Sep 4, 2015

चाणक्यका १० नीतिहरुः

१. तपाई खुशी रहनु नै दुश्मनका लागि सबैभन्दा ठूलो सजाय हो ।

२. अरुको गल्तीबाट सिक । आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।

३. कुनैपनि व्यक्ति आवश्यक भन्दा धेरै इमान्दार सोझो हुनुहुदैन । किनकी सोझो रुख पहिला काटिन्छ ।

४.भाग्यले उसैलाई साथ दिन्छ जो जस्तोसुकै संकटमा पनि आफ्नो लक्ष्यप्रति दृढ रहन्छ ।

५.कुनै पनि व्यक्ति आफ्नो कामबाट महान हुन्छ जन्मबाट होइन ।

६. सफलता प्राप्त गर्नकालागि राम्रो साथीको आवश्यकता पर्दछ र धेरै नै ठूलो सफलता प्राप्त गर्नकालागि राम्रो शत्रुको आवश्यकता पर्दछ ।

७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन् । जसले शाहसका साथ त्यसको सामना गर्छ उ विजय बन्छ ।
८. हामी भूतको बारेमा पछुताउनु हुँदैन र हुँदैन भविष्यको बारेमा चिन्ता लिनु पनि, विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।

९.तपाईको कुरा सुन्ने बेला यता उता हेर्ने मान्छेको कहिल्यै विश्वास नगर्नु ।

१०. कमजोर व्यक्तिसँगको दुश्मनी ज्यादा महंगो हुन्छ । उसले त्यतिबेला महला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुदैन ।

No comments:

Post a Comment

पपुलर पोस्टस्