Dec 21, 2010

क. माओ को संघियता

कम्निस्टलाई क. माओ र नेपालीलाई छिमेकी शक्ति सम्पन्न मुलुक यो भन्दा वेस्ट उधाहरण अरु छ जस्तो लाग्दैन पहिचान र समर्थता सहितको संघियता....
चीन बिश्वको सबैभन्दा धेरै जनसंख्या भयको देश हो | चीनको जनसंख्या १.२ बिलियन छ | यो बिश्वको जनसंख्याको २५% हो | भूगोलको हिसाबले चीन बिश्वको तेस्रो देश हो | चीनको भुगोल, सास्कृति, भाषा र जातीय पहिचान अरु देश भन्दा फरक छ | चीनले आफ्नो देशको ५००० वर्ष भन्दा पुरानो इतिहास सुचिकृत गरेको छ | चीनको आफ्नै खाले भाषा छ भनिन्छ चिनिया भाषामा पूर्ण बिराम र कमा हुदैन | जे बिषयमा चिनिया भाषाको अक्षर लेखिन्छ त्यो अक्क्षरले त्यस चिजको मिनिन्ग समेत दियको हुन्छ |

यसरि आफ्नै छुट्टै मौलिक पहिचान र सास्कृति बोकेको चीन सन् १९४९ मा स्थापित जनबादी सत्ताले मौलिकढंगले स्वतन्त्र अर्थतन्त्रको बिकाश गर्नुको साथै चीनिया मोडलको समाजबाद निर्माणका आधारहरु तयार पारिरहेको बतायको छ | चीन भुगोल र जनसंख्या दुवै दृष्टिले नेपाल भन्दा कैयौं गुणा बिशाल भए पनि नेपालमा जति जातीय समुदाय छन् त्यति चीनमा समेत रहेका छैनन् | हाम्रो जस्तो २ करोड ८० लाख जनसंख्या र सानो भुगोल भयको देशमा १०० भन्दा बादी जति छन्  तर चीनमा मात्र ५६ जातीय समुदाय छन् | चीनको जनसंख्याको ८९ % त हान जातिकै मात्र जनसंख्या छ | बाँकी ५५ वटा माइनरिती समुदाय ११ % मात्र छन् | ती ११ % मात्र भयका माइनरिती  समुदाय भित्र ५ जातिको नाममा जातीय स्वयत्त राज्यहरु स्थापित छन् | चीनमा २३ वटा प्रभिन्स, ५ वटा जातीय स्वायत्त प्रदेश, ४ केन्द्रशासित प्रदेश र दुई बिशेस प्रदेश गरी३४ वटा प्रादेशिक प्रशासनिक क्षेत्रछन् | ताइवान पनि चीनकै अभिन्न अंगको रुपमा रहेको छ | नेपालको उत्तरी सिमानामा पर्ने तिब्बतमा बसोबास गर्ने तिब्बेतियनहरुको नाममा तिब्बत स्वायत्त प्रदेशहरु छन् | यसैगरी जातीय आधारमै सिन्जेयान, ग्वाग्सी, निन्साग क्विई, इनरमंगोलिया स्वायत्त प्रदेश हरु छन् | यी ५ ओटा जातीय राज्य संचालनका लागि बिशेष निर्देशिकाहरु छन् | चीनको राज्य संरचना, शाषकीय स्वरुप र स्वायत्त प्रदेशका आफ्नै मौलिक मोडेलहरु छन् | चीनले कुनै देशको नक्कल गरेको छैन |

चीनमा जनबादी क्रान्ति सम्पन्न भएपछी शोभियत संघले चीनमा पनि रुसमा जस्तै मोडेल लागू गर्न दवाब दियको थियो    | तर चीनले नक्कल होइन आफ्नै मौलिकतामा अघि बढ्ने नीति लियो | शोभित युनियनमा आत्मानिर्णयको आधिकारसहितको स्वायत्त प्रणाली थियो चीनमा रुसकै नक्कल गरेर प्रदेशलाई जतिबेला पनि छुट्टिने अधिकार दिंदा चीनलाई नै टुक्राउने खतरा हुन्थ्यो | चीनमा छुट्टिने आधिकार बाहेक देशको मूल कानुन संबिधानसंग नबाझिने गरी आफूलाई आबस्यक पर्ने कानून बनाउने लगायत सबै अधिकार दियको छ | जुन ठाउमा जुन जाति बहुमतमा छन् तिनैको नाममा प्रदेश बनाइएका छन् | त्यो राज्जभित्र बसोबास गर्ने अन्य जाति पनि संगसंगै मिलेर बसेका छन् | उनीहरुको अधिकारको पनि ग्यारेन्टी गरियको छ | स्वायत्त प्रदेश भित्रका विभिन्न भूभागमा अरु जातिको बाहुल्यता भयको ठाउमा  त्यो जातिकै नाममा स्वायत्त इकाई निकाय हरु बनाइएका छन् | यसरि इकाई र प्रदेशमा जुन जाति बहुमतमा छ त्यसैको बिभाग पर्मुख र अन्य जाति, समुदाय, वर्गबाट अन्य पधाधिकारीहरु  आउछन |

चीनमा जातकै नाममा स्वायत्त राज्य राख्नुको कारण त्यहाँ का उत्पीडनमा रहेका जातिहरुको पहिचान जोगाउने र चीनको निर्माणमा उनीहरुलाई नेतृत्वमा ल्याउनको लागि भन्ने उत्तर पाइयो | अहिले चीनिया कमुनिस्ट पार्टीले माइनरिती समुदायको अधिकार संरक्षण गरी उनीहरुलाई राजनीतिमा आघि ल्याउन बिशेष महत्व दियको छ | केन्द्रिय सरकारले केन्द्रिय बजेटमै जातीय स्वायत्त राज्यका लागि बिशेष प्राथमिकता दियको हुन्छ | जातिहरुको भाषाको संरक्षणका लागि बिशेष नीति बनाइयको छ |

चीनमा हान जातिलाई १ भन्दा धेरै बच्चा जन्माउन छुट छैन तर अन्य जातिलाई २ भन्दा बदी बच्चा जन्माउन छुट छ | जनसंख्यासम्बन्धी चीनिया नीति अनुसार २० हजार भन्दा कम जनसंख्या भयका अल्पसंख्यक जातिले चाहेजति बच्चा जन्माउन सक्छ भने २० हजार भन्दा धेरै जनसंख्या भयका हान बाहेकका सबै जातिले ३ सम्म बच्चा जन्माउन पाउछ | सरकारको यस्तो नीतिका कारण हान जातिको जनसंख्या क्रमश घट्दै छ र अरु जातिको बढ्दै छ | सन् २००३ मा हान जातिको जनसंख्या ९०% भन्दा धेरै थियो | सन् २०१० मा हान जातिको जनसंख्या ८९ % भयो र अरु जतिको बढ्यो १.२ बिलियन जनसंख्या को १%घट्नु र बढ्नु भनेको धेरै ठूलो संख्या हो | यसले अल्पसंख्यक जातिलाई संरक्षण गर्ने चीनिया नीति पूर्ण सफल बनेको देखिन्छ |

यसरी चीनमा प्रयोग गरिएको जातीय राज्य त्याहाँको विशेषतामा धेरै अर्थमा सफल देखिन्छ | अन्य देशमा भन्दा चीनमा आफ्नै मौलिकतामा यसको प्रयोग र बिकाश गरिनु तथा नीतिगतरुपमा तय गरियका बिषयको पूर्णत कार्यान्वयन गरिनुले आहिले स्वायत्त राज्यभित्रका जाति र जनजातिहरु  सुखी र खुशी छन् र नयाँ प्रगति र बिकाशको बाटोमा लम्की रहेका छन् |

No comments:

Post a Comment

पपुलर पोस्टस्