कृष्णसेन न्यूज,
हामी इतिहासको अत्यन्तै
संवेदनशील मोडमा छौं । प्रधानमन्त्री निर्वाचनको असाध्यै दुःखद् प्रकि्रयाबाट
गुजि्रएर अर्को नयाँ प्रकि्रयाबाट प्रधानमन्त्री निर्वाचन गर्ने क्रममा जुटेका छौं
। यतिबेला यो माचमा धेरै महिनापछि उभिएर माननीय सदस्यहरुको अगाडि प्रधानमन्त्री
निर्वाचनको सन्दर्भमा बोल्दै गर्दा यही हलमा विस्तृत शान्तिसन्झौता गर्दा दिवङ्गत
गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गर्दा जुन भाव यहाँ थियो संविधानसभाको
निर्वाचन सम्पन्न भएर गणतन्त्र घोषणा गर्दाको जुनस्थिति थियो त्यसलाई मैले
सम्झिरहेको छु ।
१२ बुँदे समझदारी कुन ऐतिहासिक पृष्ठभूमिमा भएको थियो विस्तृत शान्तिसम्झौता के कारणले सम्भव भएको थियो जनयुद्ध र जनआन्दोलन एकअर्कामा परिपूरक बनेर नेपालको नयाँ इतिहास निर्माण गर्ने क्रम कसरी अगाडि बढेको थियो यसमा सबैको ध्यानाकर्षित गर्न चाहन्छु । इतिहासमा जहिले पनि जब सामाजिक परिवर्तन राजनीतिक परिवर्तनको प्रभावहरु अगाडि आउँछन् । जनता राजनीतिक दल राजनीतिक दलका नेताहरुका त्याग बलिदान र तपस्याहरुले त्यहाँ भूमिका खेलेका हुन्छन् ।

हामीलाई थाहा छ १२
बुँदे समझदारी दसवर्षे जनयुद्धमा १० हजार नेपाली जनताका असाध्यै राम्रा छोराछोरीको
बलिदानको जगमा र विभिन्न चरणमा भएका जनआन्दोलनमा नेपाली जनताले बगाएको रगत पसिनामा
त्यो सम्भव भएको थियो । १२ बुँदे समझदारी राजनीतिक नेतृत्वका हैसियतले भन्ने हो
भने पनि त्यतिबेलाका राजनीतिक नेता तथा कार्यकर्ताहरुको त्यागको भावना आफ्ना कतिपय
अडानहरु छोडेर अर्काका कतिपय अडानहरु तालमेल कायम गर्ने एउटा उदाहरणद्वारा सम्भव
भएको थियो । यो संविधानसभाको निर्वाचन गणतन्त्रको घोषणा सङ्घीयता धर्मनिरपेक्षता
सामाजिक न्यायजस्ता ऐतिहासिक उपलब्धिहरु यथार्थमा नेपाली जनता राजनीतिक दलका नेता
र कार्यकर्ताको त्याग र बलिदानको जगमा सम्भव भएका थिए ।
शान्तिसम्झौतामा हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला अहिले हुनुहन्न । मैले त्यो घडीलाई सम्झिरहेको छु । यो सम्झौताको विन्दुसम्म आउनका निम्ति नेपाली कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालासँग कुन राजनीतिक संवादको प्रकि्रयाबाट इतिहासको कस्तो समीक्षाको प्रकि्रयाबाट हामी नेपाली गुजि्रएका थियौं अन्य पार्टीका नेताहरुसँग पनि हाम्रो कस्तो समीक्षा भएका थिए भन्ने कुरा पनि यतिबेला स्मरण गर्न आवश्यक ठानेको छु । हामीले एउटा वाचा गरेका थियौं । १२ बुँदे समझदारीमा विस्तृत शान्तिसम्झौतामा अन्तरिम संविधानमा जबसम्म संविधानसभाबाट नयाँ संविधान बन्ने छैन नेपाली जनताले पटकपटक गरेका विद्रोह युद्ध आन्दोलनहरुमा बगाएका रगत र आशा अपेक्षा र भावनाहरुलाई नयाँ संविधानमा त्यसलाई मूर्तिकृत नगरेसम्म हामी एकअर्कामा सहमति गरेर जानेछौं । १२ बुँदे सहमतिपत्र हेर् यौं भने पनि त्यो भावना देख्न सक्छौं । अन्तरिम संविधानमा देख्न सक्छौं । अन्य तमाम राजनीतिक सहमतिहरु हेर् यौं भने पनि त्यो कुरा देख्न सकिन्छ ।
गल्ती कहाँ भयो ?
पूर्ववक्ता माननीय सदस्यहरुले प्रश्न उठाउनुभयो । गल्ती कहाँ भयो यसको समाधान कसरी गर्ने हो अहिले पछिल्लो सन्दर्भमा नेपाली जनताका जुन प्रश्नहरु छन् निराशाका भावनाहरु छन् आक्रोश चिन्ताहरु छन् ती सबैलाई हेर् यो भने यसको पछाडिको कारण के हो सबभन्दा वैज्ञानिक कारण के हो भन्ने कुराको खोजी गर्न जरुरी छ । यदि हामीले त्यो कारण ठीक ढङ्गले खोज्न सकेनौं भने आ-आफ्नो मनोगत र समूहगत स्वार्थ प्रेरित समीक्षा गरिराख्यौं भने हामीले वास्तवममा नेपाली जनताले हामीलाई जे जिम्मेवारी दिएर यहाँसम्म पुर् याएका हुन् हामी त्यो जिम्मेवारीबाट च्यूत हुनेछौं । नेपाली जनतामा अहिले बढ्दै गएको आक्रोश कहीँ न कहीँ नयाँ रुपमा विष्फोट हुनेछ ।
त्यो विष्फोटले हामी सबैलाई कहीँ न कहीँ ठूलो दुर्घटनामा पुर् याउँछ । त्यो वैज्ञानिक र वस्तुवादी समीक्षा के हो हामीलाई के लाग्छ भने हामीले १२ बुँदे समझदारीमा अन्तरिम संविधानमा अरु राजनीतिक सहमतिमा संविधानसभाको निर्वाचन भएर नयाँ संविधान नबन्दासम्म हामी सझदारी र सहमतिको प्रकि्रयाबाट अघि बढ्नेछौं भन्ने प्रतिबद्धता जनाएका थियौं । हामी सबैको प्रतिबद्धता थियो । त्यही प्रतिबद्धताप्रति विश्वास गरेर नेपाली जनताले यति ठूलो ऐतिहासिक परिवर्तन सम्भव तुल्याएको हो ।
संविधानसभाको निर्वाचन सम्पन्न भयो । संविधानसभाको निर्वाचनमा नेपाली जनताले जस्तो जनमत प्रदान गर् यो । एकीकृत नेकपा माओवादीलाई यो देशको सबभन्दा ठूलो पार्टीका रुपमा ल्याइदियो । अन्य पार्टीहरुलाई पनि एउटा स्थितिमा राखेर झन् सहमतिबाट जानुपर्ने र त्यो समझदारीको नेतृत्व गरेर जाने जिम्मेवारी जनताले निर्वाचनमार्फत माओवादीलाई दिएकै हो । सायद यहीबाट चिजहरु गड्बडियो । मैले धेरैपटक भन्ने गरेको छु । यतिबेला मैले यो कुराको स्मरण गर्न आवश्यक ठानेको छु ।
हाम्रो गल्ती कहाँनिर भयो लोकतान्त्रिक विधि मूल्य र मान्यताको हामीले धेरै कुरा गर्छौं । रामचन्द्रजीले पनि भन्नुभयो नेपालमा सहमति शब्दको धेरै अपमान भएको छ । बेइजती भएको छ । त्यो कुरा साँचो हो । तर सहमति र समझदारीको बेइजतीको सुरुआत कहाँबाट भयो त्यसको सुरुआत कसले गर् यो नेपाली जनताले व्यक्त गरेको भावनामाथि कसले प्रहार गर् यो त्यहीबाट सहमतिको धज्जी उड्यो । त्यहीबाट समझदारीको अपमान सुरु भयो भन्ने लाग्छ । मैले भन्ने गर्थें सायद यदि नेपाली कांग्रेस माओवादीजस्तै संविधानसभाका निर्वाचनबाट ठूलो भएको भए के त्यतिबेला सरकार बन्न चार महिना लाग्थ्यो लाग्दैन थियो ।
यदि नेकपा एमाले माओवादीको जस्तै ठूलो पार्टी भएर आएको भए त्यत्ति समय लाग्थ्यो लाग्दैन थियो । माओवादी पार्टी आयो । एउटा सशस्त्र विद्रोहबाट शान्तिप्र्रकि्रयामा प्रवेश गरेको शान्तिप्रकि्रयाबाट संविधानसभामा प्रवेश गर् यो । पूरै दुनियाँले अनुगमन गरेको निर्वाचनबाट आएको हो । जसलाई संयुक्त राष्ट्रसङ्घलगायतका अन्तर्राष्ट्रिय संस्थाले सबै प्रतिनिधिहरुले स्वस्थ र लोकतान्त्रिक निर्वाचनका रुपमा अनुमादेन पनि गर् यो त्यो निर्वाचनमा एउटा विद्रोहबाट शान्तिमा आएको शान्तिप्रकि्रयाबाट निर्वाचनप्रकि्रयामा प्रवेश गरेको पार्टी ठूलो हुनु नै सायद हामीले एउटा विडम्बनाको अनुभूति त्यहीबाट गर्नुपर् यो ।
हामी सहमति र समझदारीबाट अगाडि बढ्ने भन्ने अन्तरिम संविधान १२ बुँदे समझदारी विस्तृत शान्तिसम्झौताको भावना र मर्मलाई माओवादी सबभन्दा ठूलो पार्टी भएपछि त्यसलाई उल्टायौं । माओवादीप्रति कहीँ न कहीँ अविश्वासको बीउ रोपियो । त्यो माओवादी पार्टीप्रतिमात्र अविश्वास थिएन त्यो लोकतन्त्रप्रति अविश्वास थियो । जनताको भावनाप्रति अविश्वास थियो । यदि हामी यस विषयमा सबै पार्टी समीक्षा गरेर निष्कर्षमा पुग्न सक्दैनौं र आ-आफ्नो आग्रह-पूर्वाग्रहमा लोकतन्त्रको आ-आफ्नै व्याख्या गर् यौं भने अझै पनि हाम्रो बाटो सहज छैन ।
परिवर्तन संस्थागत गर्न खोज्दा राजीनामा दिनुपर्यो ?
दोस्रो कुरा संविधानसभाको निर्वाचनपछि गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्ने अवसर ढिलै भए पनि हाम्रो पार्टीलाई प्राप्त भयो । हामीले अन्तरिम संविधानको सीमाभित्र लोकतान्त्रिक प्रकि्रया जो सीमाबद्ध गरेका थियौं समझदारीमार्फत् अन्तरिम संविधानमार्फत् बनाएका थियौं त्यसको भित्रपट्टिबाट जति सकिन्छ त्यो सरकारले शान्तिप्रकि्रया अघि बढाउन र संविधान लेख्ने प्रकि्रयालाई अघि बढाउन काम गर् यो । यहाँ प्रस्तुत पनि भयो । मानौं त्यो सरकारले केही पनि गरेन । त्यो असफल भयो । त्यो विलकुल गलत छ । ४ महिनापछि विशेष समिति बनाएका थियौं । नेता साथीहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु कसको कारणले विशेष समिति गठन गर्न ढिला भएको
थियो किन ढिला भएको थियो त्यो विषयमा विचार गर्न आग्रह गर्न चाहन्छु ।
थुप्रै विघ्न बाधाका बाबजुद हामीले परिवर्तनलाई संस्थागत गर्ने र शान्तिप्रकि्रया अघि बढाउनका निम्ति पछिल्लोचरणमा जब विशेष समिति बन्यो कामहरु अगाडि बढ्दै गयो । हामीले टेक्निकल कमिटी भनेर पनि त्यतिबेलाकै सरकारको पालामा बनायौं । चार महिनाभित्र यो प्रकि्रयाको अन्त्य गर्न सकिन्छ । अन्त्य गर्नुपर्छ भनेर कार्ययोजना पनि बन्यो । कार्ययोजना बनेर कार्यान्वयनमा जानेक्रममा नै परिस्थिति त्यस्तो सिर्जना भयो कि हामीले नेपाली जनताको चाहनाअनुसार केही क्षेत्रमा परितर्वनका निम्ति गरेका केही पहलहरुविरुद्ध गम्भीर षड्यन्त्रहरु भएको आभाष पायौं ।
हामीले सुरक्षा क्षेत्रमा गर्न खोजेको लोकतन्त्रीकरण अथवा लोकतान्त्रिक मान्यतालाई जनताको भावनाअनुसार अगाडि बढाउन खोज्दा आर्थिक क्षेत्रमा विद्यमान संवैधानिक सीमाभित्र केकति सुधार गर्न सकिन्छ भनेर अगाडि बढाइएका कार्ययोजनाका सन्दर्भमा बेरोजगारी र भ्रष्टाचारीको अन्त्य गर्ने दिशामा कदमहरु चाल्दैगर्दा नेपालको विदेश नीतिको सन्दर्भमा परम्परागत ढङ्गले चल्दै आएको कैयौं पुराना मान्यताहरुको ठाउँमा नयाँ मान्यता स्थापित गर्न खोजेकै कारणले परिवर्तनलाई सम्बोधन गर्न खोजेकै कारणले परिस्थिति यस्तो सिर्जना भयो कि त्यो सरकारले शान्तिप्रकि्रयालाई चार महिनाभित्र टुङ्ग्याउने भनेर प्रस्तुत गरेको कार्ययोजना बिचमा नै त्यत्तिकै तुहिने अवस्था बनाइयो ।
सरकारलाई राजीनामा गर्न लगाउने या परम्परागत ढङ्गले नेपाली जनताको भावना नेपाल राष्ट्रको स्वाधीनता स्वतन्त्रता र आवश्यकतामा कही न कही कि त गलत ढङ्गले सम्झौता गर्नुपर्ने नेपाल राष्ट्रको आत्मसम्मानमा गलत सम्झौता गर्नुपर्ने या पराम्परागत ढङ्गका अन्य विधिविधानहरुमा गलत ढङ्गले सम्झौता गर्नुपर्ने अवस्था आएपछि तत्कालीन सरकारको नेतृत्वबाट मैले राजीनामा दिनुपरेको थियो ।
त्यो राजीनामा पत्रमा लेखिएको छ नेपाली जनता जागिसकेका छन् । नेपाली जनतामा नयाँ चेतना पैदा भइसकेको छ । निर्वाचित सरकारमाथि अङ्कुश लगाउन सामन्ती तरिकाले सामन्ती शैलीबाट निर्वाचित सरकारलाई अवरोध गर्ने कुराको मान्य छैन । त्यसैगरी हामीले त्यसबेला यो पनि भनेका थियौं कि नेपाली जनता जागिसकेका छन् । नेपाली जनतामा राष्ट्रिय स्वतन्त्रताको चेतना राष्ट्रिय स्वाभिमानको चेतना आफ्नो अधिकारका लागि आन्दोलित हुने चेतनाबाट जुन गुजि्रए नेपाली जनता सङ्घीयताको स्थितिमा जुन आइपुगेका छन् । नेपाली जनता अब विदेशी प्रभुहरुको अगाडि घुँडो टेक्ने जमाना गयो । गलत सम्झौता गरिने छैन भनेर मैले राजीनामा दिनुपरेको थियो ।
भूमिकाविहीन तर जिम्मेवार त्यहाँदेखि यहाँसम्म कसरी घटनाक्रम अगाडि बढ्यो हामीले राष्ट्रिय स्वाधीनताको पक्षमा जनताको सर्वोच्चताको पक्षमा शान्ति र संविधानको पक्षमा अनि जनताले दिएको अभिमतअनुसार माओवादी नेतृत्वको राष्ट्रिय संयुक्त सरकारको आवश्यकताको पक्षमा आवाज उठाइनै राख्यौं । शान्तिपूर्ण ढङ्गले हामी जनतामा गयौं ।
चरणबद्ध ढङ्गले त्यो कुरालाई स्थापित गर्ने र जनतालाई त्यसका निम्ति परिचालित गर्ने काम गर् यौं । थुप्रै उतारचढावहरु हुँदैजाँदा भन्न त भनियो सबभन्दा ठूलो पार्टी हुनुको नाताले शान्तिप्रकि्रयालाई अगाडि बढाउन संविधान लेख्नका लागि माओवादीको प्रमुख भूमिका हुन्छ । जहिले पनि सरकारमा हुने ठूला पार्टीका साथीहरुले हामीलाई भनिनै रहनुभयो यसको ठूलो भूमिका हुन्छ । बैठकहरु बस्दा त त्यो कुरा निकै हुने गर् यो । तर व्यवहारमा नेपाली जनताले देखेको र दुनियाँले देखेको कुरा के हो भने माओवादी पार्टीले सबै महत्वपूर्ण स्थानहरुबाट सरकारबाट संविधानसभाभित्रको भूमिकाबाट संविधान निर्माणप्रकि्रया अगाडि बढाउने भूमिकाबाट र अन्य कुनै पनि भूमिकाबाट हटाउने प्रपाच अगाडि बढ्यो ।
के यो दुनियाँको कुनै पनि लोकतान्त्रिक मूल्य मान्यताभित्र पर्छ तैपनि हामीले त्याग र बलिदानको संस्कृति भन्यौं जनताका निम्ति राष्ट्रका निम्ति हामी बलिदान र त्यागको संस्कृतिबाट अघि बढ्दै आएको हुनाले नितान्त अप्ठ्यारो स्थितिमा पनि शान्तिप्रकि्रया अगाडि बढाउन आफ्नो तर्फबाट योगदान गर्दै आयौं ।
पछिल्लो चरण हेर् यौं भने अनमिन जाने अवस्थामा आमनेपाली जनतामा एउटा चिन्ता थियो । के हुने हो अब भन्ने चिन्ता त्यसलाई सम्बोधन गर्ने क्रममा होस् । शान्तिप्रकि्रया अगाडि बढाउनका निम्ति सचिवालय निर्माण गर्नेक्रममा होस् । सचिवालयको संयोजक तोक्ने कुरामा होस् या पछिल्लो विशेष समितिअन्तर्गत क्यान्टोनमेन्ट ल्याउनका लागि गरिएको शक्तिखोरको समारोहको सन्दर्भमा होस् । हाम्रो भूमिका वैधानिक ढङ्गले नहुँदानुहँदै पनि एउटा जिम्मेवार पार्टी ठूलो पार्टी हुनुको नाताले र नेपाली जनताको आकाङ्क्षालाई सम्मानित गर्ने पार्टी हुनाको नाताले त्यसमा अघि बढी नै रह्यौं । संविधान नबन्ने भयो ।
संविधान बन्ने स्थिति रहेन । पार्टीहरुको बीचमा समझदारी भएन । आमजनतामा एउटा ठूलो निराशा आक्रोश बढ्दै गयो । माननीय सदस्यहरुमध्ये कैयौंले मलाई विभिन्न सन्दर्भमा भन्नुहुन्थ्यो बसमा चढ्दा टेम्पोमा चढ्दा वा बाटोमा हिँड्नै गाह्रो हुने भयो । संविधानसभाको लोगो लगाएर हिँड्नै नसक्ने अवस्था आयो । यस्तो अवस्थामा पछिल्लो चरणमा २७ राजनीतिक दलकोतर्फबाट एउटा कार्यदल बनाएर संविधान निर्माण गर्ने र त्यसको संयोजकको जिम्मेवारी हाम्रै पार्टी र त्यसको अध्यक्षको हिसाबले मैले लिएँ ।
केही गम्भीर र संवेदनशील विषयहरुमा गम्भीर रुपले प्रवेश गर् यौं । थुप्रै समझदारीहरु भए । झण्डै १२० विषयहरुमा समझदारी भए । त्यो बनिसकेपछि थुप्रै माननीय सदस्यहरु के भन्नुभयो भने नाक देखाउन लाज भएको थियो । अनुहार छोपेर हिँड्नुपर्ने भएको थियो । यो कार्यदल बनिसकेपछि संविधान बन्छ भन्ने अवस्था बनिसकेपछि अहिले जनताको अगाडि भन्न सकिने भएको छ । माओवादी संवैधानिक समितिको सभापति पनि छैन । संविधानसभा र सदनमा त्यसको भूमिका पनि छैन । तर पनि हामीले यो प्रकि्रयालाई गति दिइराख्नुपर्छ । जिम्मेवारी लिइराख्नुपर्छ भन्ने भनिराख्यौं ।
उम्मेदवारी फिर्ता सहमतिका लागि थियो यही क्रमको पछिल्लो सरकार निर्माणको सन्दर्भमा निश्चय नै हामीले माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बन्नुपर्छ । शान्ति संविधान र सत्ता साझेदारको विषयलाई प्याकेजमै सहमति गरेर जानुपर्छ भन्ने विषयमा लगातार अडान लिइनै राख्यौं । त्यसका निम्ति हामीले सडकमा सदनमा र राजनीतिक दलहरुसँगको वार्तामा विषयलाई गम्भीर रुपमा राख्दै रह्यौं । तर लामो समयसम्म त्यसमा कुनै निष्कर्षमा पुग्न सकेनौं । वस्तुगत र वैज्ञानिक आधारमा सहमत हुन सकेनौं । अन्ततः गएको सात महिना अगाडि प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि अब नयाँ परिस्थिति बन्यो । अब सायद हामी सबैमा एउटा नयाँ चेतना पनि भयो । नयाँ अनुभव पनि भयो ।
अब छिट्टै नयाँ समझदारी हुन्छ र नयाँ सरकार बन्छ भन्ने अपेक्षा गरिएको थियो । अहिले झण्डै साढे ६ महिनापछि हामी यहाँनिर उभिँदा साँच्चै जनतामा फेरि ठूलो निराशा राजनीतिक दल र नेताप्रति ठूलो आक्रोशको स्थिति सिर्जना गर् यौं । एउटा जिम्मेवार पार्टी हुनुको नाताले शान्तिप्रकि्रयाको एउटा प्रमुख हस्तक्षरकर्ता हुनुको नाताले मैले यो निर्वाचन निरन्तर घुमाइराख्ने प्रकि्रया धेरै अगाडि लान हाम्रो पार्टीले उचित ठानेन । सातौंपटकमा सहमति समझदारी बनोस् भनेर त्यसलाई पनि एउटा त्यागको हिसाबमा मैले त्यतिबेलाको उम्मेदवारी फिर्ता लिए र सहमति बनाउनका निम्ति वातावरण बनायौं ।
त्यसैबेला कांग्रेसको महाधिवेशन उद्घाटन चल्दै थियो । उद्घाटनको बेलामा गम्भीर रुपले अब समझदारीको विकल्प छैन । त्यसकारण हाम्रो पार्टीले यो निर्वाचन प्रकि्रयालाई घुमाइराख्ने र नेपाली जनताको नेपालका राजनीतिक पार्टीको जो अपमान भइरहेको छ । त्यो अपमानबाट उन्मुक्ति पाउनाका निम्ति एउटा नयाँ पहलको रुपमा म सबभन्दा ठूलो पार्टीको अध्यक्ष र त्यसको उम्मेदवार हुँदाहुँदै पनि त्यागका रुपमा हामीले यो गरेका छौं भनेर घोषणा पनि गरें । तर दुर्भाग्य ! अहिले यहाँ भन्न त हामी सबैले लोकतन्त्रको सहमतिको कुरा गरिरहेका छौं तर त्यागको कुरा गरेर हेर् यौं भने कसले कति त्याग गरेको छ नेपाली जनताले त्यो सबै हिसाब राम्रैसँग राखेको छ । पूरै दुनियाँले पनि हेरिरहेको छ । यो प्रकि्रयालाई निष्कर्षसम्म पुर् याउनका लागि कसले कति जिम्मेवारीको भूमिका खेलेको छ त्याग गरेको छ भन्ने कुरा आमनेपाली जनता र पूरै संसारले पनि हेरेको छ ।
जनतामा आक्रोश बढ्नुको कारण नेपाली जनतामा अहिले जुन निराशा छ यो खाली शान्तिप्रकि्रया अघि बढाउने र संविधान निर्माण प्रकि्रयाले जुन गति लिनुपथ्र्यो त्यो गति नलिएकाले मात्रै जनतामा निराशा र आक्रोश आएको छैन । अहिले महँगी बढ्दै गएको छ । सबभन्दा ठूलो भ्रष्टाचारीका रुपमा नेपाल दर्ता हुँदैछ । अभाव अस्तव्यस्तता अराजकताको सन्त्रास छ । दिनदिनै अपहरण हत्या घटनाक्रम अगाडि बढेकै छन् । अझ मधेसतिर गएर हेर्ने हो भने हाम्रो पार्टीको नेता कार्यकर्ताको हत्याको शृङ्खला दिनदिननैजस्तो चलिरहेकै छ ।
यो सबैले पनि आमजनतामा शान्तिसुरक्षाको अभाव महँगीबाट जो आक्रान्त स्थिति बनेको छ । यो सबैले नेपालको जो संसारभर अपमान भइरहेको छ । त्यसले पनि जनतामा आक्रोशको जन्म दिइरहेको छ । अघि माननीय झलनाथ खनालजीले भन्नुभयो भन्न पनि अप्ठ्यारो लाग्छ भनेर । अस्ति भर्खर म पूर्वतिर जाँदा नेताहरुप्रति जनताको आक्रोश कस्तो छ भन्ने कुरा अनुभूत गर्न पाएँ । साँच्चै नै जनतामा एउटा यस्तो आक्रोश छ त्यो कुनै बेला विष्फोटित हुने अवस्थामा छ । अहिले पनि हामी राजनीतिक दल र नेताहरुले यो कुरालाई आत्मसात नगर्ने र आफ्नै गोरुको बाह्रै टक्काको अडान लिइराख्ने हो भने जनताले हामी सबैलाई धिक्कार्नेबाहेक अरु स्थिति हुने छैन ।
सहमति हुनुपर्ने माओवादीकै नेतृत्वमा हो
यो प्रकि्रयाबाट हामीले के सोचेका थियौं भने प्रधानमन्त्री निर्वाचनको स्थिति सहज बन्छ । त्यसका निम्ति पछिल्लो चरणमा गम्भीर वार्ताहरु पनि भए । हात्तीवन होस् गोकर्ण होस् या शान्तिमन्त्रालय विभिन्न ठाउँमा विभिन्न चरणमा वार्ताहरु भए । ती वार्ताहरु सुरुमा गम्भीरताकासाथ अगाडि बढे तर पछि स्वयम् हाँस्यव्यङ्ग्यजस्ता हुन थाले । मिडियाहरु हेर् यो भने वार्ताको बारेमा आउने कार्टुनहरु सबैका निम्ति हाँसो विषयहरु बने । साँच्चै नेपाली राजनीतिक पार्टीको नेपाली राजनीतिक नेताहरुको अपमानित गर्ने विम्ब चित्रहरुमा हामीले रेकर्ड नै बनायौं जस्तोलाग्छ । पार्टी र नेताहरु बस्यो वार्तामा बस्यो त्यसमा सबैले आफ्नै कुरा भन्ने । उही कुरा दोहोरी राख्ने । सहमतिका लागि प्रयत्न जारी छ भनेर हामी भनिराख्छौं । जनतामा प्रत्येकपटक निराशा र आक्रोश बढी राख्छ । यो प्रकि्रया बढिराख्यो ।
अहिले नयाँ सन्दर्भमा आइपुग्दा हामी के आधारमा सहमति गर्ने एउटा त इतिहासको सही समीक्षाको आधारमा सहमति गर्ने । अर्को लोकतान्त्रिक विधिअनुसार सहमति गर्ने । हामीले लगातार भन्यौं । माओवादी पार्टी संविधानसभाको सबभन्दा ठूलो पार्टी हुनुको नाताले दोस्रो शान्तिप्रकि्रयाको प्रमुख पक्ष हुनुको नाताले अहिलेको सङ्घीयता धर्मनिरपेक्षता सामाजिक न्याय समावेशी र समानुतातिकको एजेन्डाहरुको प्रमुख प्रवर्तक हुनुको नाताले माओवादीको नेतृत्वमा सबै मिलेर जानुनै सहमतिको आधार हो । यसोभन्दा अन्य पार्टीका साथीहरुले सधैं भन्ने गरेको तर्क हामी सबैलाई थाहा छ । माओवादी पार्टी नागरिक पार्टी बनिसकेको छैन । माओवादी पार्टी निःशस्त्र भइसकेको छैन ।
त्यसकारण माओवादीलाई मान्न सकिँदैन । एउटै तर्क त्यत्तिमात्रै हो । हाम्रो जवाफ जहिले पनि के रहने गर् यो भने मित्रहरु विस्तृत शान्तिसम्झौता गर्दा यो कुरा हामीले किन भनेनौं १२ बुँदे समझदारी गर्दा हामीले यो कुरा किन भनेनौं अन्तरिम संविधान लेख्दै गर्दा हामीले यो कुरा क्यान्टोन्मेन्टमा जनसेना गइसकेपछि जबसम्म त्यो क्यान्टोन्मेन्ट खाली हुँदैन तबसम्म माओवादीलाई नेतृत्व दिन सकिँदैन हामीले किन भनेनौं संविधानसभाको निर्वाचनपछि गणतन्त्र घोषणा भएपछि पहिलो सरकार बन्दा हामीले यो कुरा किन भनेनौं अहिले जनमुक्ति सेना असाध्यै दुःख कष्ट उठाएर जङ्गलको बीचमा भौतिक अभाव र निकै ठूलो पीडा लिएर अनुशासित रुपमा बसिरहकै छ ।
त्यो अनुगमनमै छ । हामी निर्वाचन गरेको हतियारको बलमा त होइन । अहिले आएर यो प्रश्न तेस्र्याउनु कहाँको लोकतान्त्रिक मान्यताभित्र पर्छ यसो गर्नु खाली जनताको अभिमतको अपमान गर्नुबाहेक केही हुँदैन । हामीले भनि नै राख्यौं । यो कुरा त इतिहासले बडो निर्मम ढङ्गले फैसला गर्छ भन्ने मलाई लाग्छ । हाम्रो आधार हाम्रो तर्क वैज्ञानिक र वस्तुवादी कि अन्य पार्टीका साथीहरुले राखेका वैज्ञानिक र वस्तुवादी हुन् यसको फैसला विस्तारै हुँदै जाला । तर हामी जिम्मेवार पार्टी हुनुको नाताले शान्तिप्रकि्रया अगाडि बढाउनका निम्ति संविधान निर्माणलाई अगाडि बढाउनका निम्ति जनताको भावना र राष्ट्रको स्वतन्त्रता र आवश्यकताका पक्षमा जनमत सिर्जना गर्नका निम्ति हामीले अगाडि बढी नै राख्यौं र राखिरहेका छौं ।
पहिलो प्रधानमन्त्री चरणको निर्वाचन प्रकि्रयामा हामीले त्यागलाई सम्झियौं । भलै माओवादीलाई चारैतिरबाट अप्ठ्यारोमा पारिँदैछ । यसको नेतृत्वलाई अपमानित गर्नलाई धेरै प्रपाच भएको कुरा पनि हामीलाई थाहा छ । त्यति हुँदाहुँदै पनि हाम्रो एउटा ऐतिहासिक जिम्मेवारी छ । माओवादी र त्यसको नेतृत्वको हैसियतले गिरिजाबाबुको अभावमा हामीले यसको जिम्मेवारी लिनुपर्छ । हामीले त्यागद्वारा नै यो प्रकि्रयालाई अगाडि बढाउनुपर्छ भन्ने ठान्यौं । मैले अघि भने त्यही मान्यताभित्र नै मैले प्रधानमन्त्रीबाट राजीनामा दिँदा होस् प्रधानमन्त्रीको उम्मेदवारी सातौं पटकमा फिर्ता लिँदा होस् । त्यही भावनाले नै काम गरेको हो ।
थप्पड होइन, जुत्ता हान्ने स्थिति आयो
आज हामी फेरि निर्वाचनमा छौं । हेर्दैजाँदा फेरि पनि प्रधानमन्त्री निर्वाचनको परिणाम नआउने नै परिस्थिति देखापर् यो । हामी चारजना उम्मेदवार हिजो मनोनयन त दर्ता गरायौं । चारजना उम्मदेवार छौं । हामी चारजना आ-आफ्नै लोकतान्त्रिक मूल्य र मान्यताअनुसार नै छौं । म यहाँ कसैलाई आरोपित गर्न चाहन्न । हाम्रो पार्टीले हिजो बेलुकादेखि परिस्थितिको गम्भीर लेखाजोखा गर्दै जाँदा फेरि पनि निर्वाचनको परिणाम नआउने खतरा प्रष्ट रुपमा हामीले महसुस गर् यौं । फेरि निर्वाचन फेरि परिणामविहीन फेरि निर्वाचन फेरि परिणामविहीन हुने र त्यसपछि हामी पार्टी र नेताहरु बाटोमा निस्कन पनि नसकिनेजस्तो हुन थाल्यो । अहिले त एकाध जनताले एकाध नेतालाई मात्रै थप्पड हानेका छन् । अब अहिले पनि प्रधानमन्त्री बनाउन नसक्ने हो भने बाहिर निस्कँदा जनताले जुत्ता हान्ने स्थिति हाम्रो पार्टी र म उम्मेदवार हुनाको नाताले मैले असाध्यै महसुस गरेँ ।
हामी नेपाली हौं । नेपाली पार्टीहरु नेपाली नेताहरु एउटा सरकार बनाउन पनि असक्षम छन् भन्ने मान्यता इतिहासमा कलङ्क हुने हो कि भन्ने डर पनि मलाई निकै गहिरो गरी लाग्यो । साँच्चै म ठूलो पार्टीको अध्यक्ष त्यसकोतर्फबाट उम्मेदवार । फेरि पनि हार्ने लिस्टमा मै पर्ने भए भन्ने देखेँ । यो हार्ने प्रकि्रया र सरकार नबन्ने । हामी ६०१ जनाले सरकार बनाउन सकेनौं भन्ने सन्देश गइराख्ने । यो क्रमले साँच्ची म हिजो रातभरि राम्रोसँग सुत्न पनि सकिनँ । के गर्ने कोही कसैले अडान छोड्ने पक्षमा छैन ।
रामचन्द्रजीसँग कुरा गर् यो उहाँले ३ महिना मलाई छाडी दिनुहोस् त्यसपछि जे गरे पनि गर्नुहोस् भन्नुहुन्छ । कहिल्यै छोड्नुहुन्न । त्यही कुरा भएकैभएको छ सधैं । झलनाथजीलाई भन्यो उहाँले पनि अहिले आवश्यकता मेरै छ भन्नुहुन्छ । छोड्ने कुरै गर्नुहुन्न । अब अहिले नयाँ थपिनुभयो विजय गच्छदार हिजोदेखि । उहाँको पनि आफ्नो सपना त हुने नै भयो । तै पनि आज बिहानसम्म मैले सोचेँ र हाम्रो पार्टीमा कुरा भयो यो स्थितिका निम्ति अन्तिम कुरा गर् यौं सहमति हुन्छ कि भनेर । मैले बिहान मेरो केही कमरेडहरुसँग कुरा गरेँ कि अब कोही त्याग गर्न तयार छैनन् । जनतालाई उत्साहित पार्ने जनताको मर्म र भावनाको सम्बोधन गर्ने जनताको चहराएको घाउमा मलमपट्टि गर्नेतिर छैनन् ।
आफ्नै कुरा माथि पार्नेतिरमात्रै छ भन्ने देखिसकेपछि एक मन त हाम्रो पार्टी जुन एउटा विद्रोहबाट आयो जनताका जाति क्षेत्र लिङ्ग वर्गका मर्म र भावनाको सम्बोधन गर्ने ढङ्गले आयो । मैले एकजना कमरेडलाई भनेँ- कमरेड म त धेरै नै आँत्तिन लागिसकेँ अब जनतामा निराशा छ पार्टीहरुप्रति नेताहरुप्रति । अब संविधानसभाबाट संविधान बनाउने काममा सकि्रय हुनुपर् यो शान्तिप्रकि्रया अगाडि बढाउन जो हामीले सुरु गरेका छौं यसलाई गति दिऔं । सदन चाहिँ बहिष्कार गर्ने सरकार निर्माण प्रकि्रयाबाट आफूले आफूलाई अलग गरौं । मलाई त त्यस्तो पनि लाग्यो भनेर मैले आज बिहानमात्र भनेँ ।
यति फोहोरी देखिन थाल्यो । यति धेरै अपमान नेपालको नेपालीको राजनीतिक दल र नेता सबैको । यसले त अब पार्टीहरु सबै असफल नेताहरु जति सबै बदमास जनताको भावना नबुझ्नेजस्तो । अब अर्को कुन अलौकिक तत्व आएर गर्ने हो नेपालमा । भनेको कोही न कोही तानाशाह कोही प्रतिगामी कोही अपराधी आउनुबाहेक त विकल्प नहोला । तपाईंहामीभन्दा राम्रो मान्छे अरु छन् भन्न पनि सकिन्न । सिद्धान्तको आधारमा र इतिहासको आधारमा सबै यहाँभन्दा अर्को हेर् यो भने यो भन्दा अरु आउने त नराम्रो मान्छे न हो ।
समस्या समाधानका लागि त्याग कमसेकम हामी ठूलो पार्टी धेरै एजेन्डाबाहक हुनुको नाताले कताकता यो प्रकि्रयाबाट हामीलाई अलग राखौं । सदनमा नजाने हो कि संसद् बहिष्कार गर्ने कि भन्नेसम्म पनि पुगेँ । यद्यपि यो मेरो आवेश होला । त्यो भावना पनि हो । त्यसले पनि समस्या समाधान त हुँदैन थियो । समस्या समाधानमा त त्यागको खाँचो पर्छ । केही न केही बलिदानको खाँचो पर्छ । जनतामा जो निराशा छाएको छ यो कसले सम्बोधन गर्ने हो भनेर सोच्दैजाँदा अहिले भर्खरै हाम्रो पार्टीको स्थायी समितिको बैठक पनि यहीं आएर बस्यौं । र हामीले गम्भीर रुपमा विचार गर् यौं कि आज सरकार बनाइ छाड्ने प्रतिज्ञा लिनुपर्छ ।
सरकार दिने कुरामा माओवादी पार्टी सबभन्दा ठूलो पार्टी जिम्मेवार पार्टी हुनुको नाताले जिम्मेवारी लिनुपर्छ । यो जिम्मेवारी आफूले त्याग गरेमात्रै प्राप्त हुनेवाला छ । जनताले सरकार पाउनेवाला छन् । हाम्रो ६०१ जनाको इज्जत रहनेवाला छ । अरु कुनै उपाय हामीले देखेनौं । त्यसरी हेर्दा हामीले कुनै विचार सिद्धान्त मान्यताभन्दा बाहिर गएर अपवित्र गठबन्धन हुन्छ भन्ने कुरा हाम्रो होइन । हामीले केही वैचारिक राजनीतिक विषयमा शान्तिप्रकि्रया अगाडि बढाउने प्रतिबद्धता त्यो प्रतिबद्धता अगाडि बढाउँदा हामीसँग जेजति कामहरु बाँकी छन् बाँकी कामहरुलाई टङ्ग्याउने एउटा मार्गचित्रसहित जनताको भावनाअनुसार संविधान निर्माण गर्ने प्रतिबद्धतासहित र सरकार साचालन गर्ने प्रकि्रयामा पनि केही आधारभूत मान्यतामा सहमतिका आधारमा हामीले भर्खरै के निर्णय गर् यौं भने हामीले आफ्नो उम्मेदवारी फिर्ता लिने र नेकपा एमालेका उम्मेदवार झलनाथ खनाललाई समर्थन गर्ने निर्णय गर् यौं ।
झलनाथलाई समर्थनका तीन कारण
हाम्रो यो निर्णयले हामीलाई के विश्वास छ भने पहिलो कुरा आज सरकार गठन हुन्छ । नेपाली जनतामा ठूलो राहत पैदा हुन्छ । दोस्रो कुरा शान्तिप्रकि्रया र संविधान निर्माणप्रकि्रयाले नयाँ गति प्राप्त गर्छ । त्यो सफलतातिर जाने मजबुद आधार खडा हुन्छ । तेस्रो कुरा नेपाली पार्टीहरु नेपाली नेताहरु आफ्नो कुरा आफैं फैसला गर्न सक्छन् भन्ने एउटा इतिहास मान्यता स्थापित हुँदैछ । हामी कसैको आदेश र इशारामा होइन हामी नेपाली पार्टीहरु नेपाली नेताहरु आफ्नो भाग्य र भविष्य आफै बनाउन सक्षम छौं भन्ने इतिहास निर्माण आफैंमा महत्वपूर्ण हुन्छ भन्ने विश्वास हामीलाई छ ।
हो हामी हाम्रो शान्तिका निम्ति संविधानका निम्ति नेपाली जनताको समृद्धिका निम्ति हाम्रो छिमेकीहरुसँग अन्तर्राष्ट्रिय समुदायसँग राम्रो सम्बन्धको पक्षमा छौं । राम्रो सम्बन्ध भएर जाओस् भन्ने पक्षमा छौं तर हामीलाई हाम्रो राष्ट्रिय हित हामीलाई हाम्रो राष्ट्रिय स्वतन्त्रता हामीलाई हाम्रो आत्मनिर्णयको अधिकार सबभन्दा बढी प्यारो छ । यसमा कसैको कुनै पनि दबाब मान्य छैन । यो मान्यता स्थापित गर्न आफैंमा एउटा नयाँ इतिहासको गोरेटो कोर्नु हो । यो कुरा यहाँहरु माननीय सदस्यहरुलाई राख्दै गर्दा हामी सबैले छातिमा हात राखेर विचार गर् यौं हामी के गर् यौं भने हाम्रो छवि सुधारिन्छ नेपालीको शीर ठाडो हुन्छ भन्ने कुरा पनि आज हामीले सरकार दिनसक्नु महत्वपूर्ण उपलब्धि हुन्छ भन्ने म ठान्छु ।
यही दृष्टिकोणबाट ठूलो पार्टी हुनुको नाताले शान्तिप्रकि्रयाको प्रमुख पक्ष हुनुको नाताले अहिलेको गणतन्त्र धर्मनिरपेक्षता सामाजिक न्याय सङ्घीयता सबैको प्रमुखबाहक हुनुको नाताले हाम्रो नेतृत्वको दाबी सही हुँदाहुँदै पनि इतिहासको यो विन्दुमा हामीले सरकार निर्वाचन पनि गर्न नसक्ने कलङ्कबाट नेपाल र नेपाली सबैलाई बचाउनका निम्ति त्यागको एउटा अर्को कीर्तिमान कायम गर्दैछौं भन्ने मान्यता राखेका छौं ।
(व्यवस्थापिका-संसदमा प्रधानमन्त्री निर्वाचनका सन्दर्भमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले व्यक्त गर्नुभएको मन्तव्य)

No comments:
Post a Comment