कुनै मान्छेले परलयको भविष्यवाणि गर्छ, परम-निष्ठा र विश्वास संग उसको
प्रतीक्षा गर्छ र जब परलय आउन लाग्छ तब उ खुशीले नाच्न गाउन थाल्छ “देखेउ मैले भनेको थिएँ आउछ र आयो !” परलय आयर उसैको
घर खेत समेत किन नजावोस् परलयको परिणाम भन्दा धेरै
खुशी उस्लाई आफ्नो कुरा शही हुनेमा हुन्छ | संसारमा
कम्युनिस्ट हरु कमजोरिदै छन परिबर्तन हुदै छन् पुंजिबाद तिरै; मान्छेहरु जिन्दगी आफ्नै तरिकाले चलाउन र चल्न थालेका छन् र उनीहरु खुश छन् |
उनीहरु भन्थे यहि हुन्छ | किनकि कम्युनिजम्
असम्भब छ | मार्क्सबाद ग़लत छ | म
गम्भीरताको साथ शोच्छुकि यो सत्य कि खोज किन उनीहरुलाई
यत्ति खुशी लाग्छ ? मार्क्सबाद किन गलत छ ? मार्क्सबादले ऐतिहासिक र तार्किक प्रमाणहरु ले यहि भन्छ मान्छे –मान्छे बीच शोषण, असमानता र अन्याय को जुन
व्यवस्थाहरु छन् यि खतम गर्नु पर्छ | यिनीहरुलाई शहीशाषण
गर्नेको तरिका स्थापना गरेको छ | उनीहरुलाई गहिरो संग बुझ्ने,
ब्याक्ख्या गर्ने र लागुगर्नेको प्रयास हुनु पर्ने किनकि यो
इतिहासको माग हो | आज सम्मका मानब समाजको अध्यान हामीहरुलाई
यहीं सिकाउछ कि यि बिशालुहरु को शोच या उनीहरुको बिरुद्द लड्नेको मानवीय कोशिस के
रहेको छ ? के मानब बिकाश अँध्यारोको लक्ष्यबिहीन् दौड हो या
उसको आफ्नै कुनै नियम हो ? यदि नियम छ त के हो ?
मेरो दिमागले बुझ्न सकेन कि मार्क्सबादमा यस्तो के छ जो मान्छेहरु लाइ मन
पर्दैन ? या मार्क्सबादले कुन अपराध गराउछ र यसलाई यसलाई
मान्न नहुने ? यसलाई मान्ने हरु संग नफरत गर्ने ? शायद मार्क्सबादको अपराध यहि हो अरु नियमहरु को जस्तो नभै यसले शोषण र अन्याय टाडा गर्ने मात्र यौटा सपना, मान्छेहरु लाइ बराबरी भन्ने पाठ र हामीहरु लाइ सम्झाउने कोशिस गर्छ कि
हामी ईश्वरीय किर्पाले नभै यि सब ऐतिहासिक, भौतिक र व्यावहारिक कारणले गर्दा हौ, अनि यसको
स्वरूप र तरिका हमेशा बदलि रहेका छन् र यिनलाई बदल्न सकिन्छ र बदल्नु पर्छ |
जहाँ सम्म बुझ्न सकिन्छ, केवल दुई किसिमको मान्छे हरु मार्क्सबादको बिरोधमा
हुनु पर्छ | एक उनि हरु जस्को खुट्टा जमिनमा टेक्न लार्खराई
सकेका, दुइ उनि हरु जो साच्चिकै बिश्वास गर्छन कि शोषण,
अन्याय या असमानता ईश्वरीय देनहो र यो जरुरि या अनिबार्य छ |
किनकि यिनीहरु हमेशाका हुन्, तेसैले उनीहरु हहमेशा तेस्तै रहन चाहन्छन् | यि
स्थितिहरुको परिबर्तन उनीहरु चाहंदैनन् र यस्तो परिबर्तन उनीहरुलाई अप्राकृतिक
लाग्छ | यदि उनीहरु यसको शिकार हुन् भने पनि यो उनीहरुको
भाग्य हो | भ्रमबाद, यथास्थिति को
आफ्नै ब्याक्तिगत भाग्य या नियति मान्नेहरु जति खुस या
उदास भयपनी ऐतिहासिक नियति यही हो कि मान्छे बार-बार
स्थितिहरु लाई बदल्छ, तोर्छ,
बनाउछर राम्रो जिन्दगीको कोशिस गर्छ | एक पटक
आफ्नो स्थिति र तेस्लाई बदल्ने तरिका या क्षमता
जानेपछि कोहि रहदैन जो पहिले हुन्छ | यो नत्र कम्युनिजम् को हार हो, नत्र पूँजीवादी डैमोक्रेसी
को जीत | हुन सक्छ यो कम्युनिजम् र पूँजीवादी डैमोक्रेसी
बिचको द्वन्दात्मक अर्कै रुप हो तर कम्युनिजम् छाउने छ किनकि अब संसार पुंजिबादले
ठेक्न सक्दैन | महत्वपुर्ण कुरा यो कि यो परिबर्तनको गुणात्मक स्वरुप यो होइन | हामीहरु यो कहिल्यै भूल्नु हुदैन कि क्रान्तिको निर्यात हुदैन | सधै तानातान को व्यवस्था, दमन, भ्रष्टाचार र एकाधिकारी अधिनायकवाद ले जन्म
दिन्छ, घर घर टक उनीहरुको कल्याण योजनाहरु पुर्याउने वाला,
चमचे र दलालहरु मा बदलि जान्छन् सर्वोच्च सत्ताको नाम लियर सबै मान्छेहरु साना-तिना तानाशाहको रूप लिन्छन | प्रतिरोध र क्रान्तिहरु सधै तल जरा बाट उम्रिनेवला शक्तिहरु हुन् र
उम्रिने छन् यस्तै अवस्था र ब्याबस्था रहेसम्म |
No comments:
Post a Comment