पुँजीवादको अन्तिम र मरणासन्न रूप हो-
साम्राज्यवाद ।
साम्राज्यवाद
पूरै निकम्मा र असफल सावित भइसक्यो, अब विश्वलाई समाजवादबाहेक अन्य
विचारले
थेग्न सम्भव छैन । यद्यपि संसारभर अहिले कहीँ पनि समाजवादी व्यवस्था कायम
चाहिँ
छैन तर विश्वभर साम्राज्यवादी विचारको विकल्पमा समाजवादी विचारको
आवश्यकताबारे
बहस एवं ध्रुवीकरण तीव्र बनिरहेको छ ।
उल्लेखित विश्वपरिस्थितिका बीचमा हामी यतिबेला नेपालमा क्रान्तिको एउटा विशिष्ट चरणमा बहस गरिरहेका छौं- नेपालको क्रान्ति सफल या असफल ? यद्यपि तत्काल यसको पूर्ण संश्लेषण सम्भव छैन तर के सत्य हो भने अहिलेसम्म हामी जित्दै आइरहेका छौं । सम्पूर्ण र अन्तिम अर्थमा जितिसकेका छैनौं, जित सुनिश्चित बन्दै गइरहेको भने स्पष्टै देख्न सक्छौं । सैद्धान्तिक दृष्टिले हेर्दा नेपालको वस्तुस्थिति यस्तो छ तर व्यावहारिक हिसाबले नेपाली क्रान्ति दिशाहीन, अन्योलग्रस्त, नेतृत्वमा गम्भीर बहस र विघटन भइसकेको जसरी समेत पनि प्रचारप्रसार भइरहेको छ । के नेपालका विभिन्न सञ्चार माध्यमहरूमा दैनिक रूपमा आउने यी र यस्ता हल्लाहरू साँचा हुन् ? यदि ती सत्य हुन् भने नेपाली क्रान्ति कसरी विजयसम्म पुग्ला ? अनि साम्रज्यवादको विकल्पमा समाजवाद स्थापित गर्न कसरी सम्भव होला ? यो यस बेलाको गम्भीर महत्त्वको विषय हो । विश्वभर साम्राज्यवादीहरू आफ्नो अस्तित्व-रक्षाका लागि समाजवादी विश्वव्यवस्थाको उदयलाई हरहालतमा रोक्न चाहन्छन् । त्यसकारण एकीकृत नेकपा (माओवादी) लाई आन्तरिक र बाह्य रूपमा दक्षिणपन्थी दलदलमा फसाउने, फुटाएर टुक्राटुक्रा पार्ने, माओवादी पार्टीको आफ्नो स्वतन्त्र निर्णय-क्षमतालाई अदृश्य शक्तिको हातमा पुर्याउने गम्भीर षड्यन्त्रको डिजाइनमा यी सब हल्लाखल्ला भइरहेका छन् । साथै, सत्य कुरा के चाहिँ हो भने एकीकृत नेकपा (माओवादी) लामो शान्ति-प्रक्रियापछि विचार निर्माण तथा जनयुद्ध र जनआन्दोलनका समग्र उपलब्धि, क्षति, कमी-कमजोरी र भावी कार्यक्रमका लागि गम्भीर छलफल, अन्तर्क्रिया र बहसपश्चात् संश्लेषणको प्रक्रियामा छ । विचार संश्लेषण र समग्र क्रान्तिको मार्गचित्रलाई थप स्पष्ट, व्यवस्थित र सुदृढ तुल्याउन पार्टीभित्र भइरहेको स्वस्थ छलफल र बहसलाई तन्काएर, बंग्याएर पूरै क्रान्तिलाई ध्वंस गर्ने उद्देश्यसहित प्रोपोगाण्डा अभियानमा छन्- देशभित्रका प्रतिक्रियावादीहरू र बाहिरका विस्तारवादी-साम्राज्यवादीहरू । २०६७ असार १ देखि ११ गतेसम्म एकीकृत नेकपा (माओवादी) को पोलिटब्युरो बैठक बस्यो । बैठकमा चलेका विषयहरूलाई लिएर बैठककै बीचमा र बैठकपश्चात् विभिन्न ढंगले विषयहरू बाहिर आए । समग्र जनयुद्ध र जनआन्दोलनका उपलब्धि, सीमा, यसबीचको लामो शान्तिपूर्ण क्रान्तिको चरण, विचार-संश्लेषण, प्रधान अन्तर्विरोध, कार्यदिशाजस्ता ज्यादै महत्त्वपूर्ण सवालहरूमा गम्भीर ढंगले छलफल र बहस भए । तर, विषयवस्तुको यसखाले गम्भीरतालाई पूरै ओझेलमा पार्दै 'सरकारमा कसको नेतृत्वमा जाने भन्नेजस्ता विषयमा माओवादीमा विवाद भयो', 'प्रचण्ड अल्पमतमा परे', 'प्रचण्डविरुद्ध नयाँ समीकरण निर्माण गरियो' आदिआदि ढंगका दुश्प्रचार तीव्र पारियो । अवसरवादीहरूले हमेसा सिद्धान्त, विचार र राजनीतिलाई गौण बनाएर निश्चित व्यक्तिहरू एवं बेमतलवका प्राविधिक विषयहरूलाई बढ्ता उछालेर, प्रचार गरी दुनियाँलाई भ्रमित बनाउने भएकाले अहिले माओवादी पार्टी र त्यसको नेतृत्वको सवालमा चलाइएको प्रचारआतंक त्यसैको आधारमा सञ्चालित भएको यथार्थता सहजै बुझ्न सकिन्छ । त्यसका विरुद्ध सशक्त रूपले भन्डाफोर गर्दै क्रान्तिकारी हेडक्वार्टरलाई अझ बढी सुदृढ र एकताबद्ध तुल्याउँदै आम रूपमा क्रान्तिकारी जनताहरूलाई प्रशिक्षित गर्नु नै यतिबेलाको हाम्रो मुख्य कार्यभार हो ।
एकीकृत नेकपा (माओवादी) को पोलिटब्युरो बैठकमा केही गम्भीर सैद्धान्तिक महत्त्वका विषयहरूमा छलफल-बहस भएको साँचो हो । हरेक संवेदनशील मोडमा पुगेपछि पूर्ण जनवादी वातावरणका साथ जमेर छलफल-बहस गर्ने, वादविवाद-संवाद गर्ने र त्यसबाट एउटा नयाँ विचार पैदा गर्ने संस्कार रहँदै आएको छ- माओवादी पार्टीमा । सम्पन्न पछिल्लो पोलिटब्युरो बैठकलाई पनि त्यसैको निरन्तरताका रूपमा बुझ्नुपर्दछ । अब करिब चार महिनासम्म पार्टीभित्र विचार-संश्लेषण, प्रधान अन्तर्विरोध, आगामी कार्यदिशाजस्ता सङ्गीन सवालहरूमा व्यापक छलफल, बहस, अन्तर्क्रिया र पूर्ण जनवादी प्रक्रिया एवं विधिमार्फत एउटा ठोस टुङ्गोमा पुग्ने प्रक्रियाको थालनी पीबी बैठकले गरेको छ । असोजमा हुने केन्द्रीय समितिको विस्तारित बैठकसम्म अब एकीकृत नेकपा (माओवादी) नयाँ विचारको निर्माणका लागि गम्भीर तर विधिसम्मत बहसमा छ र यो बहसका क्रममा पार्टीभित्र र बाहिरका अराजकतावादी प्रवृत्तिले बहसलाई नकारात्मक ढंगले प्रभावित पार्ने खतरा पनि उत्तिकै छ । यसरी क्रान्तिकारी बहस हुँदा एकदमै नजानिँदो ढंगले पार्टीभित्र बहुलवादी सोचाइ र प्रवृत्ति समेत अगाडि आउन सक्छ र त्यस प्रकारको प्रवृत्तिलाई सहयोग पुग्नेगरी पार्टीभित्र खेल्न अवसरवादी एवं प्रतिक्रियावादी तत्त्वहरूले यथासक्य प्रयत्न गर्नेछन् भन्ने यथार्थतालाई गम्भीतापूर्वक आत्मसात गर्नु पनि क्रान्तिकारीको दायित्व हो । क्रान्तिकारीहरूले यस विषयलाई ठीक ढंगले बुझ्न सकिएन भने पार्टीले जुन अपेक्षासहित बहसको सुरुआत गरेको छ, त्यो असफल समेत हुन सक्दछ । बहसलाई सही दिशामा, सही विधिमा र सार्थक बनाउनका लागि अब सबै इमानदार क्रान्तिकारीहरू लाग्नैपर्दछ । त्यसका लागि बहसको सैद्धान्तिक, वैचारिक एवं राजनीतिक कारण पत्ता लगाउनु अनिवार्य हुन्छ । यदि सो कारण पत्ता लगाउन सकिएन भने इमानदार क्रान्तिकारीहरू समेत अवसरवादीको भ्रममा पर्ने खतरा रहन्छ । त्यसकारण आउनुहोस्, नेपालका सन्दर्भमा सर्वहारा वर्ग र क्रान्तिको भविश्यलाई कसरी सुनिश्चित गर्ने भन्ने विषयलाई सार्थक निष्कर्षमा पुर्याउनका लागि सुरु गरिएको बहसमा सहभागी बनौं । अवसरवादी तथा प्रतिक्रियावादीहरूका सबैखाले भ्रम र षड्यन्त्रहरूलाई परास्त गरौं र नयाँ विचार निर्माणमा जुटौं ।

No comments:
Post a Comment