रवि रोषी दोहा।
काठमाण्डौंको दशरथ रंगशाला देखि लिएर मेची महाकालीका हरेक फुटबल मैदानको लम्बाई चौडाईको घाँसेमैदन भित्र फुटबल खेलेर नेपालका विभिन्न चर्चित क्वलको लागि किर्तीमान कमाईदिन रातोदिन फुटबल खेल्दै हिँड्ने नेपाली फुटबल जगतको एक होनहार फुटबल खेलाडी हालका दिनहरुमा एकाविहानै टिफिन बक्समा भात र तरकारी खाँदेर खाडीको बञ्जर मरुभूमिमा स्क्यावेटर चलाउन बाध्य छन् ।
हेटौंडा पशुपतिनगर ९ का अमिर श्रेष्ठले आफ्नो खेल जगतलाई चटक्क छोडेर कतार भासिनुपर्ने दिन आउँछ भनेर ६ महिना अघि सम्म सोचेका पनि थिएनन् रे । हुन त द्धन्दकालको चपेटामा परेका आंशिक गणनामा शिक्षक, इन्जिनियर, व्यवशायी लगायत सामान्य मजदुरी गरी नेपालमै जिविकोपार्जन गर्दै आएका निम्न वर्गीय परिवारका लाखौैका संख्यामा होनहार युवाहरु देशमा बेरोजगारीको अवस्था सिर्जना भई विदेश पलायन हुनुपरेको यथार्थ हामी माझ छर्लंग नै छ । यसो हुनुमा देशमा शान्ति सुरक्षा र अमन्चयन नहुनु मात्र कारक हुँदै होइन । द्धन्दको कारण सिर्जित असुरक्षित लगानी, औद्योगिक उत्पादनमा कमी, कलकारखानाको बढोत्तरी नहुनु, निजामति तथा जंगी पेशामा आवद्धहरुको जीउ ज्यानको असुरक्षा नै मुख्य कारण थिए ।
द्धन्दकालको चपेटामा नेपालमा खेलकुद गतिविधी पनि करिब करिब ठप्प जस्तै थिए भने हालको अवस्था सम्म पनि मन्त्रालयबाट विनियोजित खेलकुद शिर्षकको बजेट कर्मचारीहरुको पालनपोषणमा अधिक र खेल विकासमा कम लगानी हुनुको कारणले गर्दा पनि आशा लाग्दा खेलाडीहरु यसै क्रममा विदेशिनु परेको यथार्थता हामी माझ छर्लंग छ ।
नेपालका चर्चित खेलाडी भरत खवास संगै अन्डर टुवेल्बबाट एन्फा एकाडेमीमा प्रवेश पाएका हेटौंडा ९, पशुपतिनगरका २४ बर्षीय अमिर श्रेष्ठ यति बेला कतारमा स्क्यावेटर चलाउँदै बसेका छन् । एन्फा एकाडेमीमा प्रवेश पाएका अमिर श्रेष्ठले २०६३ सालमा पहिलोपटक अखिल नेपाल फुटबल संघ (एन्फा) मा उपाध्यक्ष रहेका तथा थ्री स्टार क्लवका अध्यक्ष रहेका स्व. ललितकृष्ण श्रेष्ठले उनको खेल देखि प्रभावित भई उनलाई थ्री स्टारमा अनुबन्धित गराए । १ बर्ष सम्म उनले थ्री स्टार क्लवको तर्फबाट आफ्नो जादुगरी खेल देखाएर सवैको मन जितेपछि उनलाई शशश्त्र प्रहरी वलको एपिफ बाट बोलावा आयो । उनी एपिएफमा २ बर्ष अनुबन्धित भई आफ्नो चामत्कारिकता देखाएपछि मच्छिन्द्र्रनाथ क्लवले उनलाई आकर्षक पारीश्रमिक दिने शर्तमा अनुबन्धित भई २०६६ सालमा मच्छिन्द्र्रनाथ क्लवबाट १ बर्ष खेल खेल खेले ।
मच्छिन्द्रनाथ क्लवमा एक बर्ष आफ्नो खेल कौशल प्रदर्शन गरेपछि अमिरले मनाङ मस्र्याङ्दी क्लवमा पनि ३ बर्ष सम्म खेल्ने अवसर प्राप्त गरे । राईट विंगर पोजिशनमा खेल्ने अमिरले खेलमा मात्र आश्रित भएर आफ्नो पारिवारिक गुजारा टर्ने सम्भावना कम देखेपछि हेटौंडा पशुपतिनगरमा नै सानो होटल व्यवशाय सञ्चालन गर्दै आएका थिए ।
थोरै पारिश्रमिकमा थ्री स्टार क्लवमा प्रवेश गरेका अमिरले एपिफले मासिक २५ हजार दिने गरेको बताए भने मनाङ मस्र्याङ्दी क्लवले भने मासिक ३५ हजार दिने गरेको पनि उनले खुलासा गरे । अण्डर टुवेल्व, अण्डर फोर्टिन, अण्डर सिक्सटिन, अण्डर नाइन्टीन हुँदै अण्डर ट्वान्टी थ्री उमेर निर्धारित सबै खेल खेलिसकेका अमिरले नेपालमा २०७२ मा महाभुकम्प आउनुभन्दा केहि दिन अघिमात्र लुम्बिनी जगदम्बाको तर्फबाट अन्तिम खेल प्रदर्शन गरी उनी कतार हानिएका हुन् ।
जुलाई ३० तारिखको झिसमिसेमा दोहा एयरपोर्ट झरेका अमिरले कतारमा पनि नेपाली फुटबल टिमले विभिन्न विदेशी समुदायसंग मैत्रीपुर्ण खेल तथा लीग चरणको खेल खेल्ने गरेको थाहा पाउने वित्तिकै उनी कतार झरेको त्यहि साँझ नै कतारमा गठित नेपाली फुटबल टिमको सम्पर्कमा आएर उनी कतार झरेको ३० तारिखको साँझ नै नेपाली फुटबल टिमबाट आयोजित फ्रेण्डली गेममा जर्सी, जुराफ र जुत्ता लगाएर मैदानमा उत्रिएर फ्रेण्डली गेममा आफ्नो खेल जादुगरी देखाए ।
नेपालमा रहेर खेल जगतमा मात्र आश्रित भएर बसिरहँदा जिविकोपार्जन मात्र हुने तर भविष्यको लागि सञ्चय गर्ने गरी आर्थिक उपार्जन नहुने देखेपछि उनी कतार हानिएको बताउँछन् । नेपालमा खेल जगतमा मात्र समर्पित भएर बाँच्न सक्ने कमै मात्र भाग्यवान हुन्छन् । यदि खेलमा नै आश्रित भएर बाँच्न सक्ने स्थिती भएको भए तोते बोली बोल्ने २ बर्षकी छोरी, श्रीमती, स्कुल पढ्दै गरेको भाई र आमा बुवालाई सानो सुकेधन्दा होटेल व्यवशाय छोडेर उनी पक्कै पनि कतार आउने थिएनन् । यो उनको भोगाई हो ।
आफुले फुटबलमा कमाएको कीर्ति र घरको कोठा भित्तामा टाँसेको मेडल र प्रमाणपत्रले परिवारको र आफ्नो भोको पेट नभरिदो रहेछ । खाडी झरेर केहि कमाएर भावी सन्ततीको लागि पढाउने खर्च र आगामी कालको लागि त केहि जोहो गर्नै पर्यो भनेर नै कतार पसेको हुँ । रोजगारीको लागि कतार आएपनि कतार रहँदा र नेपाल फर्किइसकेपछि फुटबल खेललाई चटक्कै छोडेर यसबाट विमुख भई आफु बाँच्न नसक्ने पनि अमिरले बताए । आफुलाई देशका विभिन्न कुनाकुना र क्लवहरुमा यसै फुटबलले चिनायो । यसलाई त कसरी भुल्न सक्छु र ? कतारमा नेपाली फुटबल टिमले खेलाडीहरुलाई यति ठूलो प्लेटफर्म तयार गरेको रहेछ । अब कतार रहुञ्जेल आफुले खेललाई निरन्तरता दिने पनि खेल मैदानमा खेल सकिएपछिको संवादमा उनले बताए ।
गत जुलाई ३० मा आयोजित नेपाली फुटबल टिमले आयोजना गरेको उक्त फ्रेण्डली गेमकोे सिलसिलामा नेपाली फुटबल टिमका अध्यक्ष सञ्जीव रानाभाट तथा उपाध्यक्ष राजन श्रेष्ठले भने, नेपाली राष्ट्रिय फुटबल जगतका यि अमूल्य निधिलाई हामीले नेपाली फुटबल टिम कतारमा आवद्ध गराएर उनको खेल कौशलतालाई मर्न नदिन उच्च सम्मान र स्थान दिँदै विभिन्न एसियाली मुलुकका खेलाडीहरु संग आउँदो सिजनमा उनलाई खेल्ने मौका प्रदान गर्नेछौं ।
नेपालको हकमा कुनै पनि खेलकुद क्षेत्रमा आवद्ध भएर खेल खेल्ने खेलाडीको भविष्य ( आंशिकलाई छोडेर ) बहुसंख्यकको भविष्य भनेको कोठीमा देहव्यापार गरेर बस्ने युवतीको बैंस छउञ्जेल उसको रुप र जवानीमा ग्राहक आकर्षित भएजस्तै खेलाडीहरुको पनि खेल खेल्ने ताकत, तकनीकी र उमेर भइञ्जेल मात्र उसको स्थान र माग हुन्छ । कोठीमा देहव्यापार गर्ने युवतीको तारुण्यता निख्रिएपछि उसको कुनै महत्व नरहेजस्तै नियती नेपालका बहुसंख्यक खेलाडीहरुले भोग्नु परेको यथार्थता हामी सवै माझ छर्लंग नै छ ।
५ बर्ष कतार बस्ने लक्ष्य लिएर आएका अमिर कतारको मरुभूमिमा उनले चलाउने स्क्यावेटरको सहयोगमा उनले लाखौं टिप्परको कन्टेनर कतार बसुञ्जेल भरेर भ्याउलान् नभ्याउलान् त्यो गणनालाई एकातिर थाँती राखौं । तर उनको जीवनको रित्तो कन्टेनररुपी आशाको भकारीमा बकेटले उनको सोच र सफलता टन्न भरेर जाने सौभाग्य प्राप्त होस् ।

No comments:
Post a Comment