“गस“गै नेकपाको वैचारिक एवं साङ्गठनिक विकास हु“दै गयो । वर्गसङ्घर्षको दृष्टिले सामन्तवाद तथा साम्राज्यवाद, मुख्यतः भारतीय विस्तारवाद र दुईलाइन सङ्घर्षको दृष्टिले राजापरस्त तथा कांग्रेसपरस्त दक्षिणपन्थी प्रवृत्तिका विरुद्ध जुध्ने क्रममा नै नेकपाको वैचारिक तीक्ष्णता र व्यवहारिक कार्यकुशलताको पनि क्रमशः बृद्धि हु“दै गयो । अन्तर्राष्ट्रिय स्तरमा एकातिर सोभियत सामाजिक साम्राज्यवाद तथा अर्कोतिर अमेरिकी साम्राज्यवादको भन्डाफोर गर्दै यसले आफ्नो अन्तर्राष्ट्रियतावादी छविलाई पनि विस्तार गर्दै गयो । ऐतिहासिक भौतिकवादका सार्वभौमिक सच्चाइलाई नेपालको विशिष्ट परिवेशमा यसले निरन्तर लगन तथा इमानदारीका साथ सिर्जनात्मक प्रयोग गर्ने क्रममा सापेक्षिक उपलब्धि एवं सफलताहरू पनि प्राप्त गर्दै गयो । त्यो प्रक्रियाले ‘एकता महाधिवेशन’ तथा नेकपा (माओवादी) को विन्दुसम्म आइपुग्दा वैचारिक एवं साङ्गठनिक दृष्टिले नितान्त नया“ ऐतिहासिक चरणमा फड्को हान्यो । ‘एकता महाधिवेशन’ वस्तुत वैचारिक केन्द्रीकरणको सर्वोत्तम अभिव्यक्ति थियो । ‘एकता महाधिवेशन’ निश्चय पनि नेपाली सर्वहारावर्गको वर्गसङ्घर्ष तथा दुईलाइन सङ्घर्षका असंख्य अनुभवहरूको उच्चतम सैद्धान्तिक संश्लेषण थियो । निःसन्देश त्यो नेपाली सर्वहाराले सैद्धान्तिक क्षेत्रमा प्राप्त गरेको अभेद्य अस्त्र थियो, सा“च्चै त्यो एउटा महान् वैचारिक क्रान्ति थियो । तर, सांगठनिक दृष्टिले सर्वहारावर्गको अग्रदस्ताले स्वयम्लाई दक्षिणपन्थी प्रवृत्तिबाट निर्णांयक रूपमा अझ मुक्त गरिसकेको थिएन । त्यो प्रक्रियाले पनि नेकपा (माओवादी) को स्थापना नेतृत्व केन्द्रीकरणको सर्वोच्च र सर्वोत्तम अभिव्यक्ति थियो । यसरी इतिहासले नेपाली जनक्रान्तिका दुई जादुगरी हतियार क्रान्तिकारी सिद्धान्त तथा क्रान्तिकारी संगठन (नेतृत्व) को निर्माण ग¥यो ।
तर, यो आत्मगत जगत्मा भएको सांस्कृतिक क्रान्ति थियो । यो नेपाली समाजका वर्गअन्तर्विरोधहरूको वैचारिक एवं सांगठनिक केन्द्रीकरणको पराकाष्ठा थियो, यो व्यवहारतः क्रान्तिको आत्मगत पूर्वाधारहरूको ‘चार तयारी’ थियो । किन भने क्रान्तिकारी चेतनाजगत्, वस्तुजगत्को फगत निस्क्रिय एवं निर्जीव प्रतिबिम्ब मात्र नभएकाले यो गतिमान ‘प्रक्रियाहरूको समुच्चय’ भएकाले त्यसले वस्तुजगत्मा क्रान्तिकारी हस्तक्षेप गर्नु आवश्यम्भावी हुन्छ । परिणामतः त्यो ‘क्रान्तिकारी हस्तक्षेप’ २०५२ फागुन १ गते ‘जनयुद्धको ऐतिहासिक पहल’ को रूपमा भीषण उथलपुथल सहित आ“धी बनेर प्रकट भयो । क्रान्तिकारी सिद्धान्तले क्रान्तिकारी व्यवहारमा छलाङ हान्यो, आत्मगत जगत्ले वस्तुजगत्मा फड्को मा¥यो, वर्गअन्तर्विरोधहरूले नितान्त नया“ ऐतिहासिक चरण ‘युद्ध’ मा प्रवेश ग¥यो, शान्तिपूर्ण राजनीतिले हिंसात्मक रूप लियो, मन्दता तीव्रतामा फेरियो, सबै सानाठूला घटना–परिघटनाहरूको मुख्य चालक शक्ति ‘युद्ध’ बन्यो, जीवन र जगत्का सबै अवधारणाहरू युद्धकेन्द्रित भए । सारतः यो क्रान्तिकारी विचारजगत्बाट वस्तुजगत्मा आएको क्रान्तिकारी रूपान्तरणको सशक्त एवं जीवन्त अभिव्यक्ति थियो । जीवन र मुत्यु, सुन्दर र असुन्दर, क्रान्ति र प्रतिक्रान्तिका बीचको भीषण टक्करको यो कति सजीव चित्रण थियो ।
निःसन्देह इतिहासको अविराम गतिको नियम अनुसार विचार तथा नेतृत्व केन्द्रीकरण अर्थात् ‘प्रक्रियाहरूको समुच्चय’ जो ‘जनयुद्धको ऐतिहासिक पहल’ को रूपमा वस्तुगत जगत्मा प्रकट भयो— ले एकै ठाउ“मा गोलचक्कर काट्न सक्तैनथ्यो । त्यसैले यो वा त्यो दिशामा फड्को हान्नु अवश्यम्भावी थियो, फलतः सा“ढे चार वर्षको आ“धीमय अल्पावधिमा नै त्यसले वस्तुगत दृष्टिले ‘स्थानीय आधारइलाका तथा जनसत्ता’ तथा वैचारिक दृष्टिले ‘पार्टीको निर्देशक विचार’ मा युगान्तकारी छलाङ हान्यो । यो ‘केन्द्रीकरण’ को नितान्त ऐतिहासिक उचाइ हो, ‘संश्लेषण’ को नितान्त नया“ क्रान्तिकारी परिघटना हो त्यसैले क्रान्तिकारी आधारइलाका तथा जनसत्ता केवल यो या त्यो भूक्षेत्र वा संगठनको गतिमान समुच्चय मात्र होइन साथसाथै यो गतिमान चेत, नीति, कार्यक्रम, सिद्धान्तहरूको सुसम्बद्ध समुच्चय एवं श्रृङ्खला पनि हो । यो एउटै वस्तुका दुई पाटाहरू ‘वस्तु र चेतना’ को द्वन्द्वात्मक अन्तर्सम्बन्धको समग्र एवं सटिक अभिव्यक्ति हो । केवल यसरी मात्रै हामी नेपाली जनक्रान्तिले प्राप्त गरेका महान् उपलब्धिहरूलाई ठीक ढङ्गले दह्रोस“ग आत्मसात्् गर्दै त्यसको रक्षा र विकास गर्न सक्तछौं ।
यसरी नेकपाको स्थापना, झापा विद्रोह, एकता महाधिवेशन तथा नेकपा (माओवादी) को केन्द्रीकरण, जनयुद्धको ऐतिहासिक पहल, क्रान्तिकारी स्थानीय आधारइलाका तथा जनसत्ताको स्थापना र ‘पार्टीको निर्देशक विचार’ को संश्लेषण आदि नेपाली सर्वहारा वर्गको नेतृत्वमा घटित यस्ता विश्वव्यापी महŒवका युगान्तकारी परिघटनाहरू हुन्, जसले इतिहासमा अक्षय स्थान ग्रहण गरिसकेका छन् । महान् जनता नै इतिहासका वास्तविक निर्माता तथा सामाजिक रूपान्तरणका चालक शक्ति हुन् । तर, इतिहास तथा जनताले आफ्नो आवश्यकतापूर्तिका निम्ति महान् विचार तथा व्यक्तित्वहरूलाई पनि अनिवार्यतः जन्म दिन्छ र दिनुपर्दछ । जुन राष्ट्रका जनताले महान् सपूत तथा सुपुत्रीहरू जन्माएको छ, त्यसले आफ्नो दरिद्रता तथा दासताको जन्जीरलाई धुजाधुजा बनाएको छ, जसले त्यसो गर्न सकेन, त्यो इतिहासको पानाबाट लोप भएको छ । नेपाल इतिहासको मानचित्रबाट कदापि लोप हुन सक्तैन, किन भने यसले हजारौं होनहार सपूत तथा सुपुत्रीहरूलाई जन्माइसकेको छ र यसले सर्वहारा वर्गको नेतृत्व प्राप्त गरिसकेको छ । उल्लेखित महान् उपलब्धिहरू यसका ज्वलन्त तथ्यहरू हुन् । ठीक यही विन्दुमा यहा“ विशेष रूपमा के उल्लेख गर्नु आवश्यक छ भने ‘नेकपाको स्थापना’ तथा झापा विद्रोह बाहेक अन्य तीन महान् उपलब्धिहरूले त्यसको मुख्य खोजकर्ता, संश्लेषण र निर्देशकलाई पनि जन्म दिएको छ, त्यो हो महामन्त्री क. प्रचण्ड । निश्चय पनि यो स्वयम्मा नेपाली जनक्रान्तिको अर्को एउटा महान् उपलब्धि हो र यसमा हाम्रो राष्ट्रले गौरव गर्नुपर्दछ । आज क. प्रचण्ड फगत एउटा व्यक्ति विशेषको नाम मात्र होइन, अपितु यो वस्तुतः नेपाली राष्ट्र तथा जनताको इच्छा एवं आकाङ्क्षाहरूको केन्द्रित अभिव्यक्ति बन्न गएको छ । यो विशेषतः नेपाली सर्वहारा वर्गका असंख्य अनुभवहरूको सर्वोत्तम संश्लेषण भएको छ र व्यवहारतः यो नेपाली जनक्रान्तिको सर्वोच्च कमान्डर बन्न गएको छ । यो महान् उपलब्धिको रक्षा तथा विकास गर्नु हाम्रो प्राथमिक ऐतिहासिक दायित्व हो । आज सामन्तवाद तथा साम्राज्यवादको प्रहारको मूल लक्ष्य यही विन्दु बन्न गएको छ । यसको वरिपरि आम जनता तथा पार्टीको अभेद्य पर्खाल खडा गरेर मात्रै हामी त्यसको समुचित रक्षा तथा विकास गर्न सक्तछौं । सत्रुका सबै षड्यन्त्र तथा प्रहारको दृढतापूर्वक प्रतिरोध गरेर मात्रै हामी त्यसलाई नया“ उचाइमा उठाउन सक्तछौं । तर, यसको साथसाथै यी महान् उपलब्धिहरूको अन्वेषणकार्यमा थुप्रै हेगेल, फायरवाख, रिकार्डो, ओवेन र फुरियरहरूको पनि ऐतिहासिक योगदान रहेको तथ्यलाई पनि हामीले कदापि बिर्सनु हु“दैन । आजका यी महान् उपलब्धिहरू हिजोका उपलब्धिहरूको निरन्तरता तथा विकसित अभिव्यक्ति नै हुन् ।
तर, नेपाली जनक्रान्तिका महान् उपलब्धिहरूका साथसाथै आन्तरिक एवं बाà गम्भीर चुनौतीहरूलाई पनि जन्माएको छ । ती गम्भीर चुनौतीहरू के हुन् ? यसबारे प्रष्ट पार्दै केन्द्रीय समितिमा पारित दस्तावेजमा भनिएको छ— “विकासको यो स्थिति स्वयम्ले आज पार्टीका अगाडि झन् ठूलठूला सकारात्मक र नकारात्मक चुनौतीहरू खडा गराएको छ ।’ ठोसरूपमा त्यसमा अझ अगाडि भनिएको छ— “युद्धको विकासको तीव्रता अनुसार पार्टीको क्रान्तिकारी रूपान्तरणका समस्याहरू, जनसेना निर्माणको प्रक्रिया र विकासको आवश्यकता अनुसार फौजी रणनीति र कार्यनीति निर्धारणका समस्याहरू तथा जनयुद्धले जन्माएका नया“ सत्ता एवं क्रान्तिकारी संयुक्त मोर्चाको विकासका समस्याहरू नै आज हाम्रा अगाडि रहेका चुनौतीपूर्ण समस्याहरू हुन् ।” सारतः यी चुनौतीहरू के हुन् ? यसबारे प्रष्ट पार्दैै उक्त दस्तावेजमा भनिएको छ— “आफ्नो सारतŒवमा यी समस्याहरू पार्टीको नेतृत्वमा त्याग, तपस्या, वीरता र वलिदानले भरिएका महान् जनयुद्धका सा“ढे चार वर्षका ऐतिहासिक अनुभवहरूको समग्र संश्लेषणका समस्याहरू हुन् ।” अतः पार्टी, सेना र मोर्चालाई नया“ ऐतिहासिक आवश्यकता अनुरूप वैचारिक एवं साङ्गठनिक दुवै दृष्टिले पुनः केन्द्रीकरण, संश्लेषण र रूपान्तरण गर्नु आजका नया“ चुनौतीहरू हुन् ।
सर्वप्रथम, पार्टी अर्थात् नेतृत्वको क्रान्तिकारी रूपान्तरण कसरी सम्भव छ ? यसबारे प्रष्ट पार्दै केन्द्रीय समितिमा पारित उक्त दस्तावेजमा भनिएको छ— “आजसम्मका अनुभवहरूको आधारमा वैचारिक केन्द्रीकरणलाई माक्र्सवाद–लेनिनवाद–माओवाद र पार्टीको निर्देशक विचार ९न्गष्मष्लन तजयगनजत या तजभ एबचतथ० को रूपमा संश्लेषण गर्दै शुद्धीकरण अभियानलाई आजको सापेक्षिक उत्कर्षमा नपु¥याई पार्टीलाई अबका चुनौतीहरूको सामना गर्न लायक बनाउन सम्भव छैन ।” अर्थात् मालेमा, पार्टीको निर्देशक विचारको नया“, वैचारिक आधारमा उच्च प्रकारको सांगठनिक वा नेतृत्वको केन्द्रीकरण गरेर मात्रै नया“ चुनौतीहरूको सफलतापूर्वक सामना गर्दै वस्तुजगत्मा पुनः नया“ क्रान्तिकारी रूपान्तरण ल्याउन सकिन्छ । यो प्राथमिक एवं निर्णांयक महŒवको कुरा हो ।
त्यसपछि क्रान्तिकारी जनसेनालाई आधारइलाका तथा जनसत्ताको रक्षा तथा विकासको सबल साधनका रूपमा कसरी रूपान्तरण गर्न सकिन्छ ? यसबारे स्पष्ट गर्दै उक्त दस्तावेजमा भनिएको छ— “केन्द्रीय एचक्यु खडा गरी क्षेत्रीय कमान अन्तर्गत बटालियन निर्माणको लक्ष्य पूरा गर्न कम्पनीलाई नियमित तुल्याउने तथा सिंगो सेनालाई एकीकृत तथा केन्द्रीत कमान सिस्टममा नल्याईकन अबको फौजी समस्या हल गर्न सकि“दैन ।’ अर्थात्, जनसेनाको सांगठनिक एवं वैचारिक केन्द्रीकरणलाई बटालियन स्तरमा विकास तथा छापामार, युद्धलाई चलायमान तथा मोर्चाबद्ध रूपमा अभ्यास गर्ने प्रक्रियालाई तीव्रत्तर गतिमा अगाडि बढाएर मात्र अबका नया“ चुनौतीहरू (शाही सेनाको प्रवेश लगायत) को सफलतापूर्वक मुकाविला गर्दै पुनः युगान्तकाी परिवर्तन ल्याउन सकिन्छ ।
त्यस्तै, क्रान्तिकारी संयुक्त मोर्चाको नया“ ढङ्गले निर्माण एवं रूपान्तरण गर्नुपर्ने ऐतिहासिक आवश्यकतामाथि जोड दि“दै उक्त दस्तावेजमा भनिएको छ— “निर्माण हु“दै गरेको केन्द्रीय सत्ताको भूमिका खेल्नेगरी क्रान्तिकारी संयुक्त मोर्चाको निर्माण नगरी आधारइलाका स्तरको जनसत्ताको रक्षा, विकास र व्यवस्था गर्न सम्भव छैन ।” र, ‘निर्माण हु“दै गरेको केन्द्रीय सत्ताको भूमिका खेल्ने’ उक्त क्रान्तिकारी संयुक्त मोर्चाको संरचनाबारे स्पष्ट पार्दै उक्त दस्तावेजमा अगाडि भनिएको छ— “आधारभूत वर्ग, उत्पीडित जाति–जनजाति र क्षेत्रका जनतामा अझ व्यापक रूपमा झांगिने र अझ उनीहरूलाई आन्दोलित गर्ने नया“ स्तरको केन्द्रीकृत योजनाबिना अब धेरै अग्रगति हासिल गर्न सम्भव छैन ।” अर्थात्, संक्रमणकालीन केन्द्रीय सत्ता वा केन्द्रीय अथवा राष्ट्रिय स्तरको क्रान्तिकारी संयुक्त मोर्चाको स्थापना तथा त्यसमा वर्गीय, जातीय तथा क्षेत्रीय प्रतिनिधि एवं हितहरूको समुचित गरेर मात्र स्थानीय आधारइलाका तथा जनसत्ताको रक्षा एवं विकास गर्न सम्भव छ । यसरी मात्रै नया“ उचाइमा क्रान्तिकारी परिवर्तन ल्याउन सकिन्छ ।
त्यसैले, उक्त दस्तावेजमा क्रान्तिकारी संयुक्त मोर्चा सम्बन्धी ‘मौलिक अवधारणाको विकास तथा आवश्यकतामाथि जोड दिंदै भनिएको छ— “आजको अन्तर्राष्ट्रिय तथा राष्ट्रिय परिस्थितिमा क्रान्तिको विकासका लागि मालेमाको प्रयोग सम्बन्धी केही ‘मौलिक अवधारणा’को जन्मलाई संकेत गरेको छ ।” त्यो ‘मौलिक अवधारणा’ को तात्कालिक आवश्यकताबारे अझ ठोस रूपमा चर्चा गर्दै अगाडि भनिएको छ— “पार्टीले यथाशीघ्र प्रभावकारी क्रान्तिकारी संयुक्त मोर्चा, संयुक्त क्रान्तिकारी सरकार र संविधान निर्माण सम्बन्धी अवधारणालाई व्यवस्थित कार्यनीतिक सिद्धान्तको स्तरमा उठाउने जोड गर्नैपर्दछ ।”
आज नेपालमा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय वर्गशक्ति सन्तुलनको कुल परिणाम ‘त्रिकोणात्मक सत्ता सङ्घर्ष’ अथवा ‘त्रैधसत्ता’को रूपमा प्रकट भइरहेको तथ्य स्पष्टै छ । राष्ट्रिय दृष्टिले त्यो संसद्, ‘दरवार’ तथा आधारइलाका बीचको भीषण टक्करको रूपमा अभिव्यक्त भइरहेको छ । अन्तर्राष्ट्रिय दृष्टिले त्यो मुख्यतः भारत, चीन तथा अमेरिकाबीचको छिनाझपटीको रूपमा प्रकट भइरहेको छ । प्रतिक्रान्तिको दृष्टिले अहिले आधारइलाकाको निम्ति भारतीय विस्तारवादद्वारा संरक्षित संसद् एवं गिरिजा गुटको ने.का. सरकार नै मुख्य नकारात्मक चुनौती भएको छ । त्रिकोणात्मक सत्ता सङ्घर्षको यो मूलकडी तथा विशिष्टतालाई दह्रोस“ग पक्रेर मात्रै अन्य सम्पूर्ण गा“ठाहरूलाई फुकाउन सकिन्छ । राजनीतिलाई शीर्षमा राखेर मात्रै पार्टी, सेना तथा मोर्चालाई सही दिशामा अघि बढाउ“दै क्रान्तिकारी रूपान्तरण गर्न सकिन्छ । ‘पार्टीको निर्देशक विचार’ले यही त्रिकोणात्मक सत्ता सङ्घर्षलाई क्रान्तिकारी निकास प्रदान गर्दछ । त्यसैले केन्द्रीय समितिमा पारित उक्त दस्तावेजमा राजनीतिक संश्लेषणलाई यस प्रकार मुख्य नारामा केन्द्रित गरिएको छ— “आधारइलाका निर्माणको दिशामा अझ अघि बढौं” अर्थात् ‘आधारइलाका तथा स्थानीय जनसत्ता’ नै पार्टीको सम्पूर्ण सोच, रणनीति एवं कार्यनीतिहरूको श्रृङ्खलाको केन्द्रविन्दु बन्नु पर्दछ । पार्टी निर्देशक विचारले सारतः यसको रक्षा तथा विकासको मार्गप्रशस्त गर्दछ ।
वस्तुतः नेपाली वर्गसमाजको सयौं हजारौं वर्षका वर्गसङ्घर्षका अनुभवहरू नेपाली कम्युनिस्ट आन्दोलनको अर्धशताब्दी संकेन्द्रण भएकोछ । जनयुद्धको ऐतिहासिक पहलदेखि अहिलेसम्म सा“ढे चार वर्षहरू नेपाली कम्युनिस्ट आन्दोलनको अर्धशताब्दीको केन्द्रीकरण हो । र, ‘आधारइलाका तथा पार्टी निर्देशक विचार’ यी सा“ढे चार वर्षहरूको वस्तुगत एवं वैचारिक संश्लेषण हो । जनयुद्धको महान् प्रक्रिया अझ जारी छ, त्यसैले ‘आधारइलाका तथा पार्टी निर्देशक विचार’को संश्लेषणको प्रक्रिया पनि अझ जारी छ । त्यो अझ माथि–माथि पूर्णतातिर, आफ्नो गन्तव्य विन्दुतिर निरन्तर अग्रसर भइरहेको छ ।

No comments:
Post a Comment