खेम थपलिया
कमरेड विप्लवले नेतृत्व गर्नुभएको माओवादी यतिखेर चर्चाको शिखरमा छ । हालसालै पार्टीका नीतिअनुसार यो माओवादीले वैदेशिक रोजगार विभागका महानिर्देशक भरतराज सुवेदीलाई कालोमोसोसहित केही मर्मत गरेको समाचार बाहिर आयो । यसले शान्ति, न्याय र समृद्धिको पक्षमा रहेको शक्ति तथा जनतालाई ठूलो राहतको महसुस भयो तर यो घटनाले नेपालको सिङ्गो राज्यसत्ता डगमगायो । सरकारका मन्त्रीहरूको कर्तुत बाहिर आएकै थियो, मिस्टर सुवेदीको कर्तुत पनि बाहिर आएका छन् । योसँगै काठमाडौँमा अशोक मेहेता र राजन दुईजना भारतीयहरूले ‘लिपुलेक नेपालको हैन र नेपालले भारतको हस्तक्षेप स्वीकार्नुपर्छ’ भनेर कुर्लेको केही घन्टापछि तिनै मालिकलाई खुसी पार्न नेपालका दलालहरूले नेकपा माओवादीका नेता तथा कार्यकर्तालाई धमाधम पक्राउ गर्न थाल्यो । केही समयअघि भारतीय एसडी मुनिले नेपालका हित विरुद्ध अन्तर्वार्तासमेत दिएका थिए । यसले सरकारको असलीयत झन् छर्लङ्ग भयो । नेपाल भन्ने देश पनि विचित्रको छ । यहाँ चित्र विचित्रका घटनाहरू देख्न, सुन्न र भोग्न पाइन्छ ।
वैैदेशिक रोजगार विभागका डीजी भरतराज सुवेदीलाई विप्लव नेतृत्वको नेकपा माओवादीले कालोमोसो दले । वास्तवमा यो सामान्य र साङ्केतिक कारबाही थियो । अहिले सुवेदीका धेरै कर्तुतहरू सार्वजनिक भएका छन् । भ्रष्टाचारी सुवेदीलाई भेट्न प्रधानमन्त्री सुशील कोइराला, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल अस्पताल पुगेका थिए । त्यहाँ उनीहरूले राज्यको उच्च निकायका पदाधिकारीलाई आक्रमण गर्नेहरूलाई समातेर कानुनी कारवाही गर्ने आश्वासन दिएर फर्किए । सुवेदीलाई आक्रमण गरेको भन्दै प्रहरीले राष्ट्रिय युवा जनस्वयम्सेवकका अध्यक्ष एवम् पार्टीका केन्द्रीय सदस्य दिपक चलाउने ‘दीपक’, वसन्त भेट्वाल, प्रमोद गिरी, सुमन तिमल्सिना, पूर्णबहादुर विक ‘रक्तिम’ र तिलक मल्ल ‘क्षितिज’ लाई पक्राउ गर्यो । माओवादीका नेता तथा कार्यकताहरूलाई भटाभट पक्राउ गर्न थालेपछि समाचारका विभिन्न माध्यमहरूमा मिस्टर सुवेदीका कर्तुतहरू पनि झन् धमाधम बाहिर आउन थाले । अहिले बाहिर आएका कुराहरू त प्रतिनिधि विषय मात्र हुन्, बाँकी धेरै कुरा बाहिर आउन बाँकी रहेको कुरा सुवेदीलाई चिनेका मानिसहरू हाँकाहाँकी भनिरहेका छन् । ‘एक्सप्रेस खबर डट कम’ ले भ्रष्ट सुवेदीका १२ वटा अपराधहरूलाई बाहिर ल्याएको छ । विभिन्न समाचार माध्यमहरूमा पनि सुवेदीका विभिन्न अपराधहरूको खोलुवा हुनेक्रम तीब्र भएको छ । जस्तै,
१. नागरिकता काण्ड: अर्थमन्त्री डा. रामशरण महतको साथ पाएर सरकारको उच्च ओहदामा पुग्न सफल भरतराज सुवेदी नागरिकतामा वर्ष घटाएर पदीय दुरुपयोग गर्न माहिर व्यक्ति हुन् । उनको खास जन्म २०१४ साल असोज १५ गते हो । उच्च तहको प्रशासनिक पहुँचलाई दुरुपयोग गेर निजामती किताबखानाबाट आफ्नो फाइल गायब गरेर नयाँ फाईल खडा गर्ने सफल भएका रहे । उनले २०१७ साल असोज १५ गतेको जन्म मिति कायम गरी दोस्रो किर्ते नागरिकता लिएका छन्, जसले नागरिकता किर्ते र २ वर्ष उमेर थपेको पोल खुल्यो ।
२ पिआर काण्ड: ग्रिनकार्ड पिआरधारी कर्मचारीलाई कानूनी रूपमा सरकारी सेवामा बञ्चित छ । देशमा ग्रिनकार्ड र पिआरधारी कर्मचारीको लहर चले पनि उनी यस्ता शक्तिशाली व्यक्ति हुन्, जसले ग्रिनकार्ड त्याग्ने वा राजिनामा दिने होइन । सामान्य प्रशासन मन्त्रालयबाट गठित अनुसन्धान आयोगलाई कागजपत्र नै नदिई अटेर बसेका छन् । उनी अस्ट्रेलियाको ग्रिनकार्ड धारी व्यक्ति हुन् ।
३. महत र लालबाबु घम्साघम्सी: सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले ग्रिनकारी र पिआरधारी कर्मचारीमाथि निशाना लगाउन थालेपछि उनको प्रमुख चुनौतीको रूपमा खडा थिए यिनै भरतराज सुवेदी तर पनि परिषद्को बैठकमा भने लालबाबु पण्डितको चुनौतीलाई चुनौती दिन सुवेदीको पक्षमा खडा भएका थिए अर्थमन्त्री महत । राजस्व अनुसन्धान विभागबाट सामान्य प्रशासनको अतिरिक्त समूहमा थन्काइएका उनलाई महतकै जोडबलमा वैदेशिक विभागमा लागिएको थियो । परिषद्को बैठकमा महत र पण्डितबीचको द्वन्द्वको पात्र बनेका थिए सुवेदी । महत र सुवेदीको चिनजान सुवेदी कार्यालयको शाखा अघिकृत हुदाँ नुवाकोटकै कांग्रेसी नेताले जुराएका थिए ।
४. सरुवा काण्ड: राजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुँदा कर्मचारी सरुवा बढुवाको मोलमोलाई गर्ने एक प्रमुख थिए भरतराज सुवेदी । भन्सार विभागको प्रमुख हुदाँ ३१ करोड घोटाला गरेको अभियोग उनलाई लागेको थियो । टंकमणि शर्मा राजस्व अनुसन्धान विभागको उपमहानिर्देशन हुँदा पनि उनकै मोलमोलाई र सबै कामको हताकर्ता उनै थिए । सत्ता, शक्ति र पैसाको अगाडि टंकमणिको केही लाग्दैनथ्यो । लागेन पनि ।
५. लोकमान काण्ड: जनआन्दोलन दमनको दोषी ठहरिएका लोकमानसिहं कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाउन लागेको भन्दै व्यापक विरोध भएको थियो । यिनै विरोधलाई मत्थर पार्दै एमाले, कांग्रेस, एमाओवादीको सर्वदलीय समझदारी निर्माण गर्ने पर्दापछाडिको खेलाडी थिए यिनै भरतराज सुवेदी । प्रचण्ड, केपी र सुशीललाई मनाउन सक्ने उनको रहस्यमय कलाको कर्मचारीवृत्तमा निकै चर्चा थियो । यही गुन तिर्नका लागि नै लोकमानले यिनलाई छुन सक्दैनन् ।
६. झ्याल काण्ड: तत्कालीन अख्तियार प्रमुख सूर्यनाथ उपाध्यायको कार्यालयमा राजस्व समुहका २२ जना कर्मचारीलाई पक्राउ गरेको घटना निकै चर्चित थियो । त्यो प्रकरणको पहिलो भ्रष्ट थिए सुवेदी । छापा मार्नुपूर्व नै अख्तियारका कर्मचारीले जानकारी गराएपछि उनी घरको झ्यालबाट हामफालेर भारत फरार भएका थिए । मुद्दा अदालतमा गएपछि अदातलमा सेटिङ मिलाएर नेपाल भित्रिएका थिए । नेपाल आएलगत्तै एकरात अस्पताल भर्ना भएर उनी धरौटीमा रिहा भए र मुद्दाको सफाई लिए । एकदिन पनि जेल हिरासतमा नटेकेका उनले न्यायालयमा समेत भ्रष्टलाई सुनपानी छर्कने काम गरे । उनी न्यायालयले समेत छुन नसक्ने भ्रष्ट हुन् ।
७. भारतीय नागरिकता: नागरिकता बटुल्न निकै शौखिन देखिएका सुवेदीले नेपालमै २ वटा नागरिकता लिएका छन् । तेस्रो नागरिकताको रूपमा उनले भारतीय नागरिकता लिएका छन् । अख्तियारले समात्न खोज्दा भारत छिरेको सुवेदी भारतीय नागरिकताबाटै अस्ट्रेलियाको ग्रिनकार्डसमेत लिन भ्याए । उनको नेपाल, भारत र अस्ट्रेलिया गरी ४ वटा नागरिकता बटुलेर बसेका छन् ।
८. महाधिवेशन काण्ड: लोकमान प्रमुखमा सबै दल मिलाएका सुवेदीलाई आफ्नै पार्टी महाधिवेशन मिलाउन निकै कठीन परेको छ । कांग्रेसको पोखरा अधिवेशनको बेला महेश आचार्यलाई चुनाव जिताउन ५ करोड लिएर पोखरा पुगेका थिए । यो घटना सार्वजनिक भएसँगै यापक चलखेल भएको भन्दै नेताहरूले उनको रकम लगानीको विषयमा प्रश्न उठाएका थिए । उनले ५ करोड लगानीमा महेश आचार्यलाई चुनाव जिताए ।
९. वाइसिएललाई बाइक: सुवेदी राजस्व अनुसन्धान विभागको निर्देशक हुँदा एमाओवादी युवा संगठन वाइसिएललाई ३५ वटा मोटरसाइकल निःशुल्क उपलब्ध गराएका थिए । संविधानसभाको चुनावमा एमाओवादी पहिलो पार्टी भएसँगै युवा संगठनले भ्रष्टाचारीलाई कारबाही देशमा ठूलो हल्लीखल्ली मच्चाएसँगै आफूलाई कारबाहीबाट सुरक्षित हुनबाट बच्नलाई उनले बाइक बाँडेको खुल्न आएको हो ।
१०. युर्थफोर्सको योजना बाटैबाट फिर्ता: युवा संगठनको लडाकु दस्ता बनाएर चर्चामा आएका एमाले निकट युवा संगठनको निशानामा पनि परेका सुवेदीलाई कारबाही गर्न हिँडेको टोली आधाबाटैबाट फिर्ता गर्न सफल व्यक्ति हुन् सुवेदी । अध्यक्ष ओलीको नजिक सम्बन्ध राख्न सफल उनीमाथि आक्रमण सुइँको पाउनको साथ ओलीको निर्देशनमा टोली फिर्ता भएको थियो ।
११. कन्टेनर काण्ड: वैशाख १२ को शक्तिशाली भूकम्पपछिको पहिलोले तातोपानी नाका अवरुद्ध भएपछि नेपाली व्यावसायीको ५ सय वटा कन्टेनर फसेको थियो । ती कन्टेनर छुटाउन निकै हारगुहारपछि व्यावसायीहरू सुवेदीको शरणमा पुगे । प्रति कन्टेनर ६ लाख राजस्व तिर्नुपर्नेमा १ लाख मात्र लिएर २ सय वटा कन्टेनर छाडियो । बाँकी कन्टेनरलाई भन्सार फ्रि गरेर भित्र्याउन सफल भएका सुवेदीले कन्टेनर मालिकबाट मोटो रकम असुलेको कुरा बाहिर आएको थियो ।
१२. मनाव तस्करी धन्दा: श्रम स्वीकृत नै नदिई नेपाली युवा युवतीलाई विदेश पठाउने दलालहरूसँग नजिकै रहेर मोटो रकम असुल्ने गरेको ओरोप पनि सुवेदीलाई लाग्दै आएको छ ।
यी माथिका भरतराज सुवेदीसित जोडिएका काण्डहरू असमान्य यथार्थ हुन् । राज्यमा यस्ता मानिसलाई गाईको दूधले नुहाउने सरकार पनि अचम्मकै छ । यस्तालाई सरकारी तहबाटै कारबाही हुनुपर्दथ्यो तर त्यसो भएन । यतिखेर त्यो गम्भीर र आवश्यक कार्यभार नेकपा माओवादी वहन गरेको छ । त्यस अर्थमा नेकपा माओवादी धन्यवादका पात्र बनेको छ । यही कारबाही प्रक्रियासित जोड्दै नेकपा माओवादीले आफ्ना गिरफ्तार नेता तथा कार्यकतार्का रिहाइको माग गदै बालाजुमा साङ्केतिक प्रदर्शन गर्यो । आखिरीमा, कमरेड रक्तिमबाहेक सबै कमरेडहरूलाई वामदेवको प्रहरी प्रशासन रिहा गर्न बाध्य भएको छ । कमरेडहरूको शानदार विजय भएको छ । नेपालमा जनवादी क्रान्तिलाई कुनै पनि मूल्यमा पूरा गरीकन छाड्ने प्रतिबद्धता व्यक्त गरेको र सोहीअनुरूपमा आफूलाई क्रियाशील बनाइरहेको नेकपा माओवादीका पछिल्ला गतिविधिहरूले क्रान्तिकारी पङ्क्तिका आशा जगाएको छ । यसले नेपालमा माओवादीहरू जिउँदैछन्, जाग्दैछन् भन्ने कुरा देखाएको छ । राष्ट्रका महाभ्रष्टाचारीलाई गरेको कारबाहीमा संलग्न हुने सबै क्रान्तिकारी योद्धाहरू धन्यावादका पात्र बन्नुभएको छ । हामी उहाँलाई क्रान्तिकारी अभिवादन गर्न चाहन्छौँ र स्यावास भन्न चाहन्छौँ । यतिबेला हामी सबैले समवेत स्वरमा भन्नुपरेको छ– क्रान्ति जारी छ ! एकीकृत जनक्रान्ति जिन्दावाद !! महाभ्रष्टाचारी भरतराज सुवेदी मूर्दावाद !!!

No comments:
Post a Comment