Dec 16, 2010

पुष्पकमल दाहाल "प्रचण्ड".

पुष्पकमल दाहाल


पुष्पकमल दाहाल (प्रचण्ड) नेपाल कम्युनिष्ट पार्टी एकीकृत माओवादीका अध्यक्ष हुन्। झण्डै ३ बर्ष भूमिगत जीवन विताएका यिनी २०६२-६३ को जनआन्दोलन पछि खुला राजनीतिमा प्रवेश गरेका हुन्। संविधानसभा निर्वाचन २०६४ मा २ ठाउँबाट निर्वाचित उनी त्यसपछि नेपालको प्रधानमन्त्री बन्न पुगेका थिए

राजनीतिक यात्रा

पढाईमा अब्बल दर्जा भएको पुष्पकमलमा राजनीतिक बीउ भने १० कक्षा पढ्दादेखि अंकुराउन थालेको हो । प्रचण्ड त्यो क्षण सम्झन्छन्, "पहाडमा खान नपुगेर तराईको पीडाले पनि परिवारमा मनोवैज्ञानिक असर परेकै थियो । त्यसमा पनि वरपरको वातावरण पनि पूरै कम्युनिस्टमय थियो । मेरै घरनजिक धनबहादुर विक कम्युनिस्ट कार्यकर्ता रहेछन् । उनले मलाई कम्युनिस्ट बन्ने प्रेरणा दिए । उनले नै रूपलाल विश्वकर्मासँग चिनजान गराइदिएका हुन् ।" त्यसपछि उनको सम्पर्क पुष्पलाल श्रेष्ठसँग भयो । चौथो महाधिवेशनपछि उनको भक्तबहादुर श्रेष्ठसँग घनिष्ठ सम्बन्ध गाँसियो । त्यस हिसाबले उनको राजनीतिक जीवनको आरम्भ तत्कालीन पुष्पलाल समूहमा २०२८ सालमा प्रवेश गरेपछि भएको माने हुन्छ । भक्तबहादुर पार्टीको महामन्त्री हुनेबेला प्रचण्ड क्षेत्रीय ब्युरो सदस्य पदमा कार्यरत थिए । ०३९ सालतिर निर्मल लामा र मोहनविक्रम सिंहबीच विवाद आएपछि प्रचण्ड त्यसबेला मोहनविक्रमतिर लागे । उनको विश्लेषणमा, "लामाको चुनावप्रतिको मोह भएका कारण उनलाई परित्याग गरेर मोहनविक्रमतिर लागियो । मोहनविक्रम नै मेरा विरूद्ध केन्द्रीय समितिमा यसरी नकारात्मक रूपमा प्रस्तुत हुनुभयो, पछि बाध्य भएर विद्रोह गर्नुपर्‍यो ।"

फेरि वैद्य नजिक

प्रचण्डको सम्बन्ध मोहन वैद्यसँग नजिक हुन पुग्यो । किनभने, त्यतिखेर वैद्य पनि मोहनविक्रमबाट छुट्टीएर नेकपा 'मशाल' का महामन्त्री भएका थिए । त्यसबेला गोप्य योजना बनाई सशस्त्र विद्रोहको तयारी गर्न नपाउँदै प्रहरीकहाँ त्यो सूचना पुग्यो र दर्जनौँ कार्यकर्ता पक्राउ परे । त्यसपछि वैद्यले नैतिकताका आधारमा राजीनामा दिई प्रचण्डलाई महामन्त्री पदमा सिफारिस गरे । ०४६ सालको जनआन्दोलनपछि तत्कालीन चार कम्युनिस्ट पार्टीहरू 'मशाल', चौथो महाधिवेशन, सर्वहारावादी श्रमिक सङ्गठन र विद्रोही मसाल मिलेर बनेको एकता केन्द्रको समेत प्रचण्ड महामन्त्री भए । त्यसपछि ०५१ सालमा फेरि एकताकेन्द्र छुट्टीएर दुई चिरा भएपछि प्रचण्ड समूहचाहिँ नेकपा माओवादीका रूपमा देखा पर्‍यो, जसले एक वर्षपछि सशस्त्र विद्रोह थाल्यो । ०४६ सालको जनआन्दोलन हुनु केही समयअघि प्रचण्डले गोरखाको सिरूबारीको तिरानचोकमा १६ जनालाई पहिलोपटक हतियार चलाउने तालिम दिएका थिए । २०६२ फागुन २ गतेको 'जनादेश' लाई दिइएको अन्तर्वार्तामा प्रचण्डले भनेका छन्, "त्यो तालिमको तयारीका लागि राइफल किन्न बादल र म मनाङस्थित देव गुरूङको घरमा गयौँ । त्यही क्रममा ०४५ सालमा पार्टीका सैन्य दस्तावेज, लेखराज भट्टले पार्टीलाई उपलब्ध गराएको एउटा पेस्तोल र १० गोला जिलेटिन शरीरमा लुकाएर बादल र म बसबाट गोरखा जाँदै गर्दा मुग्लिनको पुल तरेपछि तनहुँको डीएसपी र सीडीओद्वारा भएको खानतलासीमा रौँ प्रमाणले मात्र बँचियो ।" त्यो समुहका प्रायः सदस्यहरू अहिले केन्द्रीय समितिमा छन् । त्यसपछि ०५२ मा 'जनयुद्ध' थाल्नुभन्दा केही समयअघि गोरखाकै गाईपुरमा अर्को तालिम दिए, प्रचण्डले । १० वर्षका दौरानमा लडाइँका मोर्चाहरू तयार पार्नेदेखि आक्रमणका योजना बनाउनेसम्म काम गरे पनि उनी अहिलेसम्म प्रत्यक्ष लडाइँमा सहभागी भएका छैनन् ।

आमा बित्दाको क्षण

०५२ सालमा भूमिगत हुनुभन्दा केही समयअघि उनकी आमा क्यान्सरको बिरामीले थला परिन् । उनलाई वीर अस्पताल पुर्‍याइयो । मुक्तिरामलाई सम्झना ताजै छ, प्रचण्ड त्यसबेला आफैँ वीर अस्पतालमा कुरूवा बसेका थिए । दुर्भाग्यवश, त्यहीँ उनकी आमाको निधन भयो । अनि दाहसंस्कारको व्यवस्था मिलाएर प्रचण्ड त्यहाँबाट हिँडे । किरिया गरेनन्, भाइले गरे । ०५२ सालपछि २०६३ सालमा प्रचण्डको बाबुसँग भेट भयो । न्वारानको नाम छविलाल भएकाले उनलाई छवि नै भन्थे परिवारमा। घरको प्यारो नाम 'बाबु' थियो । तर, स्कुल पढ्दापढ्दै छविले आफ्नो नाम आफैँ पुष्पकमल राखेछन् । बाबुआमाले प्रचण्ड भन्ने नाम आफ्नो छोराको हो भनेर धेरै ढिलो मात्रै थाहा पाएका हुन् ।

पकड बलियो हुँदै

०५७ सालमा भारत, पन्जाबको जालन्धरमा सम्पन्न माओवादीको दोस्रो राष्ट्रिय सम्मेलनले प्रचण्डपथको अवधारणा पास गरेपछि पार्टी भित्रै उनका केही आलोचक पनि जन्मिए । दोस्रो राष्ट्रिय सम्मेलनले पारित गरेको दस्तावेज अनुरूप माओवादीले ०५८ सालमा आफ्नो छुट्टै 'जनमुक्ति सेना, नेपाल' गठन गर्‍यो, जसको सर्वोच्च कमान्डर प्रचण्डलाई नै बनाइयो । ०६१ भदौमा फुन्टीबाङमा सम्पन्न बैठकले रणनीतिक प्रत्याक्रमणको योजना कार्यान्वयन गर्न पार्टीको सैन्य र राजनीतिक फाँट दुवैमा प्रचण्डकै नेतृत्व हुनुपर्ने निर्णय गरेपछि डा. बाबुराम भट्टराई समूहसँग उनको मतमतान्तर हुन पुग्यो । यस विवादले यतिसम्म ठूलो रूप लियो कि दुवै नेताहरू एकअर्कामा दरबारपरस्त र भारतपरस्त भन्ने जस्ता आरोप-प्रत्यारोपसमेत भए । 'माघ १९' पछिको अन्तर्राष्ट्रिय दबाब नभएको भए सायद माओवादी पार्टी यतिखेर फुटिसक्थ्यो । राजाको 'कू' का कारण माओवादीको अन्तर्राष्ट्रिय सङ्गठन -रिम र पार्टीभित्रका केही नेताको दबाबमा प्रचण्ड र बाबुरामको विवाद मिलाए । यो विवाद २०६२ कात्तिकमा सम्पन्न चुङबाङ बैठकमा सबै पक्षबाट आत्मालोचना गरेर साम्य भएको थियो । पछिल्लो अवस्थामा पार्टीभित्र प्रचण्डको दह्रो पकड देखिन्छ । श्रीमती सिता त पार्टीमा छन नै उनका दुई छोरी र एक छोरा सबै पार्टीका 'डब्लूटी' बनेका छन् । विद्रोहको सुरूदेखि नै आधार इलाकामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका पोस्टबहादुर बोगटी (दिवाकर) की छोरीसँग प्रचण्डका छोरा प्रकाशको विवाह २०६२ फागुनमा एक भव्य समारोह बीच भारतमा भएपछि उनको अर्को नाता गाँसिएको छ । उनका छोरीपट्टीका सम्धी दुवै भारतमा प्रवास ब्युरोमा कार्यरत छन् ।

विबाद

उनले पाँच लाख बराबरको खाट चीनबाट मगाएको समाचार बिभिन्न पत्र पत्रिकाले छाप्दा उनका कार्यकर्ताहरुले छापाखानामा तोडफोड गरेका थिए ।

समयानुक्रम

पूर्वाधिकारी
अगस्ट् १८, २००८ देखि मे ४, २००९
उत्तराधिकारी
माधब कुमार नेपाल

No comments:

Post a Comment

पपुलर पोस्टस्