जनयुद्ध सुरु भएको १५ वर्ष पूरा भएर १६औं वर्ष प्रवेश गर्दैछ त्यसको प्रमुख नेतृत्वकर्ताको हैसियतले जनयुद्ध सुरुआतका दिनहरुलाई कसरी स्मरण गर्नुहुन्छ ?
जनयुद्धको ऐतिहासिक सुरुआतको दिन २०५२ फागुन १ नेपालको आधुनिक राजनीतिक इतिहासको असाध्यै महत्वूर्ण दिन हो । अहिले १६ वर्ष लाग्दैगर्दा इतिहासको रचना गर्ने एउटा संकल्प प्रतिबद्धता र नयाँ इतिहास रचना गर्नका निम्ति बलिदानका कीर्तिमानहरु कायम गर्ने एउटा प्रतिज्ञा यी सबैको स्मरण ताजा भएर आउँछ ।
त्यतिबेला हामीले जुन राजनीतिक पृष्ठभूमिमा जनयुद्धको तयारी गर्यौं । र जनयुद्धको पहलका निम्ति योजना बनायौं स्वभावैले त्यसको प्रमुख योजनाकार र नेतृत्वकर्ताका हैसियतले फागुन १ गते वा जनयुद्ध पहलको दिन सम्झँदा अहिलेका राजनीतिक परिवर्तनको पृष्ठभूमिलाई हजारौं महान् सहिदहरु जसले नयाँ संसार निर्माण गर्ने नयाँ जनवादी क्रान्ति पूरा गरी समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्ने महान् सपनाका निम्ति आफूलाई बलिदान गरे अनि हजारांै बेपत्ता योद्धाहरु हजारौं घाइतेहरु र लाखौं जनसमुदाय जसले जनयुद्धलाई यो उचाईसम्म ल्याउन योगदान गरे ती सबै प्रति श्रद्धााजली सम्मान र ताजा स्मरण गर्न चाहन्छु । अहिलेको राजनीतिक समस्या समाझान गर्नका निम्ति पनि जनयुद्ध दिवसले नयाँ ऊर्जा र शक्ति प्राप्त हुन्छ ।
जनयृद्धको पहल गर्दैगर्दा त्यसले यो स्तरको सफलता हात पार्ला भन्ने अनुमान गर्नुभएको थियो ?
कुनै पनि कुराको ज्योतिषिले झैं भविष्यवाणी गर्न सकिने कुरा त भएन । तर नेपालको राजनीतिक शक्तिसन्तुलन वर्गिय शक्तिसन्तुलन अन्तर्राष्ट्रिय राजनीतिक परिघटना सबैलाई हेर्दा हामीले त्यतिबेला भनेका थियौं । नेपालको जनयुद्ध तीव्र गतिमा अगाडि जान्छ । यो मन्द गतिको हुँदैन । त्यो बहस हाम्रो केन्द्रीय समितिमा चलेको थियो । कसरी जाला त जनयुद्ध भन्ने थियो । एउटा विचार यस्तो पनि थियो । विस्तारैविस्तारै घटनाक्रम हेर्दै जाने पनि हुनसक्छ । तर अन्तिममा बहस गर्दैजादा हामीबीच के कुरामा एकमत कायम भएको थियो भने यो तीव्रगतिले नै जान्छ ।
यसको विजय अभियान पनि तीव्रगतिमा जान्छ र पराजय भयो भने पनि त्यो पनि तीव्रगतिमै हुन्छ भनेर हामीले भनेका थियौं । अहिले फर्केर सम्पूर्ण जनयुद्धको विकास प्रकि्रया हेर्दा हाम्रो त्यो निष्कर्ष सही सावित भयो र तीव्रगतिमा नै गयो जनयुद्धको विकासक्रम अन्यत्रको तुलनामा नेपालमा निकै तीव्रतामा गयो । जनयुद्धले जुन राजनीतिक परिवर्तन लिएर आयो सङ्घीयता गणतन्त्र धर्मनिरपेक्षता सामाजिक न्याय समावेशी समानुपातिक यी सबै कुराहरु जुन उचाइमा राजनीतिक परिवर्तन भए यो पनि तीव्रतामा नै भयो ।
त्यसकारण हामीले सोचेका सबै घटनाक्रमका घुम्ती मोडहरु मिले भन्ने त होइन । तर मूल ओरियन्टेस मूल धार हामीले सोचेका थियौं । त्यसले ठूलाठूला परिवर्तन लिएर आउँछ नेपालमा । त्यसका निम्ति हामीले बलिदानको कोटा त चुक्ता गर्नुपर्छ भनेर सोचेका थियौं । त्यही नै सिद्ध भयो ।
जनयुद्धमा तपाईंहरुले राख्नुभएको उद्देश्य यहाँसम्म आइपुग्दा कति पूरा भयो ?
जनयृद्धको उद्देश्य जनयुद्धको पहलको दिन जारी गरिएको पहिलो पर्चामै स्पस्ट उल्लेख थियो । त्यो पर्चाकॊ ड्राफ्ट म आफैंले गरेको थिएँ । त्यसमा के स्पष्ट उल्लेख गरिएको थियो भने नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापना गर्नु र पुरानो सत्तालाई ध्वंस नगरी वास्तविक रुपमा नेपाली जनताको मुक्ति सम्भव छैन । त्यस दृष्टिकोणले हेर्दा जनयुद्धको उद्देश्य अझै पूरा भएको छैन । जनयुद्ध भिन्न रुपमा जारी छ । अहिले हामी शन्तिप्रकि्रयामा छौं । यो पनि सङ्घर्षकै एउटा रुप हो । त्यसकारण यो जनयुद्धकै भिन्न रुप हो भनेर बुझ्नुपर्छ ।
मानिसले कतैकतै भन्छन्- जनयुद्ध सकियो । जनयुद्ध छैन भन्ने कुरा होइन । अहिले हामीले संविधानसभाभित्र जनताको संविधान बनाउनका निम्ति जारी राखेको सङ्घर्ष भनौं या जनता र राष्ट्रको आवश्यकताअनुसार शान्तिप्रकि्रयाका निम्ति सङ्घर्ष गर्नु पनि जनयुद्धकै भिन्न मोर्चा हो । प्रत्यक्ष फौजी खालको नभए पनि जनयुद्धको जगमा नै अहिलेको सङ्घर्ष खडा छ । जनयुद्धको उद्देश्य प्राप्तिकै निम्ति यो सङ्घर्ष जारी भनेर बुझ्नु जरुरी पर्यो भने बलिदानको कोटा अझै चुक्ता गर्नुपर्छ । यस पक्षमा मलाई लाग्छ सर्वहारा क्रान्तिकारीहरुमा कुनै भ्रम हुनुहुँदैन भन्ने म ठान्दछु ।
जनयुद्धको यो १५ वर्षे इतिहासमा तपाईं सबैभन्दा खुसी र सबैभन्दा दुःखित हुनुभएको क्षणलाई स्मरण गर्दा त्यो कुन-कुन हो ?
जयुद्धको ऐतिहासिक पहलको दिन मेरा लागि सबैभन्दा खुसीको दिन थियो । हामी त्यस दिन धेरै नै उद्वेलित र तरङ्गित भएका थियौं । एकातिर गर्वानुभूति भएको थियो भने अर्कोतिर घटनाक्रमको विकास कसरी हुँदैजाला भन्ने जिज्ञाशाहरु थिए । नयाँ इतिहास निर्माण गर्ने एउटा प्रतिज्ञासहित हामीले जसरी जनयुद्ध सुरु गर्यौं त्यही दिन नै सबैभन्दा स्मरणीय लाग्छ मलाई । त्यसपछिका पनि थुप्रै दिनहरु र क्षणहरु छन् । जसले हामीलाई असाध्यै गौरवान्वित बनायो । जस्तो किलो सेरा ुटु अपरेसन चलाएको थियो राज्यले हामीविरुद्ध । भर्खरै जनयुद्धमा प्रवेश गरेकाले हामीले कहीँ पनि फौजी रुपमा उल्लेख्य सफलता हासिल गर्न सकेका थिएनौं ।
प्रहरी चौकीमा पनि विजय हासिल गर्न नसकिराखेको अवस्था थियो । र दिनदिनै हाम्रा कमरेडहरुको बलिदानी भइराखेको अवस्था थियो । त्यो बेलामा मैले नै ुएसटिएफु बनाउन पर्यो । देशभरिका राम्रा कमरेडहरुको एउटा केन्द्रित शक्ति बनाउन पर्यो र एउटा राम्रॊ विजय हासिल गर्न पर्यो भनेर बनाइयो । र दाङ्को कोइलावास चौकी आक्रमण सफल हुँदाको दिनबाट किलो शेरा टु रुप फेरियो ।
सरकारको त्यो अभियान असफल हुन थाल्यो । त्यो अविस्मरणीय क्षण लाग्छ मलाई । दोस्रो हामी पहिलो शान्ति वार्तामा आएर सफल नभइसकेपछि मैले नै प्रत्यक्ष रुपमा दाङ् स्याङ्जा र सुलुको जिल्ला सदरमुकाम आक्रमण गरी त्यसलाई कब्जा गर्ने योजना निर्माण गरेको थिएँ । मुख्यतः दाङको सैनिक व्यारेक सफलतापूर्वक कब्जा भएपछि युद्धलाई गुणात्मक रुपमा माथि उठाउन सकिएको थियो । त्यो दिन पनि अस्वीमरणीय लाग्छ ।
दुःखको दिन भन्नुहुन्छ भने हाम्रा कमरेडहरु एकै ठाउँमा धेरैको सहादत हुँदा हाम्रा कमरेडमाथि नृशंस आपराधिक हत्या हुँदा । त्यसले विक्षिप्त बनाएका क्षणहरु थुप्रै छन् । त्यसै सन्दर्भमा दोस्रो वार्ताका क्रममा सामूहिक रुपमा दोरम्बामा जुन हत्याकाण्ड भयो त्यसले ममा विक्षिप्तता ल्याएको थियो । हाम्रो तत्कालीन वैकल्पिक पोलिटव्यूरो सदस्य कमरेड वासु सुरेश वाग्ले को हत्या भयो । उहाँ हाम्रो पार्टीको अत्यन्त सम्मानित इमान्दार क्रान्तिकारी र समर्पित व्यत्तित्व हुनुहुन्थ्यो । उहाँको सहादतले साह्रै विक्षिप्त बनायो ।
जनयुद्ध थालनीको अवस्थामा एकदुईवटा बन्दुक रहेको अवस्थादेखि अहिले झन्डै २० हजार जनसेना संयुक्त राष्ट्र संघले प्रमाणित गरेको अवस्थासम्म आइपुग्दा यहाँलाई कस्तो अनुभूति हुन्छ ?
विज्ञानको नियमलाई ठीक ढङ्गले आत्मसात गर्यो र त्यसलाई सिर्जनात्मक ढङ्गले विकास गर्ने साहस गर्यो भने नभएका कुरा प्राप्त गर्न सकिन्छ भन्ने प्रमाण हो यो । किन कि जयुद्धको तयारी गर्ने काम खासमा पाँचौं महाधिवेशनपछि भएको थियो । जतिबेला मोहनविक्रम िसंह र हामीसँगै थियांै । त्यो महाधिवेशनमा हामीले सशस्त्र सङ्घर्षको लाइन पारित गरायौं । त्यसलाई कार्यान्वयन गर्ने कि नगर्ने भन्ने विषयमा मोहनविक्रमसँग हाम्रो लामो सङ्घर्ष भयो । उनलाई हामीले कारबाही गरिसकेपछि हाम्रो ध्यान जनयुद्धको तयारीमा केन्द्रित गर्यौं । वैचारिक रुपमा जनयुद्ध सम्भव छ कि छैन भन्ने सैद्धान्तिक अध्ययन पनि गुणात्मक ढङ्गले बढायौं ।
व्यवहारिक रुपले नेपालको इतिहासको सन्दर्भमा जनयुद्ध टिक्ला भन्ने अध्ययन पनि हामीले त्यतिबेला नै गर्यौं । त्यसपछि फौजी दृष्टिले त्यसको तयारी क्रम पनि हामीले त्यतिबेला नै सुरु गर्यौं । वास्तवमा २०४२-०४३ सालबाट नै जनयुद्ध सुरु भएको थियो । मानिसहरु भन्ने गर्छन् जनयुद्धको तयारी २०५१-०५२ मा नै सुरु भयो भनेर तर त्यो होइन । २०४२-०४३ मा नै अब जनयुद्धमा जानुपर्छ भन्ने तयारी भएको थियो । सुरुमा फौजी ढङ्गले हामीलाई प्राप्त भएको एउटा पेस्तोल हो । एउटा सिक्सर पेस्तोल लेखराज भट्टले पाजावीहरुबाट प्राप्त गर्नुभएको रहेछ । हाम्रो झलकपाणी तिवारी हुनुहुन्छ पोखराका । उहाँले मलाई बुझाउनुभयो । त्यो नै हाम्रो पहिलो सशस्त्र गतिविधितिर जाने भनेर व्यवहारिक ढङ्गले हतियारसँग हामी जोडिएको पहिलो घटना हो ।
त्यसपछि हामीले तयारी पुग्दानपुग्दै हामीले केही फौजी तालिम पनि गर्यौं । पहिलो तालिम जो हामी नेताहरुले लियौं । त्यहाँ केही छानिएका कार्यकर्ता पनि हुनुहुन्थ्यो देशभरिका । गोरखाको सिरााचोकको जङ्गलमा हामीले २०४६ सालको आन्दोलनभन्दा पहिले १० दिनको सैन्य तालिम लियांै । त्यो नै हाम्रो पहिलो तालिम हो । अलि ठूलो हतियारको बारेमा मैले पहिला पनि भनेको छु । हाम्रो देव गुरुङले पत्ता लगाएर सायद त्यो मनाङमा खम्पा विद्रोहको समयको बेलाको हुनुपर्छ दुईवटा राइफल त्यसको तयारी गणेश गुरुङले गर्नुभएको थियो । त्यसलाई िनंगालोको घारीभित्र खेलाउने गरेका थियौं । २०४५ सालतिर हामीले त्यो थ्रीनटथ्री राइफल ल्यायौं ।
तालिम गर्ने क्रममा एउटा पूर्वको सिन्धुली र एउटा पश्चिम रोल्पातिर पठाइयो । रोल्पामा रहेकाले धेरै समय काम दियो । पूर्वतिर गएको केही समयमै बिगि्रयो । यसरी फौजी ढङ्गले हामी जोडियांै । एउटा राइफलले त्यो राज्यसत्तासँग लड्ने भन्ने कुरा विचित्र लाग्नसक्छ । तर पनि एउटा सही विचार छ सही नीति योजना छ र सही नेतृत्व छ भने त्यो चिज हुन सक्दोरहेछ भने मानिसहरुलाई लाग्न सक्दोरहेछ । मानिसहरुलाई बाहिरबाट हेर्दा चमत्कारैजस्तो पनि लाग्न सक्छ । १० वर्ष पुग्दानपुग्दै नेपालको राज्य र त्यतिबेलाको शाही सेनासँग भएको प्रायः सबै हतियार हामीसँग थियो हेलिकप्टरबाहेक । हेलिकप्टर बाहेकका सबै हतियार जम्मा गर्यौं हामीले ।
प्रत्येक मुडभेडमा विरोधीलाई पराजित नै गरिएको हो । उनीहरुको केही फोर्टिफिकेशन भने तोड्न सकेनौं जस्तो खारा । तर बाहिर उनीहरु र हाम्रो मुडभेड भयो भने जहाँ पनि हामीले पराजित गर्यौं । त्यसैगरी हेर्दा अहिले विशाल सेना छ । २० हजार सेना जो प्रमाणित भएको छ । त्यसको अलवा हामीले बनाएको सेना धेरै ठूलो थियो । हामीले जनमेलिसिया भनेर बनाएको सेना झण्डै एक लाखको हाराहारीमा सैनिक तालिम लिएकै मानिस थिए । १० वर्ष पुग्दानपुग्दै हामीले एक लाख पुर्यायौं । त्यसको साथै रेगुलर केन्द्रीय स्थानीय भनेर नामाकरण गरिएका सेना थिए ।
सङ्ख्याको कुरा गर्दा झण्डै एकलाख पुगेको थियो । त्यो आफैंमा क्रान्तिकारी तवरले कसरी विकास हुन्छ भन्ने प्रमाण हो । र एकाइसौं शताब्दीमा अन्यत्र जतासुकै क्रान्तिकारीहरु पराजित भएको परिस्थितिमा नेपालमा यो सफलता हासिल गर्नु विश्वभरिकै क्रान्तिकारीहरुको निम्ति गर्वको कुरा हो प्रेरणा र उत्साहको कुरा हो ।
यो गर्वको कुरा गरिरहँदा मानिसहरुले माओवादीले सेना विघटन गर्यो भनिरहेका छन् नि ?
यो कुरा मानिसहरुले वास्तविक सार नबुझेर भनिरहेका छन् । विशेष समितिलाई सेना बुझायो भनेर जुन शब्द प्रयोग भइरहेको छ । खासगरी शक्तिखोरको समारोहपछि जुन भनिरहेका छन् । मलाई लाग्छ यो बुझाई गलत छ । किन कि जनमुक्ति सेना विशेष समिति मातहतमा गएको अन्तरिम संविधान बनेपछि नै हो । शान्तिसम्झौता भएपछि गइहाल्या हो जब हामी क्यान्टोनमेन्टमा गयौं ।
क्यान्टोनमेन्ट बनाउने खर्च सबै राज्यले दियो । सम्झौतामा विशेष समिति बनाएर त्यस मातहत राख्ने भनियो । अन्तरिम संविधानको धारा १४६ मा विशेष समिति मातहतमा रहने भनियो र त्यहीअनुसार उसको रेखदेख र व्यवस्थापन सबै राज्यले गरिराख्य छ भने त्यो विशेष समिति मातहतमा उहिलेदेखि नै थियो नै । विशेष समिति नभए किन क्यान्टोनमेन्टम बसेको त । विशेष समिति मातहत नभए खानपिनलगायतका खर्च माओवादीले त दिएको छैन । अहिले माओवादी पार्टीले पालेको त छैन । यदि विशेष समिति मातहत नभएको भए माओवादीले पाल्नुपथ्र्यो । तर अहिले राज्यले पालनपोषण गरिरहेको छ ।
राज्यले के कारणले भरणपोषण र रेखदेख गर्योभन्दा विशेष समिति मातहतमा भएकाले हो । त्यसकारण अन्तरिम संविधान र शान्तिसम्झौता भएपछि गएकै हो । क्यान्टोनमेन्टमा त्यसैकारण गएको हो । अहिले गरिएको के हो भने माओवादी पार्टी शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ भन्ने कुरा अलि उचाईबाट समारोहमार्फत् व्यक्त गरेको मात्रै हो । त्यो दिनदेखि बुझायो भनिएको छ । त्यो बुझाएकै हैन । बुझाएको भन्ने शब्द प्रयोग गर्ने हो भने शान्तिसम्झौता भएको दिनदेखि नै बुझायो भन्नुपर्यो त्यो शब्द प्रयोग गरे भयो । नत्र समारोहले त्यसलाई फरक पारेको होइन । त्यसमाथि सोही समारोहकै दिन जनसेनाका कमान्डर पासाङले चेन अफ कमान्ड हाम्रै हुन्छ भनेर जो भन्नु भयो त्यही सही कुरा हो । समायोजन नहोउाजेल जनसेना आफ्नौ \'चेन अफ कमान्ड\' मा बसिराख्छ अनि बुझाएको भन्न मिल्छ ? त्यसकारण त्यो तर्क मिलिराखेको छैन ।
एकथरि भ्रममा छन् भने अर्काथरिले जानीबुझी कुनै माओवादीलाई बद्नाम गर्न त्यसो भनेका छन् । एमालेसँग सम्बन्धित घोर दक्षीणपन्थी तत्वहरुले कतिपय पत्रपत्रिकामा माओवादीले जनसेना बुझायो भनेर लेखेमा त्यो तिनीहरुको चिन्ता हो त ? केपी ओलीलाई केको चिन्ता ? के उसलाई चिन्ता भएर त्यसो भनेको हो त ? उसले जानीबुझी माओवादीलाई बद्नाम गर्ने र जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत त्यसो भनेको हो । त्यो सत्य होइन ।
अहिले माओवादी पार्टीमाथि जनयुद्धका बेला जनतासँग गरेका प्रतिबद्धताहरुबाट पछि हट्दै गएको भन्ने आरोप लाग्न थालेको छ नि के भन्नुहुन्छ ?
जनयुद्धका बेला हामीले उठाएका मूलभूत उद्देश्य र प्रतिबद्धताबाट हामी पछि हटेका छैनौं । लडाइँको मोर्चाका दृष्टिकोणले हामी नयाँ ठाउँमा अवश्य पनि छौं । यसकारण जसले हामीले मुद्दा छाड्यो भनेका छन् उनीहरुले पनि हाम्रो पार्टीले तिनै उद्देश्य प्राप्तिका निम्ति नै सङ्घर्षका सबै रुपहरु प्रयोग गर्दै विश्व परिवेश र देशभित्रको शक्तिसन्तुलनलाई पनि विचार गर्दै अगाडि बढेको छ भन्ने बुझेका छन् ।
इमान्दारितापूर्ण ढङ्गले हेर्यो भने जनयुद्धकालको समय र शान्तिप्रकि्रमा आएपछिको तुलना गर्ने हो भने पार्टी एकढङ्गले विशाल भएको छ र जनविद्रोहतिर जाने जनवादी क्रान्ति सफल गर्नुपर्छ पनि भनिराखेको छ । माओवादीले नै गणतन्त्र संस्थागत गर्न सम्भव तुल्यायो । र फेरि पनि जनवादी क्रान्तिका लागि तयारी गर्नुपर्छ भनिराखेको छ । माओवादी पार्टीबाट मात्रै नेपालको स्वतन्त्रताको रक्षा हुनसक्छ र जनताको मुक्ति हुनसक्छ भन्ने विश्वास जनतामा व्यापक रुपमा बढेको छ ।
यसरी हेर्यौं भने जतापनि राम्रो देखिन्छ । अर्काे पाटोबाट हेर्यौं भने थुपै्र कमीकमजोरी माओवादी पार्टीभित्र बढ्दै गएको छ । त्यो पनि साँचो हो । पार्टीमा जुन खालको अनुशासन हुनुपर्ने हो त्यो छैन अराजकता निकै बढेको छ । पार्टीमा समर्पण र बलिदानीभाव जुन स्पिरिटमा हुनुपथ्र्याे । त्यो कमजोर भएको छ सामान्य कार्यकर्तादेखि नेताहरुसम्म । अलि बढी पद प्रतिष्ठाका लागि लालायित हुने प्रवृत्ति बढेको छ ।
हिजोको सर्वहारावादी आचरण आदर्श त्याग र बलिदानद्वारा प्राप्त गर्ने उदात्तभावहरु थिए ती भावको ठाउँमा आजभोलि आफ्नै वरिपरि आत्मकेन्द्रित व्यक्तिवादी अराजकतावादी भएर गएको छ । यसरी हेर्दा माओवादी पार्टी पनि बिगि्रयो माओवादी पार्टीले पनि आफ्ना कुरा छोड्यो कि भन्ने पनि लाग्न सक्छ । त्यो कुरालाई पनि हामीले पूरै इन्कार गर्न सकिन्न तर समग्रमा सारमा गएर हेर्यो भने माओवादी पार्टीले कुनै पनि एजेन्डा छाडेको छैन । ती एजेन्डा प्राप्त गर्न दायाँबायाँ अघिपछि सबै कार्यनीति अपनाएको छ । ती अपनाउँदाखेरि मानिसहरुलाई केही प्रश्नहरु उठ्नु स्वाभाविक हो ।
नेपाली जनयुद्धको मौलिकता र विशेषता के हो ?
विचारधाराको दृष्टिले हेर्यो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन र नेपालको कम्युनिस्ट आन्दोलनमा पनि दुईवटा गलत धाराबीचको सङ्घर्षको परिणाम हो जनयुद्ध । एउटा दक्षीणपन्थी संशोधन अथवा वर्ग समन्वयवादी धारा अब क्रान्ति सम्भव छैन भनेर वर्गदुश्मनसँग आत्मसमर्पण गर्ने उनीहरुसँग सम्झौता मात्रै गर्नखोज्ने धारा जसको प्रतिनिधित्व तात्कालीन माले हालको एमालेले गथ्र्याे । त्यसको विरुद्ध कठोर वैचारिक सङ्घर्ष चलायौं भने त्यसको साथसाथै अर्काे धाराको विरुद्ध पनि हामीले सङ्घर्ष गर्यौं त्यसलाई जडसूत्रीय संशोधनवाद हामीले भन्यौं ।
जडसूत्रीय सङ्कीर्णता र क्रान्तिकारी लफ्फाजी कुरा क्रान्तिको गर्ने तर क्रान्ति अगाडि बढाउनका लागि योजना बनाउने कुरामा पटक्कै ध्यान नदिने त्यो बडो छद्म अवसरवादी क्रान्तिकारी लफ्फाजी यान्त्रिक जडवादी अनैतिकताको प्रवृत्ति जसलाई सारमा हामीले जडसूत्रीय संशोधनवाद भन्यौं । त्यो प्रवृत्तिसँग पनि लड्यौं । नेपालमा त्यो प्रवृत्तिको प्रतिनिधि भनेको मोहनविक्रम िसंह हो । ती दुई प्रवृत्तिसँग लडेर जनयुद्धको विचारको विकास भयो ।
देशबाहिर पनि विश्वभर कम्युनिस्ट आन्दोलनमा संशोधनवादी धारा हावी भएको थियो । त्यसका विरुद्ध र फेरि साथसाथै रिमलगायत अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा असाध्यै सङ्कीर्ण यान्त्रिक धारा पनि छ । त्यसले कुरा चाहिँ क्रान्तिकारी गर्छ तर क्रान्तिको योजना बनाउँदैन । जनताको भाव र आवश्यकतालाई बुझ्दै नुबझ्ने र पुरानो कुरामा दोहोर्याउने दुनियाँलाई गाली गर्ने बस्ने । ती प्रवृत्तिसँग पनि लडेर जनयुद्धको विचार विकास गर्यो ।
नेपाली जनयुद्धको मौलिकता र विशेषता के हो त भनेर हेर्यौं भने माक्स्रवाद-लेनिनवाद-माओवाद आधारभूत सिद्धान्तमा दह्रोसँग टेक्ने तर फेरि त्यसलाई रक्षा प्रयोग र विकास पनि गर्नुपर्छ भन्ने कुरामा हामीले कुनै पनि मोडलमा टाँसिएर बसेनौं । यद्यपि नेपालजस्तो अर्धऔपनिवेशिक र अर्धसामन्ती देशमा दीर्घकालीन जनयुद्धको बाटोबाट अघि बढ्नुपर्छ भन्ने कुरामा हामी प्रष्ट थियौं । तर यो जनयुद्धको कस्तो हुन्छ भन्ने कुरामा नेपालकै कम्युनिस्ट क्रान्तिकारीहरुले आफ्नै दिमाग खियाएर नेपाली जनताको सङ्घर्षको जगमा टेकेर विकास गर्नुपर्छ भन्ने हामीले बुझ्यौं ।
त्यसकारण जनयुद्धको सुरुमै पहिलो योजना बनाउँदा कार्यनीतिको ठूलो शृङ्खला बनायौं । देशभरि कसरी फैलने सहर र गाउँको कामलाई कसरी तालमेल मिलाउने देशभित्र र बाहिर कसरी तालमेल मिलाउने फौजी र राजनीतिक हस्तक्षेपलाई कसरी तालमेल मिलाउने किनभने राजनीतिक हस्तक्षेप र फौजी हस्तक्षेपको समुचित तालमेल भएन भने नेपालजस्तो देशमा जनयुद्धलाई टिकाउन सम्भव छैन । हामीले गरेको रणनीतिक र कार्यनीतिक सन्तुलन मौलिक विकास हो । यो विशेषता हुँदैनथ्यो भने हामीले जनयुद्धलाई यहाँसम्म ल्याउन सक्ने थिएनौं ।
अहिले नेपाली जनताको मुख्य अन्तरविरोध कोसँग हो ?
राजतन्त्र हुँदा सामन्तवादका विरुद्ध र अहिले राजतन्त्र समाप्त भएर गणतन्त्र र सङ्घीयतातर्पु अगाडि बढ्दैजाँदा त्यो अन्तरविरोधको स्वरुपमा परिवर्तन आएको छ । भर्खरै पालुङटार बैठकमा र अहिलेको केन्द्रीय समितिको बैठकमा पनि अहिले नेपालमा प्रधान अन्तरविरोधको स्वरुपमा परिवर्तन आयो । त्यो चाहिँ देशभित्रको दलाल पुँजीपति र सामन्ती मिलेर बनेको घरेलु प्रतिकि्रयावाद र साथै त्यो वर्गसँग भारतीय एकाधिकार पुँजीवाद जसलाई हामीले भारतीय विस्तारवाद भन्छौं ।
त्यो अन्तरघुलित भएर एउटै हुन पुग्यो । त्यसकारण दुईवटासँग एकैचोटि अन्तरविरोध भनेर बुझ्ने काम पनि यदाकदा भयो । तर त्यसो होइन । दुईवटा स्वार्थ एकअर्कामा यसरी घुलियो कि एकअर्काबाट छुट्याउनै नसकिने भयो । नेपालमा अहिले सबै कुराबाट पुष्टि भइसकेको छ कि नेपालको राजनीतिक गतिरोधमा यहाँका दलालहरु जति जिम्मेवार छन् त्यत्तिकै जिम्मेवार भारतीय शासकवर्ग पनि छ । लाटाले पनि बुझिसकेका छन् कि कसरी नेपालको परिवर्तनको प्रवाहलाई रोक्न नेपाली दलालहरु र भारतीय शासकहरु एक भएका छन् भन्ने कुरा । तर दुर्भाग्य नेपालका दलाल र उनको प्रतिनिधित्व गर्ने पार्टीहरुले र आपुूहरुलाई बुद्धिजीवी सम्झनेहरुले पनि यो कुरा बुझिसकेका छैनन् तर मलाई लाग्छ आमनेपालीले बुझेका छन् ।
यही प्रसङ्गमा अहिलेको प्रधानमन्त्री निर्वाचन झलनाथ खनाललाई समर्थन गरेर तपाईंले त्यही प्रवृत्तिलाई हराउनुभएको हो ?
हामीले जहिले पनि भन्दै आयौं नेपालको फैसला नेपाली जनताले गर्न पाउनुपर्छ । त्यसलाई हामीले आत्मनिर्णयको अधिकार पनि भन्यौं । तर दुर्भाग्य के भयो भने नेपालका परम्परावादी र संसदीय पार्टीहरुको नेतृत्वमा स्वतन्त्र ढङ्गले राजनीतिलाई अगाडि लिएर जाने सोच कतै देखिएन । जहिले पनि विदेशीको मुख ताक्ने र विदेशीको निर्देशन र इशारामा मात्रै निर्णय लिने गरेको देखिँदै आएको थियो ।
लामो कथा छाडौं सात महिनादेखि सरकारविहीनताको स्थिति के कारणले भयो भनेर हेर्यो भने यहाँका दलालहरु उताका शासकहरु मिलेर यो गतिरोध बनेको हो । यो त बच्चाहरुले पनि बुझ्ने कुरा हो । हामीले ठान्यौं नेपाल र नेपाली जनताका लागि यो भन्दा ठूलो लज्जाको विषय अरु हुन सक्दैन । हामीले गम्भीर रुपले यस विषयमा सोच्यौं र नेपाली जनताको भविष्य नेपालीले नै निर्धारण गर्न सक्छन् भन्ने देखाउन आफ्नै पार्टीभित्र पनि आलोचनाका पात्र बन्दैआएका एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गर्यौं ।
मिडियालगायत सबैतिर यस विषयलाई लिएर केही प्रचारहरु भए । स्वयम् भारतले पनि आपुूले पहिलोपटक पराजय भोगेको भन्ने प्रतिकि्रया दिएको पनि आए । तर हामीलाई लाग्छ हामीले कसैलाई हराउन खोजेको होइन हामीले नेपालीलाई जिताउन खोजेका हौं । त्यसकारण यसलाई भारतको हारभन्दा नेपालीको जितका रुपमा बुझ्नुपर्छ । हामीले जसरी लामो समयदेखि राजनीतिक गतिरोध तोडिदियौं त्यहाँ नेपाल र नेपाली गौरवान्वित भए । त्यही दिनबाट हामीले विजय हासिल गर्यौं भने एकातिर भने अर्कातिर त्यही बिन्दुबाट त्यो विजयलाई के गरी पराजयमा फेर्न सकिन्छ र भएको सहमतिलाई उल्टाउन सकिन्छ भनेर प्रतिकि्रयावादीहरुले षड्यन्त्र गर्न सुरु गरिहाले ।
नेपालमा जनवादी क्रान्ति सफलताको सम्भावना र आधारहरु के-के छन् ?
जेठभित्र नै हामीले आमनेपाली जनतालाई पटकपटक गरेको अपिलहरु सबैको आधारमा हामी के भन्न सकिन्छ भने हामी चाहिँ अब जनवादी क्रान्तिको सफलताको नजिकै आइपुगेका छौं । दुश्मनको शक्ति सबभन्दा बढी सङ्कटमा छ । हामी होइन माओवादी पार्टी र नेपाली जनतामा होइन वास्तवमा नेपालका प्रतिकि्रयावादी वर्ग र दलालहरु चरम सङ्कटमा छन् । क्रान्तिकारी सङ्कट बढ्दै गएको छ । यो सङ्कट र पार्टीले अहिले जुन कार्यदिशा कार्ययोजना निर्माण गरेको छ त्यसको समष्टिमा हेर्दा जनवादी क्रान्ति सफलतामा पुग्छ भन्ने विश्वास मलाई छ ।
यो जनयुद्ध १५ वर्ष पूरा भएको अवस्थामा तमाम सहिद घाइते र बेपत्ता योद्धाहरुलाई के अपिल गर्न चाहनुहुन्छ ?
अब जनयुद्धको उचाइ भनौं अहिलेको राजनीतिक परिवर्तन जसलाई हामी युगान्तकारी परिवर्तन पनि भन्ने गरेका छौं । यो सबै परिवर्तनमा हजारौं महान् सहिदहरुको भूमिका अग्रणी छ । ती सहिदहरुको बलिदान नभएको भए उनीहरुले एउटा सपना जनवादी नेपालको सपना र समाजवादी साम्यवादी सपना नेपालीको सपना बोकेर प्राण उत्सर्ग हाँसी हाँसी गर्ने प्रकि्रयामा लामबद्ध नभएको भए यो परिवर्तन सम्भव थिएन ।
त्यसकारण आज जनयुद्धको १६औं वर्ष प्रवेशको ऐतिहासिक सन्दर्भमा म ती महान् अमर सहिदहरुको मुख्यतः ती जनयुद्धका महान् अमर सहिदहरु जसले परिवर्तन सम्भव तुल्याए । ती सहिदहरु र अन्य जनआन्दोलन र विगत इतिहासका सबै सहिदहरुप्रति हार्दिक श्रद्धााजली र सम्मान गर्न चाहन्छु । त्यसैगरी हजारौं बेपत्ता योद्धाहरु जसले दुश्मनको अगाडि आत्मसमर्पण गर्नुभन्दा बेपत्तै हुन स्वीकार गरे । तिनको महान् वीरता तिनले गरेको त्यागलाई म हृदयदेखि सम्मान प्रकट गर्न चाहन्छु ।
केन्द्रीय पार्टीको तर्पबाट ती तमाम घाइते योद्धाहरु र महान् वीरवीरङ्गनालाई जन्म दिने नेपाल आमाका सर्वाेत्तम सन्तानहरुका आमाबुबा र उनका सम्पूर्ण परिवारजनहरुप्रति पनि म यस अवसरमा विशेष रुपले सम्मान गर्न चाहन्छु र म सम्पूर्ण सहिद परिवार र बेपत्ता योद्धाका परिवार घाइते र आमनेपाली जनतालाई यस अवसरमा जनयुद्धको उद्देश्य अझै पूरा भएको छैन । हामी कोही आफ्नो उद्देश्यबाट दायाँबायाँ गर्नुहुँदैन ।
हामी जसरी पनि ती महान् सहिदहरुले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । त्यसका निम्ति अहिले हामीले शान्ति संविधान निर्माणको जुन मोर्चामा छौं । यो शान्ति र संविधानको विरुद्ध प्रतिकि्रयावादी जो षड्यन्त्र छ त्यसलाई परास्त गर्न फेरि एउटा नयाँ रुपको नयाँ स्तरको जनयुद्ध जसलाई हामीले जनविद्रोह पनि भनेका छौं । त्यो जनविद्रोहमा सम्पूर्ण तागतको साथ अगाडि आउन म विशेष अपिल गर्न चाहन्छु । किनकि त्यसले मात्रै जनयुद्धको उद्देश्य पूरा गर्न सक्छ । नेपाली जनताको साम्राज्यवाद सामन्तवादविरोधी आन्दोलनको जो प्रकि्रया चलेको छ त्यसलाई पूरा गर्नसक्छ ।
यही वरिपरिबाट त्यो मिसन पूरा हुनसक्छ । त्यसपछि एउटा महान् नेपाल स्वतन्त्र नेपाल मूर्त नेपाल निर्माण गर्न सक्छौं र हामीले हाम्रो प्राकृतिक स्रोत साधनलाई परिचालन गरेर एउटा समृद्ध नेपाल निर्माण गर्न सक्छौं । विश्व सर्वहारावर्गका निम्ति र विश्व क्रान्तिका निम्ति हामी नेपालीहरुले ठूलो योगदान गर्न सक्छौं । यही अपिल गर्न चाहन्छु ।
मानिसहरु के भन्छन् भने कहिले एकदमै कठोर रुपमा पेस हुने र कहिले भावनामा बहकिएर रुने प्रचण्डको प्रवृत्ति छ । एक व्यक्तिभित्र त्यो दुई विपरीत व्यक्तित्व कसरी लुकेर बस्न सम्भव छ ?
त्यसो त सबै व्यक्ति हाँस्छन् र सबै रुन्छन् । हाँस्ने र रुने मानिसहरु सबैमा अलिकति कठोरता र अलिकति उदारता सबैमा हुन्छ । खाली त्यसको मात्रा कति हो र त्यो मान्छे आफैं इतिहासको कुन भूमिकामा छ भन्ने कुरा मात्र हो । संसारमा को मान्छे हाँस्दैन र को मान्छे रुँदैन जनताको मुक्तिका निम्ति क्रान्तिमा अगाडि बढिरहेकोका तमाम कार्यकर्ता र नेता त्यसमा पनि त्यत्रो जनयुद्धको नेतृत्व गरेर आएको प्रमुख नेतामा अनुभूतिको तीव्रता हुनु स्वाभाविक छ । यो नियमसङ्गतै छ ।
त्यसकारण जनताको हितमाथि गद्दारी हुन थाल्यो भन्ने लाग्यो भने कठोर भएर प्रस्तुत हुन उद्दत हुनु जेसुकै निर्णय लिन पनि तयार हुनु पनि जनताप्रति इमान्दारिता जनताको मर्म र भावनाको लगावले हो । नरम भएर सम्झौता गर्यो सहमति गर्यो लचिलो भयो भने पनि जनतालाई फाइदा हुन्छ भन्ने लाग्यो भने त्यो नेता त्यहाँ पनि जान्छ । जनयुद्ध सुरु भएको एक वर्ष पुग्दानपुग्दै पार्टीभित्र त्यतिबेला पनि अन्तरसङ्घर्ष चर्कै थियो ।
बाहिर साथीहरु दिनदिनै मारिएका छन् । पार्टीभित्र झगडा चर्किएको छ । एकातिर महान् जनयुद्ध सुरु गर्न सकेकामा गर्वको अनुभूति छ । त्यसले हामीलाई दुश्मनको विरुद्ध तीव्रताका साथ उनीहरुका विरुद्ध घृणापूर्वक अझ दृढतापूर्वक लडौं भन्ने हुन्थ्यो । मैले योजना बनाउँदा कठोर योजना बनाउँथें । त्यो कठोर हुँदाहुँदै पनि वैज्ञानिक हुनुपर्छ भन्ने कुरामा म कहिल्यै दायाँबायाँ भइन् भने जब साथीहरुको सहादत हुन्छ । अनि पार्टीभित्रै साथीहरुले कुरा बुझ्दैनन् बुझाउन खोज्नुहुँदैन उल्टो उल्टो गरी िहंड्छन् विशेषगरी त्यो अवस्थामा भावुक भएर आँसु आउन थाल्छ । त्यहाँबाट हाँसो र आँसुको द्वन्द्ववाद भनेर भन्ने गरेको थिएँ ।
जनयुद्धको दिनमा प्रायः सबैलाई त्यस्तो हुन्छ । जो लडाइँमा छन् जो जित्छन् असाध्य खुसी हुन्छन् अर्काे हार्छन् र साथीहरु मारिन्छन् आफ्नै आँखा अगाडि थुप्रै सहिदहरु हुन्छन् अनि आँसु बग्न लाग्छन् । यो विशुद्ध मानवीय गुण हो जस्तो लाग्छ । र प्रचण्डमा ती सबै अनुभूतिहरु छन् । जनताका मर्महरु त्यहाँ छन् र त्यसकारण कठोरता र लचकता दुईवटै त्यहाँ देखेको हुँदा त्यही हो जस्तो लाग्छ । मानिसहरुले प्रचण्डलाई पुष्पकमल बनाउने भनेर अर्काे लान पनि खोजिरहेका छन् । त्यहाँ एकता पनि छ अन्तरविरोध पनि छ भन्ने बुझेको छु । पुष्पकमल दाहालका रुपमा प्रतिकि्रयावादीले जसरी प्रस्तुत गर्न खोजिरहेका छन् । प्रचण्डभन्दा नेपाली जनताले नेपालका क्रान्तिकारीहरुले बुझ्छन् त्यहाँ एकता र अन्तरविरोध दुईवटै छन् । मलाई लाग्छ पुष्पकमलमा भन्दा प्रचण्डमा तीव्र अनुभूति छ । हाँसो र आँसु दुईवटै छ । प्रस्तुती: सन्तोष पौडेल, दयानीधि भट्ट र हरि लामिछाने |
No comments:
Post a Comment