एकीकृत माओवादीका अध्यक्ष एवं संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संविधान निर्माणको काम अन्तिम चरणमा पुग्नै लाग्दा भएका घटना अन्त्यन्तै दुखद् र निर्मम भएको बताएका छन् ।
संविधानको विधेयक माथि संविधानसभामा छलफलमा भाग लिँदै प्रचण्डले जनताले आफ्ना अधिकारका लागि आवज उठाउनु स्वभाविक भएपछि पछिल्ला घटना स्वभाविक नभएको बताए ।
‘जनताले राखेका मागलाई हामीले हो त्यसलाई स्वागत गरेका छौं । प्रचण्डले भने, तर केही अमानविय घटना भएका छन्, घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धान्जली छ अनि घाइतेको निशुल्क उपचारको माग गर्छु । ’
संविधानसभा भनेको मुलुकलाई सामान्तवादबाट समाजवादमा लैजाने प्रकृया भन्दै प्रचण्डले सामान्तवादको अन्त्य र समाजवादको विकास गर्ने उद्देश्यले संविधानसभाको विकास भएको बताए ।
संविधानसभाबाट संविधान बन्नु भनेको एउटा युगबाट अर्को युगको शुरुवात हुने विन्दु भएको प्रचण्डको भनाई थियो ।
अहिलेको प्रकृयामा विभिन्न दर्शन र सिद्धान्त बोकेका दलहरुको सम्झौताबाट संविधान बनाउन लागेको भन्दै प्रचण्डले अहिलेको मस्यौदामा धेरै राम्रा कुरा भए पनि जति हुनु पर्ने हो त्यो नभएको टिप्पणी गरे । मस्यौदा सामान्तवाद र त्यसका मून्य माल्यतासँग धर्मराएको उनले बताए ।
मस्यौदाले केही दिन खोजे पनि विभेद, अन्याय, अत्याचारमा परेको महिला, दलित समुदायलाई अधिकार दिन नसकेर धर्मराएको र पछि हटेको प्रचण्डको भनाई थियो ।
संविधानसभाबाट संविधान नबनोस र फेरी अन्यौल र अराजकताको भूँवरीमा देश परोस् भनेर धमिलो पानीमा माछा मार्न खोज्ने तत्वहरु पनि रहेको भन्दै प्रचण्डले मस्यौदामा नकारात्मकभन्दा सकारात्मक कुराहरु बढी रहेको बताए ।
थारु समुदायले आफू अपमानित भएको महसुस गरेको र मधेसमा केही आवाज उठेको भन्दै प्रचण्डले संविधान बनाउने अन्तिम चरणमा मधेसी मोर्चाका नेताहरुलाई प्रकृयाबाट अलग्गिने कुरा नसोच्न आग्रह गर्दै परिमार्जन गर्न सकिने बाटो बाँकी नै रहेको र जायज माग सम्बोधन गर्ने ठाउँ रहेको आश्वासन दिए ।
आन्दोलनरत पक्षलाई गम्भीर भएर जिम्मेवारीका साथ वार्तामा आउन पनि प्रचण्डले आग्रह गर्दै भने, ‘गम्भीर भूल नगरियोस्, सरकारले पनि वार्तामा बोलाउन कन्जुस्याँई नगरोस् ।’
No comments:
Post a Comment