जाती:

छन्त्याल जाति:
 
बास्तबमा जाति र धर्म मान्छेले मान्छे माथि शोसण र शासन गर्नलाई बाँडीएको भागबण्डाहो | बिस्श्वचर्चित धर्मका ग्रन्थहरु यहीं सिकाउने कोशिसगर्छन तर धर्मलाई मान्ने मान्छेहरु यसको उल्टो दिशातिर लम्किन्छन् ! कुनैपनि धर्मले गलतकुरा सिकाउदैन हामी मान्छेहरु गलत हौ बास्तबमा ! इशाईहरुको (बाइबल) र मुस्लिमहरुको (कुरान) ले सारा मान्छेहरु लाइ भन्छ "हे धर्मात्मी हरु ! तिमीहरु यौटै जोडी (आडम् र औवा) का सन्तान हौ र संसारको रचना गर्ने यौटै भगवान् छ ! उसैलाई पूज ! आफ्नो स्वार्थको लागि कुनै धर्म नबनाऊ ! तिमीहरुलाई बनाउने भगवानले तिमीहरुको धर्म बनाइदिएको छ र यसैलाई मान ! संसारमा फसाद नगर नत्र तिमीहरु लाई नर्कमा पठाइनेछ र तिमीहरु तेहिं जलिरहने छौ...!!" फेरि कति जाति कति धर्म किनत ? बास्तबमा मान्छेको स्वार्थ ले ...!

नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक सम्पदाले भरिएको देश हो । यहाँ विभिन्न किसिमका जातजातिहरुले बसोवास गरेका छन । ति विभिन्न जातजातिहरु मध्ये अल्पसंख्यक, राजनितिक आर्थिक, शिक्षा लगायत अन्य क्षेत्रमा समेत पछाडि परेका नेपाल सरकारकाको ऐनमा सुचिकृत गरेका ५९ वटा आदिवासी जनजातिहरु मध्ये छन्त्याल पनि एक हो ।
ईतिहास अनुसार छन्त्यालहरु ठकुरी खानदानका थिए | छन्त्याल हरु खानी बाट धातुनिकाल्ने, बि.क. हरु धातुको परिकारहरु बनाउने र थकालीहरु बेच्नेकाम गर्थे | छन्त्यालहरु खानीबाट तामा निकाल्ने काममा धेरै थकाई लाग्ने हुदा उनीहरु जांद रक्सी पिउनथाले र पीउन सिके ठकुरीको जातिय नियममा रक्सीपिउन मनाइ थियो खानीमा कामगर्ने ठकुरीहरू ले रक्सी पिउने खबर उनीहरुको राजा सम्म पुग्यो बाग्लुङ्गको गल्कोट मा ठकुरीबंशका राजा थिय | राजाले ठकुरीहरू ले रक्सीपिउने खबर सुने पछि तेस्ता ठकुरीहरू सबैलाई मारिदिने आदेशदिएर आफ्ना सैनिकहरु पठाए राजाका सैनिकहरु आफुहरुलाई मार्न आएको खबर पाएर खानीमा काम गर्ने ठकुरीहरू आफ्नो ठकुरीको निशानी जनै छिनाइ फ्याकिदिए र राजाका सैनिकहरु संग आफुहरु ठकुरी नभई छिनेल भएको बताए र छिनेल जातिको उत्पतिभयो र तेहिं छिनेल बाट छन्तेल र छन्तेल बाट छन्त्याल भयो | 
(तर पनि छन्त्याल जातिको उत्पतिको  कुनै पुर्ण तथ्य भने छैन |  केहि तथ्य हरु मिल्छन | छन्त्याल, थकाली र बि.क. हरुको बस्ति संग संगै हुन्छ | छन्त्याल लाई बूदापाकाहरु अझै छन्तेल नै भन्छन् | छन्त्याल हरुको बस्ति खानी भयकै ठाउमा हुन्छ |) 
खानी खन्ने प्रक्रियामा विभिन्न किसिमका वाधाहरु, आधुनिक हतियारको कमी लगायत सरकारलाई तिर्नुपर्ने भेजा (कर) तिर्न नसक्ने अवस्थाले गर्दा खानीहरु बन्द हुन पुगे । र सिद्धिएर गए जसको फलस्वरुप सरकारलाई तिर्नुपर्ने कर (भेजा) पनि तिर्न नसक्ने अवस्था आएको हुदाँ वि.सं. १९७० साल देखी भेजबन्दी नियमावली लागू भएपछि खानी खन्नेकाम बन्द भएको भनि खानी इतिहासले वताउँछ । खानीवाट विस्थापित भएपछि छन्त्यालहरु खेतीपाती लगायत व्यापार व्यवसाय आदि अंगालेको पाइन्छ । यसरी हरेक तह र तप्कामा पछाडी परेका छन्त्याल जातिलाई उत्थान, भाषा, संस्कृतिलाई संरक्षण तथा सम्र्वधन गर्नको लागि विं स.२०३६ सालमा दिलवहादुर घरब्जा छन्त्यालको संयोजकत्वमा छन्त्याल हित उप–समिति गठन गरिएको थियो । हाल सम्म विभिन्न प्रचार प्रसार गर्दै अहिले सम्म ४ वटा राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । जसको जनसंख्या लगभग १५००० जति पुगेको अनुमान गर्न सकिन्छ । जसको मूलथलो म्याग्दी र वाग्लुङ्ग जिल्ला भएतापनि बसाईसराईको कारणले विभिन्न जिल्लाहरुमा बसोवास गरेको पाइन्छ ।
 
छन्त्यालहरुको जातिय प्रचारको अभाव र जातिय बैधानिकता नहुदा व्रिटिस इन्डियन मा लाहुरे लगायत सरकारी निकायहरुमा काम गर्दा पुन, थापा, राना थर लेख्न विवश थिए । जसले गर्दा मगरहरुले पनि छन्त्याललाई मगर समुदायमा राख्ने गर्दथे तर छन्त्याल जातिको सामाजिक रितिरीवाज, चालचलन, चाडपर्व, देवी देवता, भाषा, संस्कार, संस्कृति, भेषभुषा, विश्वास आस्था, मूल्यमान्यता एवं प्राकृतिक श्रोत साधनहरुको उपयोग गर्ने तरीका लगायत अन्य गतिविधि छुट्टै छ । जातिय उत्थान र पहिचानको लागि छन्त्यालहरुलाई संगठीत गर्नको लागि विं सं २०४३ सालमा नेपाल छन्त्याल परिवारको गठन गरिएको थियो । यसै क्रममा विधान तयार गरि काठमाण्डौ जिल्ला प्रशासन कार्यालयमा २०४९ साल दर्ता नम्बर ३६१ म दर्ता भई स्थापना भएको हो । संघको स्थापना पश्चात नेपाल आदिवासी जनजाति महासंघमा आवद्धता, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको ५९ जनजातिको सुचीमा सुचिकृत र समाज कल्याण परिषदमा दर्ता गरिएको थियो । वि.स. २०५२ बेनीमा सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन देखि नेपाल छन्त्याल संघको नामाकरण गरेको थियो । छन्त्याल जातिको जनसंख्या २०५१ सालमा अधिराज्यको १५ जिल्लामा लागत लिदा घरधुरी १५१२ र जनसंख्या लगभग १०५५० जति थियो । तर विंस. २०५८ सालको केन्द्रीय जनसंख्या तथ्याङ्क विभागवाट लिएको जनसंख्यामा ९८१४ जना छ । जुन ३० जिल्लामा वसोवास गरेको पाइन्छ । जसमध्य लगभग ६००० जतिले आफ्नो मातृभाषा वोल्ने गरेको पाइन्छ । छन्त्यालहरुको मातृभाषा लाई खामभाषा भनिन्छ | अशिक्षा र जनचेतनाको अभावले गर्दा राजनितिक क्षेत्रमा पनि स्थानिय स्तर वाहेक राष्ट्रिय स्तरमा छन्त्यालहरुको पहुँच हुन सकेको छैन ।
 
छन्त्याल जातिका १२ थरहरु:
 
घरब्जा, भलञ्जा, तथप्जा, झिङराजा, वुढाथोकी, खड्का, पुराने, पोत्लाङ्गे, डाँडामारे, घर्ति, सिंगे र घ्याप्चन ।
 
छन्त्यालहरुको जातिय प्रचारको अभाव र जातिय बैधानिकता:
 
नेपालको ईतिहासमा मुस्लिम र ब्रामणहरु देखि जातीय थिचो मिचो शुरु भएको पाइन्छ | बाहुनहरू जातीय नियम तोरे बापत क्रमस क्षेत्रि, खत्री, दर्जी हुन्थ्ये भने उनीहरुले अन्तिम कोटा दर्जी काटेर अन्तिम कोटा खत्री मात्र हुने भनि जातीय नियम बदलेभने मुगलहरु लाई नक्कली क्षत्रीय बनायर राजा बनाय र मुस्लिमहरु शाह ठकुरी बने अस्सली ठकुरीहरु चीरिय र ठकुरी हरुमा धेरै फुट पर्यो कुनैले शाही र बाहुनको नियम स्वीकारेर क्षत्रिहरुसंग बिवाह बन्दन कस्नथाले भने कुनै क्षत्रिय आफुहरु भयको दाबि गर्न थाले यसै क्रममा धेरै ठकुरी हरु अर्कै जातिको घोसना गरे जो नयाँ खस जातिहरुलाई मान्दैनथे तर पछी आएर जंगबहादुरले जातीय दोन्द र जातिय तर्क गर्नेहरुलाई देशनिकाला वा मार्ने निति लियको हुदा नेपाली अस्सली क्षेत्रीयहरु दबाफमै बसे र धेरै जातिहरुलाई जातिय बैधानिकतानै दिईएन | बास्तबमा मुगलहरुको नेपालमा आगमन र मुगलहरुको खान बाट शाह र मुस्लिम छोडेर हिन्दुमा आगमन र ठकुरी सरहको मान्नेता र तेस्को बिद्रोह अनि नयाँ गठित जातिहरु को बास्तबिक इतिहासको खोजीमा छु | मलाई लाग्छ हाम्रो जातिको बास्तबिक इतिहास इतिहासको तेहिंभागमा लुकेको छ |

No comments:

Post a Comment

पपुलर पोस्टस्