(एक चर्चा- हरि रोका, अर्थ राजनीतिक विश्लेषक)
एकीकृत माओवादी
अध्यक्ष प्रचण्ड नेपालका शीर्षमध्येको पनि शीर्ष नेता हुनुहुन्छ । त्यही भएर
प्रचण्डलाई चीन र भारतले पालैपालो महत्वका साथ भ्रमणको निम्तो दिएको हुनसक्छ । ती
दुवै देशले महत्व दिएर बोलाउनुलाई आपसी सम्बन्ध विस्तारको प्रयासका रुपमा बुझ्न
सकिन्छ । मन्त्रिपरिषद् अध्यक्ष कार्यकारी प्रमुख हुने भएपनि राजनीतिक दायित्व
नभएकाले देशभित्र वा बाहिर दलहरुले राखैकै कुरा आधिकारिक हुने हो ।
ठूलो पार्टीको नेता र शान्ति सम्झौताका एक मात्र जीवित हस्ताक्षरकर्ता, सेना समायोजन प्रक्रियामा खेलेको भूमिका लगायतका आधारमा प्रचण्डलाई विदेशीले पनि प्राथमिकतामा राखेका छन् । खासगरी प्रचण्डले चीन र भारत भ्रमणका क्रममा उठाएका त्रिदेशीय साझेदारीसम्बन्धी अवधारणामा राम्रो बहस सुरु भएको छ । पछिल्लो समय नेपालमा हुने राजनीतिक अस्थिरताको असर छिमेकीमा पनि पर्छ भन्नेमा भारतीय र चिनियाँपक्ष सचेत भएका छन् । नेपालले यी दुई मुलुकबीचको सम्बन्धमा सेतुको काम गर्नसक्छ ।
भौगोलिक अवस्थितिका कारण चीन र भारत दुवैका लागि नेपाल रणनीतिक महत्वको क्षेत्र हो । त्यसैले पनि हामीले यी दुईबीचको सम्बन्ध सुधारमा योगदान गर्न सक्छौं । भारत र चीनबीच सीमालगायतका विवाद छन् । उनीहरु दुईको बीचमा रहेकाले हामी पनि कहिले झगडामा फस्ने र कहिले राम्रो हुने गरेको छ । नेपालमा बेलाबखत कहिले चाइना कार्ड र कहिले भारत कार्डको प्रयोग हुँदै आएको छ । ती दुवै कार्डको प्रयोग नेपालका लागि अफापसिद्ध भइसकेको छ । त्यस काकारण एकअर्कालाई कार्डका रुपमा प्रयोग गर्न खोज्नु कच्चा कुटनीति मात्र हुनेछ । हामीकहाँ १० देखि १५ हजारसम्मका जलविद्युत गृह स्थापना गर्नसक्ने पानी छ । तर पैसाको अभावमा त्यो सम्भव भइरहेको छैन । जलविद्युत निर्माणका लागि एउटालाई जिम्मा दिँदा अर्को रिसाउने गरेको छ । विवादकै कारण सानातिना आयोजनाका काम पनि अघि बढेका छैनन् ।
त्रिदेशीय साझेदारीले यस्तो अवस्थाको अन्त्य गर्न मद्दत पुर्याउन सक्छ । चीन विश्वको दोस्रो र भारत पाचौं ठूलो अर्थतन्त्र भएका मुलुक हुन् । दुवैलाई अन्तर्राष्ट्रिय बजार चाहिएको छ । चीन र भारतबीच सीमालगायत केही विषयमा विवाद पनि छन् र सहकार्य पनि गरिरहेका छन् । सिरिया र अफ्रिकाका मामलामा उनीहरू सँगै काम गरिरहेका छन् । डब्लुटिओले दक्षिणका मुलुकलाई पेले भनेर उनीहरुले एक मुख बनाइरहेका छन् । नेपालको मामलामा एकै ठाउँ आउन किन सक्दैनन् ? हामी अस्थिर हुनु, हाम्रा कुरा नबिक्नु उनीहरु दुवैका लागि राम्रो हुन सक्दैन । त्यसैले ढिलो या छिटो यो बिन्दुमा पुग्नुको विकल्प छैन । प्रचण्डको प्रस्तावलाई दीर्घकालीन महत्वका विषयमा राष्ट्रिय सहमति नभई एउटा व्यक्तिले बोलेर मात्र हुँदैन । यसमा कच्चा कुटनीति देखियो भन्ने टिप्पणी पनि भएका छन् । यसलाई त्यसरी बुझ्नु हुँदैन ।
प्रचण्डले अहिल्यै त्रिदेशीय साझेदारीमा हस्ताक्षर गर्ने कुरा गरेका छैनन् । उनले खाली एउटा बहसको आरम्भ मात्र गरेका हुन् । प्रचण्डले नगरेको भए कसै न कसैले यो कुरा उठान गर्नैपथ्र्यो । कुरा आएपछि छलफल हुन्छ र एउटा निष्कर्षमा पुगिन्छ । कुरै उठाइएन भने कुनै पनि विषयमा बहस हुँदैन । भारत र नेपालको सम्बन्धलाई त्रिपक्षीय होइन विशेष नै बनाउनुपर्छ भन्ने पनि आएको छ । तर त्यसरी मात्र अब चल्दैन । भारतीयहरुले समेत यो कुरा राम्ररी बुझेका छन् कि, नेपालीहरु नयाँ ढंगले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्न सक्षम भएका छन् । नेपालीहरु त्यति सजिलै आफ्ना कुरा मान्दैनन् भन्नेमा भारतीय पुगेका छन् । यसलाई सकारात्मक मान्नुपर्छ । खासगरी प्रचण्डले बानेश्वरको सभामा हाकाहाकी कुरा गरेपछि भारतीयहरू द्विदेशीय सम्बन्धलाई हेर्ने दृष्टिकोणमा सोच्न बाध्य भएका हुन् ।
नेपालसँगको सम्बन्धमा कहाँनेर कमजोरी भयो भन्ने कुरा पछिल्लो समय उनीहरुले बुझ्न थालेका छन् । भारत जाँदा गृहकार्य नगर्ने कमजोरीबाट नेपाललाई घाटा हुँदै आएको छ । विश्वेश्वरप्रसाद कोइराला, मनमोहन अधिकारी र कृष्णप्रसाद भट्टराई भारतीय स्वतन्त्रता संग्रामममा लागेकाले त्यतिखेर अर्कै सम्बन्ध थियो । त्यसपछि नेपाल र भारत दुवैतिर नयाँ पुस्ता आयो । दुवैथरिले सम्बन्ध सुधारको विषयलाई त्यति महत्व दिएनन् । त्यसो हुँदा एकले अर्काको भावना बुझ्ने कुरामा विगतमा कमजोरीहरु भए । त्यसैको परिणाम नेपाल-भारत सम्बन्ध कहिले सुखद् र कहिले दुखद् अवस्था पार गर्दै अघि बढ्यो । आर्थिक रुपबाट छिमेकी समृद्ध हुन नसके त्यसको असर अर्को छिमेकमा पर्छ भन्ने कुरा प्रचण्डले बुझाउन खोजेका छन् । रणनीतिक हिसाबले यो धेरै महत्वपूर्ण पक्ष हो । वाषिर्क ११ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिरहेको चीन र आठ प्रतिशतको आर्थिक वृद्धि हासिल गरिरहेको भारतबाट नेपालले अहिलेसम्म फाइदा लिन सकेको छैन ।
अर्थशास्त्रको विश्वव्यापी मान्यताअनुसार कुनै छिमेकीले चार प्रतिशत फाइदा गर्दा नजिकको अर्को छिमेकीले एक प्रतिशत लाभ लिन्छ । तर हाम्रो हकमा त्यसो भइरहेको छैन । प्रचण्डको भ्रमण व्यक्तिगत वा मुलुकको नेतृत्व गरेर भएको भन्नेमा टिप्पणीहरु भएको सुनिएको छ । व्यक्तिगत नै सही तर यसअघि अरु नेताहरूले गर्ने गरेको भ्रमणभन्दा यो नितान्त भिन्न छ । प्रचण्डले विदेश जाँदा नितान्त पार्टीगत वा व्यक्तिगत लाभका लागि कुरा गर्ने परम्परा तोडेका छन् । मलाई र मेरो पार्टीलाई सहयोग गर, चुनावमा जिताइदेउ भनेर प्रचण्डको भ्रमण हुन लागेको होइन ।
नेपाल गरिब, दरिद्र र अस्तव्यस्त भयो भने त्यसको असर छिमेकीलाई पर्छ, त्यसैले तिमीहरुले यो विषयलाई राम्ररी बुझ भन्नका लागि प्रचण्ड भारत गएका हुन् । त्यसकारण कसैले यसको विरोधमा चार्चा गरिरहनुको खासै अर्थ छैन । बरु त्रिदेशीय साझेदारीको अवधारणालाई कसरी परिस्कृत गर्न सकिन्छ भनेर सबैले सोच्दा राम्रो हुन्छ । यो भ्रमण हस्तक्षेपमा होइन एकअर्कालाई राम्ररी चिन्ने र सहयोगी बन्ने कुराको ढोका खोल्न सहयोगी बन्ने आशा गर्न सकिन्छ । यो व्यक्तिगत नै भ्रमण हो तर भेटघाट र कुराकानीले कालान्तरमा दुई देशको सम्बन्ध बढाउन फाइदै पुग्छ ।

No comments:
Post a Comment