जन्म:१४ जुन १९२८
रोसारिओ,अर्जेन्टिना(Rosario, Argentina)
मृत्यु:९ अक्टूबर १९६७ (३९ वर्षको उमेरमा)
ला हिगुएरा, बोलिभिया(La Higuera,Bolivia)
कार्यक्षेत्र:राजनैतिक क्रान्ति
ला हिगुएरा, बोलिभिया(La Higuera,Bolivia)
कार्यक्षेत्र:राजनैतिक क्रान्ति
राष्ट्रीयता:अर्जेन्टिना
आमाको नाम:केलिया डि ला सर्ना लोसा(Celia de la Serna y Llosa)
पिताको नाम:एर्नस्टो ग्वेभारा लिन्च(Ernesto Guevara Lynch)
क्रान्तिको असर परेका देश:दक्षिणी अमेरिकाका प्रायः सबै राष्ट्रहरु
क्रान्तिको क्षेत्र(विषय):साम्यवादी (Communist)
आन्दोलन:साम्यवादी (Communist)
क्रान्तिको परिणाम:साम्यवादी सरकारको स्थापना
अन्य कार्य:लेखन
अर्नेस्तो "चे" ग्वेभारा (स्पेनी: Ernesto Che Guevara; १४ जून १९२८ – ९ अक्टोबर १९६७), अर्जेन्टीनाका मार्क्सवादी क्रांतिकारी थिए जसले क्यूबाको क्रांतिमा मुख्य भूमिका निभाएका थिए। यिनलाई एल चे अथवा केवल चे पनि भनिन्थ्यो। यिनी डाक्टर, लेखक, गुरिल्ला नेता, सामरिक सिद्धान्तकार र कूटनीतिज्ञ पनि थिए, जसले दक्षिणी अमेरिकाका धेरै राष्ट्रहरुमा क्रांति ल्याएर ती देशहरुलाई स्वतन्त्र बनाउने प्रयास गरे । मृत्युपछि उनको अनुहार सारा संसारमा सांस्कृतिक विरोध एवं वामपंथी गतिविधिहरुको का प्रतीक बन्यो।
चिकित्सीय शिक्षाको बेला चे पूरैल्याटिन अमेरिकामा
धेरै घुमे। त्यस बेला पूरै महाद्वीपमा व्याप्त गरीबीले उनको हृदयमा चोट
पुर्यायो। उनले निष्कर्ष निकाले कि यस गरीबी र आर्थिक विषमताको मुख्य कारण
एकाधित्य पूंजीवाद, नवउपनिवेशवाद र साम्राज्यवाद, जसबाट छुटकारा पाउने एकमात्र उपाय थियो - विश्व क्रांति। यसै निष्कर्षको अनुसरण गर्दै उनले ग्वाटेमालाका
राष्ट्रपति याकोबो आरबेंज़ गुज़मानद्वारा चलाइएको समाज सुधारहरुमा भाग
लिए। उनको क्रांतिकारी सोच तब अझ दह्रो बन्यो जब १९५४मा गुज़मानलाई अमेरिकाको मददले हटाइयो। यसको केही समय पछि मेक्सिको सिटीमा उनको राऊल र फिदेल कास्ट्रो सित भेट भयो, र उनी क्यूबा को २६ जुलाई क्रांतिमा सामेल भए। चे शीघ्र नैं क्रांतिकारीहरुको कमानमा अर्को ठाउँसम्म पुगे र बातिस्ताको राज्य विरुद्ध दुई वर्षसम्म चलेको अभियानमा उनले मुख्य भूमिका निभाए।
क्यूबाको क्रांति पश्चात चेले नयाँ सरकारमा धेरै महत्त्वपूर्ण कार्य गरे, र साथ-साथै सारा विश्वमा घुमेर क्यूबाको समाजवादको लागि अन्तर्राष्ट्रीय समर्थन जुटाए। उनिद्वारा प्रशिक्षित सैनिकहरुले पिग्सको खाड़ी आक्रमणलाई सफलतापूर्वक पछारे।सोभियत संघसित नाभिकीय प्रक्षेपास्त्र लिएर आए, जसद्वारा १९६२को क्यूबन प्रक्षेपास्त्र संकटको शुरुवात भएकोथियो, र सारा विश्व नाभिकीय युद्धको स्थितिमा पुगेकोथियो। साथै चेले लेखेका पनि छन्, उनका सबभन्दा प्रसिद्ध कृतिहरु हुन् - गुरिल्ला युद्धको नियम-पुस्तक र दक्षिणी अमरीकामा उनको यात्रामा आधारित मोटरसाइकल डायरीहरु। १९६५मा चे क्यूबादेखि निक्लेर कांगो पुगे जहाँ उनले क्रांति ल्याउने विफल प्रयास गरे। यसपछि उनी बोलिविया पुगे र क्रांति उक्साउने प्रयास गरे तर पक्राउ परे अनि उनलाई गोली हानी मारियो।
मृत्युपछि पनि चेलाई आदर र धिक्कार दुइटै दिइयो। टाइम पत्रिकाले उनलाई २०औं शताब्दीका १०० सर्वाधिक महत्त्वपूर्ण व्यक्तिहरुको सूचिमा सामेल गर्यो। चे को तस्वीर गेरिलेरो एरोइको (स्पेनी: Guerrillero Heroico, वीर गुरिल्ला) लाई विश्वको सबैभन्दा प्रसिद्ध तस्वीर मानिएको छ।
No comments:
Post a Comment