साहित्य






चुलिएका वीर गाथाहरु, कोरिएका अमर चित्रहरु र बगाइएका रगतका खोलाहरु ।  
सहिद भएका हजारौं योद्धाहरु, बेनाम काला सुरुङहरुमा वेपत्ता बनाइउका कैयौं जोद्दाहरु
र अपाङ्ग भएर पनि विद्रोह बोलिरहेका युद्धवीरहरु ।
आन्दोलनका आदर्श, आस्था र प्रतिबद्ध प्रतिभाहरु ।
म सम्झन्छु कमाण्डरको कासनर्, सहास लिएर जाने, इन्सासलिएर आउने ।
म लगातार सुन्दछु सेनानी कमरेडहरुको प्रतिबद्धतार्, गयो छोरो, ल्यायो एम सोह्र ।
मैले देख्छुर्, कि मृत्यु कि मुक्ति !म बुझ्छुर, जिते संसार, हारे हत्कडी !
हो कमरेडहरु ! संसारलाई जितेर मुक्त हुनुभयो ।
महाराजाको पाउमा दाम राखेर ढोग गर्ने हिन्दू अतिवादीहरु विरुद्ध धावा बोल्नुभयो र सफल बन्नुभयो ।
तर अझै ढोग्ने र ढोग थाप्नेहरु बाँकी छन् ।
यिनीहरुका विरुद्ध अर्को चरणको विद्रोहको झण्डा उठाउनु पर्ने छ ।
आठपहरिया, मुखिया र जमिन्दारहरुको रजाइ नामेट बनाउन चाएको हो तर पुनः रुप बदलेर
आठपअरियाहरु, मुखिया र जमिन्दारहरु टाउको उठाउन खोज्दै छन् ।
यिनीहरुको खिलापमा अर्को चरणको मशाल बाल्नुपर्ने छ ।
सामन्ती पाखण्ड, कपट र षड्यन्त्र खत्तम भएका हुन् तर सम्पूर्ण त खत्तम भएका छैनन् ।
त्यसैले अर्को भयनक पाखण्ड, कपट र षड्यन्त्र बुनिदै छ ।
यिनका विरुद्ध हाम्रै वर्गको तरिका अनुसार लड्न अर्को पैमानमको तागत खर्चिनु पर्ने छ ।
-लेखनाथ न्यौपाने
_________________________________________

शासक फेरिए तर गरिवको छाना फेरिएन् हजुर ।।
साँझ विहान छाक टार्ने माना फेरिएन् हजुर ।।
जाडो गर्मी
,चाडपर्व सधै भरि एउटै पत्रा,
लाज छेक्न आङ ढाक्ने नाना फेरिएन् हजुर ।।
 सधै उस्तै हुने भयो गरिबका कथाहरु,
व्यथा लेख्ने जिन्दगीका पाना फेरिएन् हजुर ।।
गरिवका लागि गर्छु भन्ने आफै पसे महलमा
,
गरिवलाई सास धान्ने दाना फेरिएन् हजुर ।।
 वर्ग लुटे,जात लुटे अनि लुटे लास पनि,
सर्वहाराको नाम लुट्ने वहाना फेरिएन् हजुर ।।
 
-सुबास त्रिपाठी
_____________________________________________

अमृत नै रोप्दा पनि अमृत फल फलेन हजुर
ढाल्यौं बाहिरी तानाशाहा आफू भित्रकै ढलेन हजुर ।
समानताका कुराहरु डिनर लञ्जसँगै खायौं
गोलीको घाउमा डण्डा बस्र्यो हाम्रो पानी चलेन हजुर ।
टुटे पहाड भनिएका झुके देउता बन्नेहरु
बरफ बन्छु भन्छ आगो यथास्थिति गलेन हजुर ।
चियाउँदै छन् दुलैबाट आधा जलेका साँपहरु
हाम्रा सपना जल्नथाले बेथिति यो जलेन हजुर ।
कहाँ सक्छन् भोकै बस्न बरु बिक्छन् ठूलाघरे
बरु काटिए हाम्रा हात कसैको पाउ मलेन हजुर ।

 -सुबास त्रिपाठी
_________________________________________________

मूटुमा वाण रोपी भन तिमी कहाँगयौ,
टाडा सम्म हेर्दै थिए अनायसै बिलीन भयो!!
टोलाइरहन्छु कल्पिएर तिमी आउने आशै-आशमा,
आउनेछौ पक्कै तिमी गरिवको गाँसै-गासमा!
गोला,बारुद,बन्दुकसँगै आएकिथियौ शान्ति तिमी,
गरिबका संगीनी हौ सहिदको क्रान्ति तिमी!!
कति बस्नु आशै-आशमा फेरि आउँछौँ तिमीलाई लिन,
रत्ति भर नि डर छैन् तिम्रो लागी यो ज्यान दिन!!!
-सुबास त्रिपाठी
_______________________________________________

गौरबको सँघर्ष थ्यो कति राम्रो बाटो हेर!
एउटा साँढे ढलेको थ्यो अर्को भयो हेर फेर!! 
धेरै बने सहिदहरु थोरै बने सेर! 
चिन्ता धेरै लाग्छ हजुर जाने हो कि खेर!! 
सँबिधानको कुरा थियो सामन्तिलाई छुरा भयो! 
जनताको सँघर्षलाई नामेट पार्ने खेल भयो!! 
रगतको टिका लगाई उठेका ति जनहरु! 
टक्रिएर हुदै हुन्ऩ एक भई उठ मनहरु!! 
कम्युनिष्ठको शक्तिभित्र कमिशनको चक्कर छ! 
भाई-भाई फुटेका छन् आफ्नैभित्र टक्कर छ॥ 
जनताको मत ठगि दक्षिणबाट चलेका छन्। 
बाहिर गर्छन क्रान्तिका कुरा भित्र चाहिँ गलेका छन्॥ 
आफ्नै माटो सँम्झिएर आफैसँग सोधि हेर
कहाँ भए गल्तिहरु प्रतिबादको खोजि गर॥ 
अस्ताउँदै गएका छन् सहमतिका सँघारहरु! 
बरु बलिया हुँदै छन् है दुर-दराजका जँघारहरु॥ 
सँसदिय तुच्छ खेललाई प्रतिबन्ध लाउँनुपर्छ। 
शहिदका सपनाले नयाँ बाटो पाउँनुपर्छ॥ 
सुधारबादी बाटो समाई सँगै मिली जाने हो कि! 
नयाँ ठाउँमा उभिएर नयाँ कसम खाने हो कि
चाँडै सोच्नु पर्छ अब लोभ-पाप बिर्सिएर। 
निती बेग्लै बिधी बेग्लै हुन्ऩ अब घिर्सिएर॥ 
यिनै हुन् महापापी गाउँ-बस्ति डढाउँने! 
मानब-मानब जुधाएर अशान्तीलाई बढाउँने॥

_____________________________________________
आँधिहरु चाहे उठाऊ बिजुलीहरु चाहे गिराऊ
बलिगयो दीप भने त अँध्यारो ढलिनै हाल्नेछ !
बल्नलागेको दीयोलाई नरोक प्योतिको रथलाई नरोक
यो बिहानको दूत हरेक निशालाई निलिनै हाल्नेछ
बलि गयो दीप भने त अँध्यारो ढलिनै हाल्नेछ !
समयलाई जसले जान्दैन उसले विलाउनु परेको छ
बचिगयो तरवारबाट त फूलबाट काटिनु परेको छ
किन न ज्यादैनै ठूलो होस् , किन न ज्यादै कठिन होस्
हरेक नदीको बाठोबाट चट्टानले हट्नुपरेको छ
आँधिहरु चाहे उठाऊ बिजुलीहरु चाहे गिराऊ
बलिगयो दीप भने त अँध्यारो ढलिनै हाल्नेछ !!
-सुबास त्रिपाठी
________________________________________________________
नयन भरि आँशु बोकि कुरेको धेरै भयो,
सपना शुन्दर मिल्ला भनि घुरेको धेरै भयो,
आएन ऊ आजसम्म गयो होला कहाँ-कहाँ ?
फुलेको छ रे ऊ त शहिदको चिहान छन जहाँ-जहाँ !!
-सुबास त्रिपाठी
______________________________________________________

लुट-लुट ! राष्ट्रघातिहरु हो, मेरो देशलाई लुट॰
कोहि राजनितिक गर्ने नाममा लुट॰॰
कोहि पत्रकार बनेर लुट॰॰
कोहि मानब अधिकारका नाममा लुट॰॰
कोहि नागरिकाधिकारका नाममा लुट॰॰
शहिदका रगत पसिनाले सिँचित मेरि मातृभुमिलाई कोहि मुक्तिका नाममा लुट कोहि भक्तिका नाममा लुट !
बर्षौदेखी देखि निर्बस्त्र पारिएकि मेरि मातृभुमि छट्पट्याएर चिच्याईरहिछिन्॰॰
दाउ हेरेर बसेका ब्वाँसाहरु भने उनको शरिर लुछिलुछि घिच्याईरहेछन् !
पटक-पटकको जनकुर्वानिहरुको बेवास्था गर्दै कत्ति अघि जान्छौ ?
हामि हेरिरहेछौँ याद राख जनघातिहरु हो ! खुकुरिको धार सेरिरहेछौँ !!
सँगसँगै मुक्त भएका राष्ट्रहरु सगरमाथा चुमिसके !
मेरो देशमा स्वतन्त्रताका नाममा कैयौँ सपुत गुमिसके !! फरक यत्ति होइन त॰॰॰
______________________________________________________________

सितको थोपा बटुलेर समुन्द्र बनाउँने अभियान हो हाम्रो,ठुलो कसरत गर्नुछ यहाँ॰॰॰
चिन्तित नहुनु सहयोद्धा तिमी ! एक-दुई थोपा पोखीन सक्छ,
कहिलेकाहीँ सितमा चिप्लिएर लडिन सक्छ ।
झिल्का-झिल्का जोडेर राँको बाल्ने आभियान हो हाम्रो,
आँखा धुवाम्य भएर आँशु भरिन सक्छ,
त्यसबेला धैर्यको बिकल्प छैन॰॰॰
त्यतिबेला साथ टुट्न पनि सक्छ,
तर यो अबिराम यात्रा कहिल्यै रोकिनेछैन॰॰॰
जबसम्म लड्दालड्दै रणभुमिमा बलिदानी गरेका अग्रजहरुको
शुन्दर सपना पुरा भएको घोषणा आम गरिब जनताहरुबाट हुनेछैन॰......॰॰॰ऽऽऽ
-सुबास त्रिपाठी
_____________________________________________________________


धेरै दिनको पर्खाई थियो मौसम को खराबी नै खराबी,
न्ती बागको फूलहरु सूर्यको किरण संगै लहरायको हेर्न !
सू
र्य आउन र किरण छाउन लाग्थ्यो एक पलक थियो,
पापि बादल तेतिखेरै आउनु थियो सारा आका घेर्न !!
नीराभय आतुर आँखा सूर्यको किरण संगै फूलहरु हेर्न,
बाध्यभयो यो मन फेरी आफ्नो यो चाहट मारी अर्कै फेर्न !!

_____________________________________________

हैरानीले पलकले आँखाछोपें,
गुलाब आज सिमलकोभुवाजस्तै देखें !
आकाशमा उड्नेचरी कान्तमा रोयको देखें,
हाम्रो संसार अलग-अलग हो भन्नेलाई धर्तीमै भेटें !!
यी आँखाले धेरै देखें, तर यो अनौथो हाल देखें !!!
___________________________________________________

कसलाई छ फुर्सद यहाँ,
जी
न्दगी को बेग देखि !
आ-आफ्नै छन् सपना यहाँ,
दी
ले सिलाका लेख् देखी !!
उद्छन यहाँ आकाशमा,
मन्जिल बिना का पंख देखी !!
आखिर फेरी घसिनुनै पर्छ,
सबै प्रकृतिको लेख देखी !!

____________________________________________________

पपुलर पोस्टस्