ड्राफ्ट

नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको अपिल तथा प्रस्तावहरू:


अन्तरक्रिया कार्यक्रम थियो क.अनन्त ज्युको उपस्थिति साथमा दूतावासका कर्मचारीहरु पनि, कुरा २ मार्च २०१२ रातको ९ बजे तिर साउदी अरब रियाद शहरको पुर्बी इलाका ‘फस्ट दोउरी’ नजिकै एक बिवाहगृह भित्र लगभग ३० जना पदाधिकारीहरु थिए लगभग ३० संस्थाहरुका सिंगो प्रतिनिधि हरु |

कुरा किलियर गरौ होला यिनै ३० जना जति ब्याक्ति हरुका लगभग ३० संस्थाहरु छन् फलानो - चिलानो, आफ्नो – बिरानो, एउटै ब्याक्ति लगभग एक दर्जन पद उफ ! सम्हाल्न गार्हो हुदैनकी ? हामी ३ जना थियौं हामीहरु पनि नेपाली जनप्रगतिशील मंचको नेतृत्व गर्न पुगेका थियौ | हामीहरु दङ्ग परेंउँ तँ छाड म छाड थियो प्रश्न माथि प्रश्न शोधनेहरुको यौटाले शोध्यो फेरी अर्कोले तेही ! कुनै कुरा नयाँ थियनन् पुरानानै थिय मैले पनि एउटा प्रश्न शोधें महामहिम ज्युलाई “अब दुताबासले गैरकानुनीरुपमा साउदी अरबमा रहेका नेपाली हरुलाई सरल तरिकाले घर फर्काउने या साउदी अरबमै कानुनीरुपमा बस्न पाउनको लागि कुटनीतिक पहल गरिदिनु पर्छ |” किनकि साउदी अरबमा इलिगल बस्दै आएका हरुलाई घर फर्कने मौका दिईएको थियो तर दुताबासले पूर्वसुचित समय भन्दा २ दिन पहिलेनै आउट पास दिन बन्दगरिदिंदा केहि ब्याक्तिले घुस खुवायर आउट पास लियर नेपाल जाने गरेका थिए... भन्दा कति वर्ष पहिले खुलेको थियो र २ वर्ष पहिले भनेर भन्नुभयो महामहिम ज्युले समय थियन बहसको लागि मैले भने होइन ४ वर्ष, किनकि झन्डै २ दसक पछी मात्र यो मौका दियको थियो साउदी सरकारले गैरकानुनीरुपमा साउदी अरबमा रहेकाहरुलाई ...

नेपाली जनप्रगतिशील मंचले ३१ डिसेम्बर २०१० मा नै आफ्ना समसामाहिक १८ बुंदे ज्ञापनपत्र दुताबास देखि पररास्ट्रमन्त्रालय, प्रधानमन्त्री, सरकार, रास्त्रपति सबैलाई बुझाई सकेको छ र १८ बुदे का सिलसिलामा नेपालबन्द हुँदा हाम्रा साथीहरु जेल समेत पर्नु भयको थियो डाउनलोड गरेर हेर्नुहोस् के हो १८ बुदे ? नयाँ के हो त फेरी ? १८ बुँदेमा न समेतियको यो नयाँ समस्या हो २०११ मार्च २३ तारिक सम्म दिइने भनेको आउट पास २०११ मार्च २१ तारिक देखी बन्द भयको सुचना टाँसेर दलाल हरु मार्फट आउट पास बेचेर नोट कुम्ल्याउने चक्करमा दुताबास परेकोहुदा.....

 साउदी अरबमा इलिगल बस्दै आएका हरुलाई घर फर्कने मौका दिईएको थियो तर दुताबासले पूर्वसुचित समय भन्दा २ दिन पहिलेनै आउट पास दिन बन्दगरिदिंदा केहि ब्याक्तिले घुस खुवायर आउट पास लियर नेपाल जाने गरेका थिए र यो कर्तुत छताछुल्ल भय पछी रियाद नेपाली दुताबासमा आउट पास नपाएका हरु लग भाग ४००० नेपाली हरुले टायर समेत बाल्दा साउदी पुलिसले केहि ब्याक्तिहरु लाई गिरप्तार समेत गरेको थियो हो यहिँ हो नयाँ मुद्दा जुन कसैलाई महत्वको बिषय थियन हुनत महामहिम ज्युले नेपालीहरु जेल बसेर जानुपर्दा बसाइ र खुवाईको राम्रो ब्याबस्था नहुँदा हरेक दिन एक जना नेपालीले साउदी अरबमा ज्यान गुमाउनु परेको तथ्य देखाउनु भयो यो शही हो तर यसको जिम्मेवार कता कता दुताबास पनि छ किनकि नेपाली हरुलाई आउट पास दिन दुताबासलाई किन कन्जुसी भयो ? आउट पास बेल्याक मा बेचेर करोडपति बन्ने सूर् या नेपाली हरुको मृतु हुदा कहीं फाइदा भए पूर्वराजदुत अन्सारीले झैँ पोको पार्ने सु ?

तसर्थ,
“अब दुताबासले गैरकानुनीरुपमा साउदी अरबमा रहेका नेपाली हरुलाई सरल तरिकाले घर फर्काउने या साउदी अरबमै कानुनीरुपमा बस्न पाउनको लागि कुटनीतिक पहल गरिदिनु पर्छ |” नत्र आउट पास वितरण को पूर्वसुचित समय भन्दा २ दिन पहिलेनै किन आउट पास दिन बन्द गरियो हरेक दिनमा १ मर्ने नेपालीहरुको परिवारहरुलाई चित्तबुझ्दो जवाफ र बलद मनी दिनु पर्छ |




जनप्रगतिशील मन्च साउदीले दुताबास लाइ १८बुदे ज्ञापनपत्र बुजायो, मन्चका अध्यक्क्ष प्रेमधोव्ज लामाको अध्यक्क्षतामा दुताबास पुगेको सो टोलीमा जनप्रगतिशील मन्च साउदी अरबका सम्पूर्ण उच्चपदस्त सदस्य हरुथिय, १८ सदस्सीय सो टोलीले दुताबासमा ज्ञापनपत्र भन्दा अरु समसामाहिक बिसयमापनि छलफल गरेकोथियो भने ज्ञापनपत्र महासचिब दील सुब्बाले पदेर सुनाउनु भयकोथियो राजदूत हामिद अन्सारी सकारात्मक देखिनुको साथै आफुपनि युवाछँदा यस्तै जोश र नयाँशोच र समाजपरिबर्तनको लागिलागिपरेको याद गर्नुको साथै जोशले मात्र नभई होसलेपनि कामगर्न सल्लाह दिनु भयो | छलफलमा सबै कुरा सकारात्मक थिय तर NRN को कुरामा दुताबासका पारस ज्युको चित्त दुखेको थियो किनकी उहाँ मात्र हुनुहुन्थ्यो NRN को ओकालत गर्ने | जनप्रगतिशील मन्चले ज्ञापनपत्र दिनुको उदेस्य जान्नचाहनु हुन्छभने ज्ञापनपत्रनै हेर्नु होला |
प्रेमधोव्ज लामा द्वारा:
नेपाली जनप्रगतिशिल मन्च साउदी अरेबियाले तमाम नेपालीमजदुरहरुको समस्यालाई उजागर गर्दै , १८ बुदे माग सहित एक महिनाको अल्टिमटेम दियको यथार्थ फेसबूकमा सार्वजनिक हुँदा खुशी लाग्यो साउदी अरब भित्र रहेका अनलाइन मिडियाहरु मजदुरहरुको हक...हित भन्दा ब्यक्तिगत स्वार्थमा रमाउदै ब्यक्तिको चरित्र हत्यागर्न त्येस ब्यक्तिले के खाँदै छ , आज के गरियो हिजो के गरेको थियो भन्दै पछी पछी दौडिदै एक आपसमा झगडा गराएर रमाइलो हेर्न मात्रै रहेछ वास्तविक श्रमजिबी मजदुर हरुको जीवनसँग गाजेको दु:ख पिडा र बेदनाको उजागर गर्दा के बिग्रिन्थ्यो ? लाजै नभयको पत्रकारहरु
धेरै तलब खानेहरुले थोरै तलब खाने मजदुरहरुलाई हेर्नु हुन्न तिनीहरु गनाउछ फोहोर हुन्छ भनेर होला हैन त ? यदि साचै तिमीहरुको रिदयमा अलिकतिमात्रै मानबता छ भने आउ... हैनभने हुरी-बतासले जसरी पत्कर उडाउछ त्यसरी नउडोस हामी त्यसरी उडेको हेर्न सक्दैनौ किनकी हाम्रो मन तिमीहरुको जस्तो छैन छोयर हेर........!!!!!

******************************************************************************












नेपाली जनप्रगतिशिल मञ्च साउदी अरबको अपिल तथा प्रस्तावहरू



श्रमजिबी मजदुरहरुको पीडा र दुखलाई आत्मसाथ गर्दै सहकार्य, कार्यगत एकताको निम्ती आयोजना गरिएको आजको अन्तरकृया कार्यक्रममा सहभागी हुनु भएका बिभिन्न संघ संगठनबाट प्रतिनिधित्व गरी आउनु भएका अतिथी गणहरु, उपस्थित सम्पुर्ण मित्रहरु, पत्रकार मित्रहरुमा सर्बप्रथम त स्विकार्नुहोस नेपाली जनप्रगतीशिल मञ्च साउदी अरबको तर्फबाट न्यानो अभिबादन ।


उपस्थित सम्पुर्ण मित्रहरु


स्थापनाकाल देखि नै श्रमजिबी मजदुरहरुको दुख र पीडामा साथ दिंदै आईरहेको नेपाली जनप्रगतीशिल मञ्च आज यहाँसम्म आई पुग्दा बिभिन्न आरोह अबरोह, उतार चढावको बिचबाट अन्याय र अत्याचारको बिरुद्ध संघर्ष गर्दै नेपाली श्रमजिबी मजदुर बर्गहरुको मांया र साथले स्थापित गर्न सफल भएको सर्बबिधित नै छ । यसको श्रेय सर्बप्रथम त साउदी अरबमा बिशुद्ध रुपमा श्रमजिबी मजदुर बर्गहरुलाई माया गर्ने संगठन हुनुपर्दछ र यसलाई जोगाउंदै लैजानु पर्छ भन्दै यस मञ्चलाई संधैभरी माया गर्ने सहयात्री मित्रहरु, शुभ चिन्तक मित्रहरु, सल्लाह सुझाब दिने मित्रहरुलाई नै जानेछ । चौतर्फी रुपमा समस्या नै समस्याले झेलिएको हाम्रो नेपाली समाज र नेपाली जनताहरुका समस्या सामाधानका उपायहरु पहिचान गर्न कोही पनि अग्रसर भएको पाइदैन, समस्याको जड थाहा भएता पनि अबुझ र अञ्जान बनेर बुझ पचाईरहेका छन । सुतेको मान्छेलाई उठाउन सकिन्छ सहज ढंगले तर सुतेको नौटंकि गरेको मान्छेलाई ब्युंताउन कठिन हुन्छ । नेपाली समाजको दुर्भाग्य यही नजिक छ ।
नेपाली जनप्रगतीशिल मञ्च साउदी अरब नेपाली समाजमा देखिएको बिसंगती र बिकृतीहरुलाई पन्छाउदै नयाँ समाज निर्माण गर्न र गराउन जोश र जाँगरका साथ अगाडी बढीरहेको छ तर यसलाई हाम्रो समाजमा बर्षौदेखि नेपाली श्रमजिबी मजदुरबर्गहरुलाई ठग्दै श्रमजिबी मजदुरबर्गहरुले बगाएको रगत र पसिनामा होली खेल्दै ऐयासी जिबन बिताउन चाहने मित्रहरुलाई निकै कठिन त हुन जानेछ तर हाम्रो आग्रह र अनुरोध छ तपाईहरु जो कोही भए ता पनि सुध्रिएर आउनु पर्छ किनकी हामी अहिले सम्म अध्ययन र अनुसन्धानमा नै जुटिरहेका थियौं, अब हाम्रो अध्ययन र अनुसन्धानको क्रम सकियो, हामी अब अर्को चरणमा प्रबेश गरीसकेका छौं । हामी तपाईहरु समक्ष आज सहकार्य, कार्यगत एकता,राष्ट्रियता र श्रमजिबी मजदुरहरुको सवालमा हातमा हात मिलाउदै अगाडी बढ्ने योजना बनाई सहकार्य गर्नको निम्ती नेपाली जनप्रगतीशिल मञ्च साउदी अरब हरदम हरपल साथ दिई रहने प्रतिबद्धता जाहेर गर्दछ ।
हामीले यहाँहरु समक्ष तल उल्लेखित निम्न बुँदाहरुको प्रस्तावनामा छलफल गर्न र आपसमा सहमती जुटाउन प्रस्ताब गरेका छौं ।
(१) डिसेम्बरको अन्तिम साता महामहिम राजदुत हमिद अन्सारीज्यु मार्फत सम्माननीय राष्ट्रपति कार्यालय, पराराष्ट्र मन्त्रालय,श्रम मन्त्रालय, श्रम बिभाग लगायत बिभिन्न राजनैतिक दलहरुलाई बुझाएको ज्ञापन पत्रमा यहांहरुको धारणा सार्बजनिक गरिदिनुहोला ।
(२) देशका कर्मठ युवाहरु देशको शक्तिशाली राष्ट्रको निर्माण कर्ता हुन र हुनु पर्दछ । राष्ट्र निर्माण गर्नको निम्ती हामी सबै एकजुट भएर लाग्नु पर्नेछ । हामीलाई लाग्छ तपाईहरुले हाम्रो अपिललाई समर्थन गरी हाम्रो योजनालाई हामी सबैको योजना भनेर साथ दिनुहुनेछ । किनकी देशले हामीलाई के दियो भन्दा पनि हामीले के दिन सकिन्छ भन्ने तर्फ सबैको ध्यान आकर्षण हुनुपर्दछ, मुखले मात्रै हैन ब्यबहारमा पनि उत्रन अपिल गर्दछ । त्यसको निम्ती आर्थिक उपार्जन अति आबश्यक भएको हुँदा निम्न लिखित बुदाँहरु प्रस्ताव गर्ने निधो गरेका छौं ।
(क) एनआरएनएले गरेको सांस्कृतिक कार्यक्रमबाट महिला कामदारहरू उद्धारका लागि उल्लेखनीय (आगामी २-३ बर्षलाई पुग्ने) धनराशी जुटेको छ । त्यसपछि आदिवासी जनजाति, हेल्प नेपाल र नेपाली सेवा समितिले गरेको कार्यक्रमबाट पनि प्रशस्त रकम बचत भएकै हुनुपर्दछ, त्यो बचत रकम इमान्दारिताका साथ जस्ताको तस्तै सार्बजनिक गरियोस र बचत सबै रकम साउदी अरबका पुरूष कामदारहरूको कल्याण तथा उद्धारका लागि छुट्याइयोस, आखिर त्यो समाजकै सम्पत्ती हो र समाजकै हितमा उपयोग गर्ने आयोजकहरूको पुर्ब प्रतिबद्धता पनि हो । अतः कसैले पनि लोभ लालच नराखून । त्यसै गरी अब आइन्दा गरिने सांस्कृतिक कार्यक्रम साउदी अरबको समग्र समाजको आयोजनामा हुनुपर्नेछ र त्यसको बचत नेपालको दुर्गम पहाडी क्षेत्रको बिकासमा दिइनुपर्नेछ जसबाट हाम्रो सच्चा राष्ट्रप्रेम र राष्ट्रिय चिन्तन देखिनसकोस ।
(ख) सम्पुर्ण संघ संस्थाहरुमा प्रतिनिधित्व गर्ने सम्पुर्ण सदस्यहरुबाट महिनाको मासिक तलबको एक दिनको तलब साउदी अरबको समाज कल्याण तथा उद्धार कार्यमा खर्च गरेको हुनुपर्ने अन्यथा बिकास परीयोजनाको निम्ती निर्माण गरिएको कोषमा जम्मा अनिबार्य गरिनु पर्ने ।
(ग) सो कोष नेपाल राजदुताबासको कार्यालयको रोहबरमा कोष स्थापना गरी जम्मा गरीने ।
(३) आम नेपाली जनमानसमा संघ संस्थाहरू प्रती उब्जिएको शंका उपशंकालाई मेटाउदै लैजान अति आबश्यक ठहर गर्दै खेर गएको समयलाई उपयोग गर्दै जनजागरण कार्यक्रमहरु प्रश्तुत गर्दै लैजानु पर्ने जहाँ समस्या सुरु भएको छ त्यहाँ नेपाली राजदुताबासका कर्मचारीलाई समेत परीचालन गरीनु पर्ने । आम जनताले प्रशासनिक काम कार्बाहीलाई बिश्वास दिनु पर्ने र सम्पुर्ण संघ संस्थाहरुले नेपाली राजदुताबासका कर्मचारीहरुलाइ सहयोग दिदै जानु पर्ने ।
(४) नेपाली राजदुताबासमा भएको काम कार्बाहीहरु अहिले सम्म बाहिर जनताको माझ नआईपुगेको सन्दर्भमा छिटो र छरीतो नेपाली मजदूरहरू माझमा पुर्याउन जोडदार ढंगले आवाज उठाउनु पर्ने, पारदर्शी ढंगले कुनै कारणबश मृत्यु हुन पुग्ने या अंग भंग भई क्षती पुर्ति बापत पाएको रकम वा अन्य प्रयोजनका लागी कोषमा जम्मा हुन आएको रकम सार्बजनिक गर्न र गराउन पहल गरीनु पर्ने । यसको लागि दुतावासबाट हुने सबै काम कार्बाहीहरुको यथार्थ जानकारी दुतावासकै वेभ साइटमा अपडेट गरी राखिनुपर्ने या साउदी अरबका अनलाइन मिडियाहरु मार्फत जानकारी गराउनुपर्ने ।
(५) गैर कानुनी ढंगबाट नेपाली महिला तथा पुरुषहरुलाई बिदेशमा पठाईरहेका मानब तस्करहरुलाई निरुत्साहीत गर्न एक जुट हुनुपर्ने । ती मानब तस्करहरुलाई जनताको माझ खुल्ला मैदानमा पीडितले तोकेको सजाय दिलाउन तत्परता हुनु पर्ने ।
(६) देशको मेरुदण्ड आर्थिक पनि भएको हुनाले श्रमजीवी मज़दूरहरुले कमाएको आर्थिक आर्जनहरु सरकारको मापदण्ड भित्र परेका बैकहरु मार्फत स्वदेशमा पठाईनु पर्ने,किनकी हामीले पठाउने आर्थिक बाट नै नेपाल सरकारले देश बिकाशको निम्ती या कुनै अन्य राष्ट्रिय प्रयोजनका निम्ती देश भित्रै लगानी हुंदा देश छिटै बिकाश हुन जानेछ । तर यदी त्यसो नगरी हुण्डी जस्तो अबैध र राष्ट्रघाती कारोवार गर्दै सरकारी कर र राजश्व छली सिमित ब्यक्तिहरुले मात्रै आफ्नो स्वार्थ पुर्तिको निम्ती रातारात धनि हुने सपना देखे त्यसको आय स्रोत मासिक तलब खान तलासी गरी राज्यले हदै सम्मको कार्बाही गर्न गराउनका लागि सम्बन्धित निकायमा उजुरी तथा पहल गर्न सबै संघ संस्थाहरु तत्पर हुनु पर्ने ।
उपस्थित मित्रहरु, हामी सबैको उद्धेश्य एउटै छ, कार्यशैली, नीति बिधान र ब्याख्या अलग अलग हुनसक्छन । यदी साँच्चै श्रमजिबी मजदुरहरुको पक्षमा देश र जनताको हितको निम्ती संगठन स्थापित गर्नु भएको हो भने कार्यमा किन बिबिधता किन कार्यगत एकता र सहमतिय पद्धति अपनाउदै ऐतिहासिक धरोहर निर्माण गर्न साहसिक ढंगले अघि नबढ्ने त ?हामी सबैको बिचार साझा छ, देश बिकाश भए जनताले दुख पाउने थिएनन, बैदेशिक रोजगारको नाममा श्रम बेच्न आउने जो कोहिले पनी श्रम मात्रै बेचिन्थ्थो, शरीर नै बेचिरहनु पर्दैन थियो । बिज्ञान र प्रबिधीको युगमा आज नेपाली जनताहरु श्रम सस्तो मुल्यमा बेच्न बिबश छन । संग संगैको देशहरु कहाँ थिए कहाँ पुगीसके, हामी नेपालीहरु अर्काको निर्देशनमा लुरु लुरु हिडिरहेका छौं । सरकार देखि सडक सम्मका नागरीकहरु बिदेशीका गुलाम बनिरहेको छौं, देश बन्धकमा राख्न खोजिदै छ भने जनताहरु दासी जिबनलाई स्विकार्दै एक पेट खान र आङ्ग भरी लाउन दासी जिबन बिताउन बाध्य पारीरहेका छन ।
मित्रहरु हामी नेपाल र नेपालीलाई छातीमा राखी अगाडी बढौं र बढ्न सिकौं । अन्त्यमा परिवर्तनशिल समयलाई आत्मसाथ गर्दै परिवर्तनकॊ लागी एकजुट हुन आग्रह गर्दै एक महिनाको अल्टीमेटम सहित बुझाईएको ज्ञापन पत्रको बुँदाहरुमा यहाँहरुको दृष्टिकोण र आजको बिषय बस्तुहरुमा तपाईहरुको सहमति, कार्यगत एकताको सन्दर्भमा केन्द्रित रही सहि केन्द्र बिन्दुमा बैचारिक रुपमा बहसको स्थापना गरी ब्यबहारमा उत्रनु हुनेछ र कार्यान्वयन र कार्य दिशामा साहसिक ढंगले अगाडी बढ्नु हुनेछ भन्दै माथि उल्लेखित प्रस्ताबहरु यहाँहरु समक्ष निबेदन गरेका छौं । न्यानो अभिबादन ।
नेपाली जनप्रगतीशिल मञ्च
साउदी अरब
कॆन्द्रीय समिती
***************************************************
जनप्रगतिशील मञ्च को आन्दोलन अन्तिम तयारीमा छ:
बैदेशिक रोजगारीमा गएका प्रगतिशिल युवाहरु संगठीत हुन थालेका छन् । रोजगारीको खोजीमा विभिन्न मुलुक गरेर २० लाख भन्दा बढी नेपालीहरु विदेशमा श्रम सम्झौता अनुसारको काम, तलब नपाउने श्रमिकहरुलाई सहयोग गर्ने उद्देश्यले संगठीत हुन थालेका हुन् । साउदी अरब, कतार, मलेसिया, दुबई, लिबिया,बहराईन, कुवेत, इज्रायल,ओमान लगायतका देशहरुमा कार्यरत श्रमिकहरुको अगुवाईमा अन्तराष्ट्रिय लेबर मञ्च (क्रान्तिकारी) गठन गर्न लागिएको मलेसियामा कार्यरत प्रगतिशिल मञ्च मलेसियाका सुमन सिंह पौडेलले मेचीनगर अनलाईनलाई बताए । जताततै श्रमिकहरु दिनहुँ लुटिरहेका छन्, उनीहरुलाई न्याय दिने निकाय सबै बिकेका छन् यस्तो अवस्थामा हामीलाई न्याय कसले दिने ?” पौडेलले भने त्यसैले हामीले अन्तराष्ट्रिय स्तरबाटै हामी संगठीत हुँदैछौं ।

हामीले सबै देशबाट हाम्रा प्रतिनिधिहरु नेपाल पठाई सकेका छौं" अन्तराष्ट्रिय लेवर मञ्च(क्रान्तिकरी) साउदी अरबका संयोजक दील सुब्बाले भने हाम्रो कार्यक्रमको खाका नेपालबाट हाम्रा साथीहरुले तयार गरी रहनु भएको छ । यहिँ फागुन पहिलो साताबाट हाम्रा कार्यक्रमहरु सार्वजनिक गर्ने छौं ।त्यस्तै मञ्चकै दुबई संयोजक उत्तम अधिकारीका अनुसार नेपालमा कार्यलय राखी बैदेशिक रोजगारीको नाममा हुने ठगी, लुटलाई नियन्त्रण गर्दै प्रवासमा श्रमिकहरुमाथि आईपर्ने सबै खाले शोषणको निर्मुल पार्न तर्फ केन्द्रीत हुने छ । सरकार तथा राजनीतिक दलहरु सधैभरी सत्ता केन्द्रीत हुने हुदा मुलुककै अर्थतन्त्र धानिरहेका श्रमिकहरुमाथि अन्याय भईरहेको छ भन्ने उनीहरुको आरोप छ । बैदेशिक रोजगारीलाई ब्यवस्थित र पारदर्शी बनाउँदै प्रवासमा रहेका श्रमिकहरुलाई संगठीत गराई सबैखाले शोषणको अन्त्य गर्न चाडै सशक्त भूमिका खेल्ने बहराईनका संयोजक देवीलाल डुम्रेले जनाए ।
भाषा, कानूनी प्रावधान, कम्पनीको नीति नियम जस्ता कुराहरुको अभावले गर्दा नेपाली श्रमिकहरु दिनदिनै मृत्युको शिकार भईरहेका छन् । झन् महिलामा श्रमिकहरुमाथि हुने शोषणले चरम सीमा नाघिसकेको छ मञ्चका कतार संयोजक शुसील खड्काले भने अब त्यस्ता ठगहरुका दिन गए ।
**********************************************************************************







पपुलर पोस्टस्