-अध्यक्ष क. प्रचण्ड
हामी
अब ठगिन चाहँदैनौं र भारतसंग हामी समानताको सम्बन्ध चा हन्छौँ। हामी अब २१ औं
शताब्दीको भारतीय जनता र २१ औं शताब्दीका गणतान्त्रिक नेपाली जनताको बीचमा सुमधुर
सम्बन्ध होस्, भारत
र नेपालको बीचमा पनि बराबरीको सम्बन्ध होस्, ठूलो
दाइ र सानो भाइ जस्तोको व्यवहार नहोस्, हामीले
यो चाहेका छौं । हामीले चाहेको यत्ति हो । हामी हाम्रोलाई हाम्रो मात्र भनेका छौं, हामी अर्काकोलाई हाम्रो भनेका छैनौं । हामी
हाम्रोलाई, हाम्रो
अधिकारलाई हाम्रो अधिकारको रुपमा स्थापित गर्न चा हन्छौँ । हामी त्यो भन्दा बढी
केही चाहेका छैनौं । हामीलाई भारतको एक इन्च जमिन चाहिएको छैन । हामी नेपालको एक
इन्च जमिन पनि छोड्न तयार छैनौं ।
प्यारा
दिदीबहिनी, दाजुभाइहरू,
सुगौली
सन्धि जसले नेपाललाई एउटा स्वाधीन, स्वतन्त्र
राष्ट्रबाट एउटा अर्धऔपनिवेश र नवउपनिवेशमा बदल्यो र त्यहीँदेखि हामी एकातिर
देशभित्र सामन्ती राजतन्त्रको शोषण र उत्पीडनको जाँतोमा र देश बाहिरबाट अंग्रेज र
भारतको एक खालको उपनिवेश जसलाई हामी अर्धऔपनिवेश र नवउपनिवेशको रुपमा बुझ्छौं ।
त्यो उपनिवेश बन्यो र हाम्रो देश स्वतन्त्र रहेन ।
हाम्रो
अधिकार, हामी
हाम्रो स्वाधीनता, हाम्रो
स्वाभिमान हाम्रो आत्मसम्मान बचाएर हामीले लिने या दुश्मनको अगाडि घुँडा टेकेर
आत्मर्समर्पण गरेर उसको निम्ति काम गरेर लिने सवाल भिन्न छ । जतिबेला हामी अहिले
सीमानामा समस्याको कुरा गर्दैछौं । हामी अहिले नेपालमा राष्ट्रिय स्वाधीनताको कुरा
गर्दैछौं । नेपालको अर्थतन्त्रलाई कसरी स्वतन्त्र र आत्मनिर्भर बनाउने भन्ने कुरा
गर्दैछौं । अहिले हिन्दुस्तानबाट अंग्रेज गइसकेको छ, तर
फेरिपनि अंग्रेजका पालाका सन्धि सम्झौताहरु किन कायम छन् - अंग्रेजसंग भएका असमान
सन्धि सम्झौताहरु अहिले पनि किन क्रियाशील छन् । यो एउटा प्रश्न सम्पूर्ण देशभक्त
नेपालीहरुले सोच्नु पर्ने प्रश्न बनेको छ ।
जसरी
कोतपर्व र भण्डारखाल पर्व हुँदै भीमसेन थापादेखि एउटा देशभक्तिपूर्ण भावना
राष्ट्रियताको भावना राख्नेको कत्लेआम गर्नेको एउटा प्रक्रिया शुरु भयो सुगौली
सन्धिसंगै । त्यो प्रक्रिया के तपाई हामीले सोचेका छौं - काठमाडौंमा वीरेन्द्रको
वंश नाश र कोतपर्व र भण्डारखाल पर्वको साइनो र सम्बन्ध छ । वीरेन्द्रको पुरै वंश
नाश कसले गर्यो, किन
गर्यो र कुन परिस्थितिमा भयो - हामी सबैले सोच्नु पर्नेछ यतिबेला । किनकी
वीरेन्द्रले पहिलो चोटी सुगौली सन्धिले गरेको व्यवस्था विपरति नेपाली सेनाको लागि
हतियार हिन्दुस्थानबाट मात्र होइन चीनबाट पनि ल्याउँछु भन्ने निर्णयगरे ।
हामीले
जनयुद्ध सुरु गर्ने बेला राष्ट्रघाती सरकारका विरुद्ध, टनकपुरमा राष्ट्रघात गर्ने चरत्रिका विरुद्ध, राष्ट्रिय आत्मर्समर्पण गर्ने र
हिन्दुस्थानको गुलामी गर्न उद्दत हुने सरकार र नेतृत्वका विरुद्ध हामीले बिद्रोह
गरेका थियौं । त्यो पाँच वर्षवित्दा नवित्दै वीरेन्द्रसंग हाम्रो सम्बन्ध भयो । म
जनयुद्धको कमाण्डर र पार्टीको अध्यक्ष पनि भएँ । वीरेन्द्रले धीरेन्द्रमार्फ् एउटा
खबर पठाए कि माओवादी नेतृत्वलाई भेट्न उनी चाहन्छन् ।
माओवादी
पार्टीएउटा देशभक्त पार्टीहो । राष्ट्रवादी पार्टीहो, त्यसकारण माओवादीलाई दमन गर्न हुँदैन भन्ने
अडान वीरेन्द्रको थियो । माओवादीको अध्यक्ष प्रचण्डसंग नेपालको राजा वीरेन्द्र
शाहले भेट्ने कुरा हुन्छ, माओवादीका
विरुद्ध सेना परचिालन गर्न हुँदैन भनेर उनले अडान लिन्छन्, नेपाली सेनाको निम्ति हतियार हिन्दुस्थानबाट
मात्र होइन, चीनबाट
र अरु देशबाट पनि ल्याउनु पर्छ भन्ने अडान लिन्छन्, शान्ति
क्षेत्रको प्रस्ताव राख्छन् । ठीक यो तीनवटा मूलभूत कारणले वीरेन्द्रको वंशज नाश
भयो भनेर हामीले किन नभन्ने,
हामीले
किन नबुझ्ने - कतिपय मानिसहरुले माओवादी भनेको त राजावादी पार्टीपो रहेछ भन्छन् ।
हामीले खुलेआम भन्यौं, त्यतिबेला
पनि हामीले लुकाएका थिएनौं । हामी वीरेन्द्रसंग कुरा गर्न चाहेकै थियौं । उनिसंग
अघोषित कार्यगत एकता भएकै थियो र हामी त्यसो गर्न चाहन्थ्यौं । के को निम्ति - यो
राष्ट्रको स् वाधीनता, स् वतन्त्रता र नेपाली जनताको हितको निम्ति ।
मैले एक डेढ महिना पछि अब राजा वीरेन्द्रसंग भेट हुने सम्भावना देखेपछि हामीले
पार्टीमा छलफल गर्यौं र तयारी के गर्र्यौं भने वीरेन्द्र अब तिमीले राजा बनीराख्न
खोज्यौ भने यो राष्ट्र बच्दैन,
तिमीले
गद्दी छोड्नु पर्यो र माओवादीलाई सरकार सञ्चालन दिनु पर्यो । त्यसो भयो भने
इतिहासमा त्यस् ता
देशहरू र राजाहरू छन्, जसले
आफूखुशी राष्ट्रको स् वतन्त्रताको
निम्ति, राष्ट्रको
स् वाधीनताको
निम्ति गद्दी त्याग गरेका छन् र कम्युनिस्टहरुसंग मिलेका छन् । हामीले त्यतिबेला
सिंगानुकको उदाहरण दियौं र नेपालका राजा वीरेन्द्र सिंगानुक बन्न सक्छन् भने उनी
सिंगानुक बनुन् र मैले के प्रस्ताव तयार पारेको थिएँ ।
गणतन्त्र
नेपालको पहिलो राष्ट्रपति तिमी होऔं, हामी
आपसमा नलड़ौ , नेपाली
नेपाली नलड़ौ , किनकी
हाम्रो समस्या अन्तै छ, हाम्रो
समस्या सुगौली सन्धीदेखि जसरी हामी कसैको विदेशीको हैकममा परेका छौं, त्यसबाट राष्ट्रलाई कसरी बचाउने हाम्रो साझा
समस् या
हो भनेर पहिलो राष्ट्रपति बनाउने । तर दुर्भाग्य त्यही डेढ महिनाभित्र
वीरेन्द्रसहित उनको सम्पूर्ण वंश नाश गरयिो । याद गर्नुहोला कोतपर्व, भण्डारखाल पर्व र नारायणहिटीमा भएका यो अर्को
नयाँ खालको आधुनिक कोतपर्वको बीचमा साइनो छ, सम्बन्ध
छ । आज सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरुले यो कुरा बुझ्न जरुरी पनि छ ।
यो
देशमा एउटा युवा तेजप्रहार नेताको रुपमा एमालेको मदन भण्डारी राम्रो भाषणकर्ताको
रुपमा । नेपाली जनताको मन मष्तिस्कमा केही गर्छ होला भन्ने जस् तो
गरकिन मदन भण्डारीको आगमन भयो ०४६ सालको आन्दोलनपछि । यद्यपि उनको राजनीतिक विचार
नेपाली जनतालाई लिएर राष्ट्र स्वाधीन बनाउनका निम्ति अगाडि बढ्ने विचार थिएन ।
कहीँ न कहीँ संसदवाद, कहीँ
न कहीँ सुधारवाद उनमा थियो । तर त्यति हुँदा हुँदै पनि मदन भण्डारी कुनै सामन्ती
राजा महाराजाहरुको अगाडि म झुक्ने छैन, कुनै
विदेशी प्रभूका अगाडि पनि म झुक्दिन, उनको
त्यो स्पष्टी थियो ।
एकीकृत
माओवादीको अध्यक्षको हैसियतले पनि मेरा लागि त्यो विषय बडो गहिरो भावना र पीडाको
पनि छ । जसरी वीरेन्द्रसंगको भयो,
त्यसै
गरकिन मदन भण्डारीसंग भयो । चैत्र ३ गते त्यतिबेला हामी नेपाल कम्युनिस्ट
पार्टीकोएकता केन्द्रको रुपमा थियौं । हामी चितवनमा जम्मा भएका थियौं । ललितपुर
जिल्लाको एकजना बुद्धिजिवीले त्यतिबेलाको देशको राजनीतिक परिस्थितिको बारेमा मदन
भण्डारी र मेरो वीचमा एक रात गम्भीर ढंगले छलफल गराउने प्रस्ताव राख्नु भयो । मदन
भण्डारीले पनि त्यो प्रस्ताव स्वीकार गर्नुभयो भनेर मलाई खबर गरयिो । म तयार छु
भनेर मैले स्वीकृति दिएँ । चैत्र ११ गतेको दिन बेलुकाबाट हामीले छलफल गर्ने
निस्कर्षा पुग्ने । दुइवटा कम्युनिस्ट पार्टीको जो समानान्तर रुपमा देखा परेका छन्
। यो दुइवटालाई जोडेर एउटै बनाउने सम्भावनाको बारेमा पनि छलफल गर्ने । जो बैचारकि
राजनीतिक मतभेद छन्, त्यो
मतभेदलाई टुङ्ग्याउने र यो देशलाई समाल्ने । त्यतिबेलासम्म मदन भण्डारीको विचार र
हाम्रो विचारमा एउटा राम्रो समानता के थियो भने उनी पनि देशलाई अर्धसामन्त र
अर्धऔपनिवेशिक नै भन्थे । त्यसकारण सामन्तवादसंग पनि लड्नु पर्छ र साम्राज्यवाद र
विस् तारवादसंग
पनि लड्नु पर्छ भन्थे र हामी पनि त्यही भन्थ्यौं । त्यहीँसम्म हाम्रो समानता थियो
। दार्शनिक तहमा माओका बारेमा अरु विषयमा हाम्रा मतभेदहरु पनि थिए । तै पनि एउटा
कम्युनिस्ट पार्टीको लिडर हुनुको नाताले यो दुइवटा पार्टीको दुइवटा लिडरहरुको
बीचमा राम्रो सम्बन्ध भयो भने त्यसले नेपाललाई स्वाधीन बनाउन, नेपाललाई स्वतन्त्र बनाउन, नेपाली जनताको भाग्य फर्कनको निम्ति केही
भूमिका राम्रो खेल्न सकिन्छ भन्ने हामी ठान्दै थियौं ।
आदरणीय
जनसमुदाय, अर्को
ठूलो इतिहासको ट्रयाजिटी, त्यही
तीन गते नै मदन भण्डारीको हत्या भयो । त्यो दिन चैत्र ११ गते कहिल्यै पनि आएन ।
अहिले हाम्रो पार्टीको राष्ट्रिय स्वाधीनता र नागरकि सर्वोच्चताको कुरा गरेको छ ।
तपाईहरु सबैलाई थाहा छ, हामी
एउटा बडो सम्वेदनशील शान्ति प्रक्रियामा छौं । शान्ति प्रक्रियामा हामी प्रवेश
गरेका छौं र त्यसलाई छिटै हामीले टुङ्ग्याउनु पर्नेछ । हामी संविधानसभामा छौं, हामीले संविधानसभाबाट संविधान लेख्नुछ । तर
कालो बादल मडारएिको छ आकाशमा,
संविधानसभा
विघटन गर्ने षड्यन्त्र भएको छ । शान्ति प्रक्रिया तोड्ने षड्यन्त्र हुँ दैछ, नेपाली नेपालीलाई फेर िएकचोटी लडाउने र
नेपाली नेपाली जुधाएर यो राष्ट्रलाई समाप्त पार्ने भयानक षड्यन्त्र हुँदैछ । हामी
गम्भीर हुने या नहुने - आदरणीय जनसमुदाय,
एकीकृत
नेकपा माओवादी सम्पूर्ण नेपाली जनतालाई लिएर यो राष्ट्रलाई स्वतन्त्र बनाउने, अर्धऔपनिवेशबाट मुक्त गर्ने, नेपाली जनतालाई सामन्ती उत्पीडनबाट मुक्त
गर्नको निम्ति लड्ने पार्टीपर्यो । यो देखिसकेपछि देशभित्रका र देशबाहिरका सबै
प्रतिक्रियावादीहरु त्यो सुगौली सन्धिका हिमायतिहरुलाई पचेन । टनकपुर सन्धि गर्ने
राष्ट्रघातीहरुलाई पचेन । नेपालको आर्थिक सामाजिक सांस्कृतिक हरेक क्षेत्रमा हैकम
जमाउन चाहने विदेशी तागतहरुलाई पनि पचेन र पचिराखेको छैन । यो माओवादी पार्टीलाई
के गरी कमजोर पार्नेहो एउटा ठूलो षड्यन्त्र डिजाइन, ठूला
शक्ति केन्द्र, नेपालभित्रबाट
होइन आदरणीय जनसमुदाय, ठूल्ठूला
शक्तिहरु, अंग्रेज
गए पनि हिन्दुस्थानमा अंग्रेजी मानसिकता गएन । उनीहरुले माओवादीलाई पनि अरु
पार्टीजस्तै आत्मर्समर्पण गरोस्,
अरुले
जस्तै डिक्टेसनलाई मानोस्, रिमोटकन्ट्रोलबाट
चलोस् भन्ने चाहे । मैले त्यसो गरनि, माओवादी
पार्टीले त्यसो गरेन र त्यसो गर्न तयार भएन ।
मैले
विगतमा सरकारबाट राजीनामा दिनुपर्ने अवस् था सिर्जना भयो । किनकी नेपाल राष्ट्र र
नेपाली जनता प्रधानमन्त्रीको कुर्चीभन्दा धेरै ठूलो ठानेर तपाईहरुको काखमा आउने
कुरा मैले ठूलो ठाने । कुर्शीको निम्ति यदि मैले अलिकति झुक्न चाहेको भए, आदरणीय जनसमुदाय, आज म तपाईहरुको अगाडि बडो इमान्दारीताका साथ
भन्छु म बाँचुञ्जेल प्रधानमन्त्री पाएको थिएँ । बाँचुञ्जेल प्रधानमन्त्रीको अफर
त्यागेर यो राष्ट्र स्वतन्त्र हुन जरुरी छ । यो देशका जनता आत्मसम्मानका साथ आफ्नो
प्राकृतिक साधन स्रोतलाई त्यसको मालिक आफैं बन्ने गरी नेपालको विकास गर्ने कुरा
ठूलो हो, प्रधानमन्त्रीको
कुर्शीठूलो होइन । त्यो मैले छोडें म तपाईंहरुसंग छु अहिले । म तपाईंहरुसंग कुरा
गररिाखेको छु
अब
अहिले हामी राष्ट्रिय स्वाधीनताको निम्ति हामीले सभा गर्दैछौं । हामीले भारतलाई
उत्तेजित पार्न चाहेका पनि छैनौं । हामीले भारतसंग लर्डाईं गर्न खोजेका पनि अहिले
होइनौं । हामीले इतिहासका असमान सन्धि सम्झौता अहिले बदल्न खोजेकै हौ । हामी
नेपालीलाई अपमानित गर्ने सन्धि सम्झौता जुन छन् तिनलाई बदल्न खोजेकै हो । सीमानामा
५४ ठाउँमा हाम्रा गम्भीर समस्याहरु छन् । हजारौं हेक्टर जमिनको समस्या छ । हाम्रो
व्यापार पारवाहनमा असन्तुलन छ र खरबौँको समस्या छ । हाम्रो आर्थिक विकासमा हाम्रो
जलस्रोत, हाम्रो
साधन स्रोतको सदुपयोगमा हामी ठगिएका छौं । हामी गण्डकमा,कोशीमा, महाकालीमा
ठगिएका छौं । हामी अब ठगिन चाहँदैनौं र भारतसंग हामी समानताको सम्बन्ध चाहन्छौँ ।
हामी अब २१ औं शताब्दीको भारतीय जनता र २१ औं शताब्दीका गणतान्त्रिक नेपाली जनताको
बीचमा सुमधुर सम्बन्ध होस्, भारत
र नेपालको बीचमा पनि बराबरीको सम्बन्ध होस्, ठूलो
दाइ र सानो भाइ जस् तोको
व्यवहार नहोस्, हामीले
यो चाहेका छौं । आदरणीय जनसमुदाय,
हामीले
चाहेको यत्ति हो । हामी हाम्रोलाई हाम्रो मात्र भनेका छौं, हामी अर्काकोलाई हाम्रो भनेका छैनौं । हामी
हाम्रो लाई हाम्रो अधिकारलाई हाम्रो अधिकारको रुपमा स्थापित गर्न चाहन्छौँ । हामी
त्यो भन्दा बढी केही चाहेका छैनौं । हामीलाई भारतको एक इन्च जमिन चाहिएको छैन ।
हामी नेपालको एक इन्च जमिन पनि छोड्न तयार छैनौं ।
अहिले
माओवादी दश वर्षजनयुद्ध लडेको छ । सारा संसार हामीलाई सिध्याउन लाग्दा पनि हामी
सिद्धिएनौं, बरु
यहाँ आएर अहिले देशको सबभन्दा ठूलो पार्टी दिएका छौं । नेपाली जनता जरुरी पर्यो
भने छापामार युद्ध लड्न मेची देखि महाकालीसम्म तालिम प्राप्त भइसकेका छन् । सजिलो
छैन कसैलाई पनि माओवादीलाई सिध्याउन । अर्को बडो मजाक, अस्ति तपाईहरुले सुन्नुभयो । अहिलेका
प्रधानमन्त्रीले लिट्टे बनाउने भने तपाईहरुले सुन्नु भएको छ नि लिट्टे हुन्छ अरे, विचार गर्नु होला । एउटा उखान छ नि 'खुट्टी देखेरै चिनियो' खुट्टी देखेर भनेको सानो खुट्टा देखेर थाहा
पाइयो । माधव नेपालले लिट्टे बनाउने - के ठानेका छन् उनले -
प्रजातन्त्र
भनेको, लोकतन्त्र
भनेको निर्वाचन हो । निर्वाचनमा जसले जित्छ, सरकार
त्यसैले बनाउँछ, राज्य
त्यसैले चलाउँछ, यो
संसारभरीको नियम हो । तर अहिले हाम्रो के भएको छ त - जसले सरकार चलाएको छ, ती सबै चुनावबाट हारेका छन् । प्रत्येक
नेपालीले सोचौं अब, अब
हामी एक ढिक्का भएर बस्यौं भने सजिलै शान्ति प्रक्रिया पनि निस्कर्षमा पुग्छ, संविधान पनि बन्छ, सीमा समस् या पनि हल हुन्छ,। म अब नेपाली सेनाका सम्पूर्ण अफिसर र
जवानलाई पनि तपाईहरु यो राष्ट्रमा जन्मिनु भएको छ । नेपाल आमाले नै तपाईलाई
हुर्काएको हो । अहिले तपाईहरुले तालिम भारत गएर लिनुहुन्छ । पैसा भारतबाटै आउँछ
होला तपाईहरुलाई, गाडी
भारतबाटै आउँछ होला । तपाईहरुले बोकेको बन्दुक उतैबाट आउँछ होला । तर तपाई त्यो
बन्दुक दिनेप्रति बफादार हुने हो कि आफूलाई जन्म दिएर हुर्काउने आमाप्रति बफादार
हुने हो, सोच्नुस्
। सबै सशस् त्र
प्रहरी, जनपद
प्रहरीका सबै अफिसर र जवानहरुले पनि को प्रति हो बफादार हुने - आफ्नो आमाप्रति या
तपाईंहरुलाई कपडा या पैसा दिनेप्रति । पैसा त हामीसंग कति छन् कति - पैसा त यहीँ
पैसै पैसा छ हामीसंग । त्यसकारण एकचोटी हामी सबैले सोच्नु पर्ने बेला आएको छ ।
(अध्यक्ष क. प्रचण्डले २०६६
पुस २७ गते महेन्द्रनगरमा गर्नुभएको सम्बोधनको सम्पादित अंश । )
साभार
लालक्षकबाट
No comments:
Post a Comment