म
सातआठ बर्षको थिए हाम्रो घरको आर्थिक अवस्था असाध्यै कमजोर भएकाले बा नोकरी गर्न
भारत जानु भएको थियो । बाले भारत गएर पैसा नकमाउने हो भनें हाम्रो बर्षभरी खान
नपुग्ने अवस्था थियो । ढिकुरपोखरीको नाउँडाँडामा हाम्रो घर नजिकै मामाको घर थियो ।
मामा घरमा मामाहरुले मलाई घरमै क ख सिकाए । मैले पढ्न स्कूलमा सिकेको होइन ।
खरीपाटी लिएर क ख पढ्न र लेख्न सिकियो । त्यस समयमा विहान चाडै उठ्यो नुहायो अनि
पढ्न बस्यो । चलन नै त्यस्तो थियो त्यतिबेला । घरको आर्थिक अवस्था कमजोर भएका कारण
मैले घरमै अक्षर सिकें ।
ढिकुरपोखरीमा
नै आठ बर्षको लाग्दा मैले सबै अक्षर लेख्ने चिन्ने भएको थिएँ । अक्षर पढ्दा र
लेख्दा त मलाई त्यति अप्ठुरो भएको थिएन तर अंक सिक्दा निकै समस्या भएको थियो । अरु
अंकमा पनि होइन ३ र ६ मा हो । मलाई ३ र ६ चिन्न निकै अप्ठुरो पर्यो । ३ कतापट्टि
फर्कन्छ र ६ कतापट्टि फर्कन्छ भनेर चिन्न मलाई एक बर्ष लाग्यो । मलाई ३ र ६ छुटुउन
निकै मुश्किल भएको थियो ।२०१९ सालको माघ महिनामा ढिकुरपोखरीबाट पैदल आठ दिन हिडेर
चितवन झर्यौं । त्यो बेला म आठ बर्ष मात्र लागेको थिएँ । कास्कीबाट चितवन पुग्दा
पहिला हामी पटिहानीको गंगानगर पुग्यौं । त्यहाँ हाम्रो काकाको घर थियो । एक महिना
जति हामी काकाको घरमा बस्यौं । बाले शिवनगरमा जग्गा किन्नु भयो । चितवन गएको एक
महिना पछि हामी आफ्नै घर शिवनगरको हनुमाननगर गयौं ।
चितवनमा
जाने बित्तिक्कै म स्कूलमा भर्ना हुन पाइन् । चितवन गएको दुई बर्षसम्म खेत खन्नु
पर्ने भैसी हेर्नुपर्ने भयो । जमिन खेतीयोग्य भएपछि मात्र म स्कूल जान थालें ।
शिवनगरको अहिले गाविस भएको ठाउँको नजिकै एउटा सानो छाप्रो थियो । त्यसै छाप्रोमा
प्राथमिक विद्यालय चलाइएको थियो । त्यसै प्राथमिक विद्यालयमा म भर्ना भएँ । तर
घरमा दुई बर्ष बस्दा पनि सामान्य वर्णमाला ल्याएर पढ्ने अंक जोड घटाउ गर्ने
गर्दथें । जुन दिन म स्कूलमा भर्ना हुन गएँ त्यस दिन त्यसै स्कूलका हेडसर बोधराज
भण्डारीले मलाई \\\'यसले
पढ्न जानेको छ कि छैन\\\' भनेर
एउटा किताव पढ्न दिनुभयो । मैले त्यो किताव खर्रर्रर्र पढिदिएँ ।
अनि
वहाँले \\\'यसले
त पढ्न जानेको रहेछ\\\' भनेंर
एकैचोटी तीन क्लासमा भर्ना गरिदिनु भयो । त्यसै दिनदेखि म स्कूल पढ्न जान थालें ।
तर शिशु एक दुई कक्षा नपढीकन एकैचोटी तीनमा भर्ना भएँ । भर्ना त भइयो । तर के के
विषय पढ्नु पर्छ भन्ने थाहा थिएन । केही मेसोमेलो भएन । त्यहाँ त तीन चार वटा
किताव पढ्नु पर्दोरहेछ । नेपाली साहित्य हिसाव यस्तै के के हुन् सबै थाहा नहुने ।
म भर्ना पनि त्यही माघ वा फागुनमा भएको थिएँ ।
जेठमा
त अर्धबार्षिक परीक्षा भैहाल्यो । अर्धबार्षिक परीक्षा दिँदा त मलाई जाँच दिने
भनेको के हो त्यसको केही मेसो थिएन । नेपाली साहित्यको प्रश्नहरुका उत्तर मलाई आएन
। त्यसबेला हामीसँग पढ्ने साथीहरुले प्रश्नपत्रको टोपी बनाएर लगाउने गर्दथे ।
प्रश्नको उत्तर लेख्न नसकेपछि नेपाली साहित्यको प्रश्न पत्र टोपी भित्र हालेर
घरतिर िहंडें । घर गएँ । त्यस समयमा अर्धबार्षिक परीक्षा भएपनि त्यसको परीक्षाफल
गाउँका सबै जुटाएर सुनाउने चलन थियो ।
शिक्षकले
सबैका सामुन्ने फलानो पास फलानो फेल भन्दथे । शिक्षकले मेरो नाम लिएर छविलाल त फेल
भनेर सुनाए । त्यो घटना मलाई अहिले पनि सम्झना छ । परीक्षाफल सुनाउँदा खेरी मेरो
बा पनि आफ्नो छोरो फेल हुन्छ कि पास हुन्छ भनेर सुन्न उभिनु भएको थियो । म फेल
भनेपछि बाको अनुहार अमिलो भयो । त्यो दिन मलाई टाउको पनि दुखेको थियो । म खुरुखुरु
घर गएँ । बाको अमिलो अनुहार देखेपछि मलाई पनि नरमाइलो लाग्यो । म फेल भएको बाले
बडो पीर मान्नु भयो । म त फेल भएँ । अरु पास भए । पास भएकाहरु खुशी भए । त्यसपछि
मलाई ठूलो चोट पर्यो । त्यही चोटले मैले अलि ध्यान दिएर मेहेनत गरी पढ्न थालें ।
मंसीरको बार्षिक परीक्षा पछि फेरी त्यसै गरी परीक्षा फल सुनाए । त्यसबेलामा त मलाई
पास भनेर सुनाए । औपचारिक विद्यालय शिक्षाको बारेमा मेरो पहिलो अनुभव त्यही थियो ।
चार
कक्षामा म थर्ड भएँ । पाँचमा सेकेण्ड भएँ । अब त म छिट्छिटो टप्न थालिहालें । पाँच
कक्षाबाट एकैचोटी सातमा गएँ । यसरी मैले कक्षा एक र दुई पनि पढ्न परेन् र छ कक्षा
पनि पढ्नै परेन । सातमा पनि राम्रो गरें । आठमा पनि राम्रो गरें । दशमा त म
स्कूलको फस्ट भएँ । त्यसैगरी एसएलसी दिएँ ।म स्कूल पढ्दा घरको पूरै काम
गर्नुपर्दथ्यो । चितवन गएपछि पनि दुई बर्ष स्कूल जान नपाएको पनि घरको काम गर्नु
पर्ने भएकाले हो । सानो छँदा भैंसी हेर्नुपर्ने भएकाले स्कूल जान पाइएन । हाईस्कूल
पढ्न थालेपछि त घरको सबै काम गर्नु पर्दथ्यो । बारी खन्ने जोत्ने भारी बोक्ने खाना
पकाउने काम गर्नु पर्दथ्यो । अलि ठूलो भएर काम गर्ने भएपछि त मैले खन्ने काम धेरै
गर्नुपर्दथ्यो । बिहान र साँझ जमेर काम गर्नु पर्दथ्यो ।
खेलमा
मलाई फूटबल मन पर्दथ्यो । हाइस्कूल स्तरको म्याचमा टीममा गएर फूटबल खेल्थें ।
भलिवल पनि सामान्यरुपले खेल्दथें । भलिवल चाँहि ग्य्राजुयट गरेर शिक्षक भएपछि
खेलें । पहिला म फूटबल बढी खेल्दथें । ब्याडमिन्टन पनि खेल्दथें । कलेजमा टेवुल
टेनिस पनि खेल्दथें । प्रायः सबै खेलहरु खेल्दथें । तर फूटबल मलाई मनपर्ने र रुची
लाग्ने खेल हो ।मलाई पढ्ने बेलामा गणित र विज्ञान नै बढी मन पर्दथ्यो । गणित र
विज्ञानमा मेरो राम्रो पनि हुन्थ्यो । त्यसो त मलाई इंग्लिस पनि मन पर्दथ्यो ।
त्यतिबेलाको इंग्लिस साहित्यको कोर्स निकै स्टुण्डर्ड थियो भन्ने लाग्दछ । त्यसमा
भएका प्रोज पोइट्री कथाहरु ज्यादै गम्भीर प्रकृतिका हुन्थे । मलाई इंिग्लसमा रुची
नै थियो । तरपनि मनपर्ने र धेरै नम्बर आउने हिसाब र विज्ञान नै हून्थ्यो ।
पढ्दाखेरि
म कहिल्यै घोक्दैनथें । कमै घोक्दथें । बुझ्नेतिर नै बढी कोशिस गर्दथें । हिसाबमा
मेरो तरिका भनेको बढी प्य्राक्टिस् नै हो । जति प्य्राक्टिस् गर् यो
त्यति सजिलो लाग्दथ्यो । जति प्य्राक्टिस् गर्यो त्यत्ति नै इन्ट्रेस्ट लाग्दै
जाने जति प्य्राक्टिस् गर्दै गयो त्यत्तिनै इन्ट्रेस्ट बढ्दै जाने हुन्थ्यो ।
साइडबाट पनि बुझ्ने कोशिस गर्दथें । विज्ञानमा बस्तुगत कुराहरु हुने भएकाले यो
विज्ञानको युग हो यो दुनियाँ के हो भनेर बुझ्ने विषयसँग समबन्धित भएकाले विज्ञानमा
रुची जागेर आउँथ्यो ।
एसएलसी
पास गरिसकेपछि पनि हाम्रो घरको आर्थिक अवस्था राम्रो थिएन । हुन त चितवनमा दुई
विगाह दश कठ्ठा जग्गा हुनु भनेको धेरै नै हो । तर हाम्रो परिवार ठूलो थियो । छ जना
बहिनी दुई जना दाजु भाई र आमा बा गर्दा दश जनाको परिवार भएकाले त्यो जमिनको
उब्जनीले खान लगाउनका लागि त्यत्ति राम्रोसँग पुग्दैनथ्यो ।एसएलसी मैले राम्रो अंक
ल्याएर पास गरें । पहिलेदेखि विज्ञानप्रति रुची भएकाले मलाई आईएस्सी। पढ्ने इच्छा
थियो । तर घरमा पढ्नका लागि चाहिने पैसा थिएन । त्यत्तिनै बेला हाम्रो बा यहाँको
जग्गाले खान लाउन नपुग्ने भएर बर्दिया जानु भएको थियो । वहाँले बर्दियामा झुप्रो
बनाएर बस्नु भएको थियो । मैले एसएलसी पास गर्दा बा चार महिनादेखि बर्दियाको
ताराताल हो वा त्यता कतै झुप्रो बनाएर बस्नु भएको थियो ।
वहाँको
इच्छा चितवनको जग्गा बेचेर बर्दियामा बस्ने थियो । तर मेरो भनें जसरी भएपनि आइस्सी
पढ्ने इच्छा थियो । आमाले बा नभएको बेलामा गंगानगर पटिहानी शिवनगरका हाम्रा
नातागोताहरुबाट कसैसँग पचास कसैसँग सय रुपियाँ मागेर चार सय रुपियाँ जम्मा गरी
मलाई काठमाडौं पढ्न जान भनेर दिनु भयो । त्यहि पैसा लिएर म काठमाडौं आइएस्सी भर्ना
हुन आएँ । तर आउन ढिलो भएको हुनाले राम्रो भनी चिनिएको अमृत साइन्स क्याम्पसमा
भर्ना सिद्धिसकेको रहेछ । मैले त्रिचन्द्रमा र पाटनमा फर्म लगाएँ । मलाई
हाइस्कूलमा पढाउने शिक्षकको घर ललितपुरमा भएकाले वहाँले ललितपुरमा नै पढ म सहयोग
गरिदिन्छु भनेकाले म पाटन कयाम्पसमा भर्ना भएँ ।स्कूल पढ्दा म आठमा र नौमा मनिटर
पनि भएँ । तर त्यसबेलामा मलाई नेता हुने खासै चाहाना थिएन । म असाध्यै लजालु
स्वभावको थिएँ । त्यसबेला मलाई कसैको अगाडि बोल्न पनि अप्ठुरो लाग्दथ्यो । मेरो
ध्यान पढ्नमा मात्र जान्थ्यो । म स्कूलमा एकदमै अनुशासित र इमान्दार विद्यार्थीको
रुपमा चिनिन्थ्यें ।
म
नारायणी विद्यामन्दिर माध्यमिक विद्यालय शिवनगरमा दश कक्षामा पढ्दा खेरि अलिअलि
राजनीति शुरु भएको थियो । स्कूलमा काँग्रेस र कम्युनिष्टको झगडातगडा हुने गथ्र्यो
। मैले पढ्ने गरेको शिवनगर स्कूलमा नहरमुनि र नहरमाथि भन्ने विवाद भैराख्थ्यो ।
नहरमाथि काँग्रेसको धेरै प्रभुत्व थियो भनें नहरमुनी कम्युनिष्टहरुको । मेरो घर
नहर मुन्तीर पर्दथ्यो । मलाई पढाउने एक जना शिक्षक जो मेरो नाता पनि पर्नुहुन्छ
चन्द्रराज भुत्र्याल वहाँको कम्युनिष्टतिर सहानुभुति रहेछ ।म हाईस्कूल पढ्दाका
बारेमा मेरा हेडसरहरुले जति पनि भन्नु भएको छ ती सही नै छन् । अहिले मेरा बारेमा
राजकृष्ण कंडेल सरको अन्तरवार्ता पत्रिकामा आएको छ । ती मुलतः सही हुन् । अर्को
पनि हेडसर जसले मलाई काठमाडौं आइएस्सी पढ्न ल्याउनु भयो वहाँको पनि पत्रिकामा
इन्टभ्यू आएको छ वहाँ अहिले नवलपरासीमा हेडसर हुनुहुन्छ चन्द्रराज भुत्र्याल ।
शिवनगर
हाइस्कूलमा पढाउने तर ललितपुरमा घर भएको सरको नाम नन्दप्रसाद हो । मेरो विज्ञानमा
रुची भएकाले आइएस्सी पढ्दा खेरी मेरो ईाजनियर र पाइलट त्यसमा पनि पाइलोट बन्ने
इच्छा थियो । आकाशमा जहाज उडाउने भनेपछि त्यतातिर बढी चाहाना बढेको थियो । पाइलोट
भइएन भनें ईाजनियर हुने मेरो चाहाना थियो । ईाजनियर मेरो दोस्रो प्राथमिकतामा
परेको थियो ।मलाई पढाउने चन्द्रराज भुत ्र्याल सरको भाई पुष्पराज भुत्र्याल मसँग
पढ्नु हुन्थ्यो । अहिले पुष्पराज खुमलटारको कृषिमा काम गर्नुहुन्छ । एक दिनको कुरा
हो वहाँहरुले मलाई माओत्सेतुङको फोटो देखाउनु भयो । वहाँहरुले माओलाई चीनको
कम्युनिष्ट पार्टीको ठूलो नेता भनेर पनि चिनाउनु भयो । त्यसबेला सचित्र चीन भन्ने
पत्रिका आउँथ्यो । वहाँहरुले त्यही सचित्र चीनको बाहिरी पृष्ठमा भएको माओको ठूलो
रंगिन फोटो देखाउनु भएको थियो । माओको फोटो मैले पहिलो पटक त्यहीं देखेको हुँ ।
वहाँहरुले माओका सम्बन्धमा धेरै कुरा गर्नु भयो । माओले धनि र गरीव बराबर बनाउने
अरे । माओले चीनमा ठूलो क्रान्ति गर्नुभयो अरे ।
यस्तैयस्तै
प्रसँगहरु वहाँहरुले सुनाइ रहँदा पन्ध्र बर्षको एउटा केटो म मेरो दिमागमा कस्तो
कस्तो रोमाञ्चकारी प्रभाव पर्यो । देशमा धनी र गरीब कोही पनि नहुने अरे ।
माओत्सेतुङ ठूलो नेता अरे मेरो दिमागमा यी कुराहरुको गहिरो छाप परेको म अहिले पनि
सम्झिन्छु । मैले पहिलो पटक माओत्सेतुङ र कम्युनिष्ट बारेमा त्यसैबेला थाहा पाएँ र
सुनें पनि । मेरो दिमागमा पनि पर् यो हाम्रो बाआमा पनि धेरै गरीव छन् धेरै दुःख
गर्छन् जति दुख गरेपनि खान लाउन पुग्दैन । त्यसैले धनी र गरीव नहुने भन्ने कुराले
स्वतः मलाई भावनात्मक आकर्षण गरेको थियो । नहरमाथि र मुनि भएकाले काँग्रेस र
कम्युनिष्ट भनेर विभाजित हुनु माओत्सेतुङका बारेमा सुन्नु र घरको अवस्था पनि नाजुक
हुनु आदिले मलाई कम्युनिष्टप्रति झुकाव राख्ने भौतिक परिवेश बनाइ थियो ।
मान्छेले
म यस्तो हुन्छु भनेर कहाँ हुन्छ र ! मेरो घरको आडैमा एकजना धनबहादुर विश्वकर्माको
घर थियो । म धनबहादुर विश्वकर्मालाई म साह्रै मन पराउँथें । पछि थाहा पाएँ
धनबहादुर विश्वकर्मा पनि कम्युनिष्ट हुनुहुँदो रहेछ । मैले एसएलसी दिँदासम्म
कम्युनिष्ट काँग्रेस विद्यार्थी भन्ने त चर्चा हुन्थ्यो । तर अखिल नेविसंघ भन्ने
थिएन ।आइएस्सी पढ्न पाटन क्याम्पस आएपछि क्याम्पसको राजनीतिले मलाई छोयो । मैले
पढ्ने क्याम्पसमा प्रगतिशीलहरुको प्रभाव रहेछ । म ती विद्यार्थीहरुसित जोडिन पुगे
। आइएस्सी पहिलो बर्ष पढ्दा म घर गएको बेलामा धनबहादुर विश्वकर्माले मलाई तपाइँ
कम्युनिष्ट हुनु पर् यो
भन्नु भयो । मैले ल म तयार छु भनें ।
रुपलाल
विश्वकर्मा त्यसबेलामा पुष्पलालको समूहमा थिए । तिनै रुपलाल भएको ठाउँमा एक दिन
राती धनबहादुरले मलाई लिएर जानु भयो । राती दश बजे खानासाना खाएर हामी अर्को
गाउँमा गयौं । त्यो बेला भूमिगत जानु पर्छ भन्ने थियो । त्यही गाउँमा रुपलालसँग
मेरो भेट भयो । त्यसैबेला रुपलालले पहिलो चोटी मलाई पार्टी सदस्यता दिए । त्यो
२०२८ सालको कुरा हो ।हाम्रो पालामा दश कक्षामा फाराम भर्ने बेलामा नाम परिवर्तन
गर्न चाहानेले परिवर्तन गर्न पाइन्थ्यो । मलाई किनकिन छविलाल भन्दापनि अर्को नाम
राख्न पाए हुन्थ्यो भन्ने लागि रहेको थियो । फाराम भर्ने बेलामा नाम फेर्छु भन्ने
लागेको थियो । मप्रति हेडसरदेखि सबै सरहरुले निकै चासो पनि दिन्थे । म हेडसर
राजकृष्ण कंडेल कै कोठामा बसेर मेरो नामको बारे छलफल भयो । त्यहाँ राजकृष्ण कंडेल
सरले पन्ध्र बीसवटा नामको एउटा लिष्ट नै बनाउनु भयो । त्यो लिष्टमा कमलराज
कमलप्रसाद कमलहरी आदि इत्यादि थुप्रै आए । अन्तमा मेरो नाम पुष्पमा गएर अडियो ।
पुष्पै राख्ने त ल भन्ने त भयो । तर पुष्पराज राख्ने कि पुष्पप्रसाद राख्ने कि
अथवा पुष्प मात्र राख्ने भन्ने भयो ।
चन्द्रराज
भुत्र्याल पनि त्यहाँ नै पढाउनु हुन्थ्यो । चन्द्रराज भुत्र्याल सरले चाँहि कमल
जोड्ने सल्लाह थिएपछि पुष्पकमल भयो । यो ठीक छ भनेर मैले हुन्छ भनें । पुष्प
भुत्र्याल पनि त्यहि पढ्नु हुन्थ्यो । पुष्प भुत्र्यालको नाम पहिले बच्चैदेखि
पुष्प भुत्र्याल नै थियो । पुष्पविमल चाँहि मैले पुष्पकमल राखेपछि त्यसबाट
प्रभावित भएर राख्नु भएको हो । वहाँको पहिलाको नाम ढकराज भण्डारी थियो । नेपालको
कम्युनिष्ट आन्दोलन विभिन्न खाले गुट उपगुट र संशोधनवादमा फसेको थियो । तिनीहरुका
विरुद्ध लड्नका लागि माक्स्रवादको गहिरो गरी अधययन गर्नुपर्यो भनेर हामीले चितवनमा
अध्ययन समूह बनायौं । त्यो अध्ययन समूहमा उस्तैउस्तै उमेरका म बादलजी मित्रराज
दवाडी खेम भण्डारी र पुष्प भुत्र्याल जस्ता युवाहरुको बीचमा अध्ययन समूह बनायौं ।
हामी सबैले नारायणीको तिरमा गएर माक्स्रवादलाई गम्भीर ढंगले अध्ययन गर्ने
प्रतिबद्धता प्रतिज्ञा गर्यौं ।हप्ताहप्ता दिनमा जसले जे अध्ययन गरेको छ त्यो
विषयमा सबैलाई बताउनु पर्ने अध्ययन गरेकोमा प्रश्न उत्तर हुने र छलफल हुने र
अध्ययनलाई तिखार्ने भन्ने पद्धति बनायौं । म पुष्पलाल समूहको पार्टी सदस्य
भैसकेकेा थिएँ । पुष्पलाल समूह फुटेपछि मेरो त्यो प्रकि्रया छुटुे । त्यसपछि म चौथो
महाधिवेशनको सम्पर्कमा गएँ ।
हाम्रो
पार्टीमा म आफै र हाम्रा धेरै साथीहरु कडा अध्ययन गरेर आउनु भएको छ । बोर्ड फस्ट
भएको कमरेड बाबुराम हामीसँग हुनुहुन्छ । संस्कृति विज्ञान अंग्रेजीसम्म अध्ययन
गर्ने मोहन वैद्यकिरण विभिन्न विषयमा दक्षता हाँसिल गर्ने साथीहरु पनि हामीहरुसँग
हुनुहुन्छ । यी सबै कुराले हामीले पढाइलाई कसरी हेर्छौ त भन्ने कुरा स्पष्ट गर्छ ।
मेरो आफ्नो कुरा मात्र नभएर हाम्रो पार्टीको धारणा के भनें अबका दिनमा विद्यार्थी
साथीहरुले अथवा सबै बालबालिकाहरुले पढाइलाई जीवनसँग जोडेर जनतासँग जोडेर र देशको
हितसँग जोडेर हेर्न सिकुन् भन्ने छ ।
सानै
उमेरबाट पढ्दाखेरी त्यसलाई जीवनपयोगी कसरी बनाउने जनतासँग कसरी जोड्ने राष्ट्रको
माया कसरी गर्ने भन्नेसँग जोडेर पढुन् भन्ने हामी चाहान्छौं । पढाइलाई जसरी
पँजीवादीहरुले यान्त्रिक ढंगले खाली जागिर खानको निम्ति मात्र पढ्ने बनाएका छन् ।
समाजको सेवा गर्नको निम्ति पढ्ने हो संसार बदल्नको निम्ति पढ्ने हो भन्ने हिसावले
पढुन् भन्ने पनि हामी चाहान्छौं । पुँजीपति सामन्त जालीफटाहहरुले यसरी सोच्दैनन् ।
पढ्नु भनेको जागिर खानु हो तलका गरीवहरुलाई दवाउनु हो शोषण गर्नु हो भन्या जस्तो
गरिकन पढाउने गर्दछन् । त्यस्तो नहोस् भन्ने पनि हामी चाहान्छौं । जसले जति पढ्छ
त्यसले त्यति व्यवहारसँग जोडोस् । त्यो कोरा कितावी मात्र नहोस् । व्यावहारिक
जीवनसँग पनि त्यो पढाइ जोडियोस् भन्ने म चाहान्छु । मैले आजका युवा विद्यार्थी
साथीहरु र बालबालिकालाई पनि जीवन उपयोगी समाज बदल्ने समाजको सेवा गर्ने शिक्षा
भनेर बुझुन भन्ने ठान्छु ।
अहिलेको
शिक्षा नीति भनेको असाध्यै यान्त्रिक खालको नोकरशाह तयार पार्ने खालको छ । यसलाई
आमुल परिवर्तन गर्नु पर्दछ । नयाँ बन्ने शिक्षा नीति अन्तर्गत जति मान्छेले पढ्यो
त्यतिले राष्ट्र र जनताको सेवा गर्ने भएर जाओस् । त्यत्तिनै समाजको प्रगति र
उत्थान गर्न समर्पित गरेर जाओस् । त्यस्तो शिक्षा नीति हामीलाई चाहिन्छ । त्यसकारण
राष्ट्र र जनताको सेवा गर्ने शिक्षा नीति हुनु पर्दछ ।
No comments:
Post a Comment