शैलेन्द्र घिमिरे विचार/बहस
मुलुक रहेन भने के हुन्छ त्यो प्रचण्डलाई थाहा छ । छिमेक नेपाली जनताको भावनामा खेलेर नेपाललाई सधै अस्थिरता र आफू अनुकूलको बनाइराख्न चाहन्छ । समय समयमा छिमेकले सुझाएको विधिले हामीलाई त्यस्तै विपत्तिको सम्मुख उभ्याएको छ । यो जटिलता वुझेका प्रचण्ड पछिल्लो समय कम बोले, मुख्यतः भारत भ्रमण पछाडि । भारत भ्रमणमा उनले नेपालको मधेश सधैं नेपालनै नरहन सक्छ भन्ने गम्भीर चुनौैति पाएका थिए ।
जुन कुरा समय बित्दै जाँदा सत्यतिर जान थालेको देखियो । मधेशमा संघीयता र पहिचानको पक्षमा जुन लहर छ त्यो प्रचण्ड राजनीतिको जित हो । तर यो जितलाई प्रचण्ड, मधेशी दलका प्रायोजित नेताको हातमा थमाएर नेपालको भौगोलिक अखण्डतामा आँचको सम्भावना जिँउदो राखिरहन चाहदैनथे । त्यसकारण उनले आफ्ना एजेण्डाका थुप्रै कुराहरु इतिहासको चौतारीमा बिसाएर मुलुकको स्वधीनता र अखण्डता रोजे ।
जिम्मेवारी र मुलुक बचाउने राजनीतिको अनिवार्य अग्नि घेराको कारण मधेश र थारुको स्थानमा उनी छैनन् । यो ‘वाईफाई’ सम्बन्ध नेपालको राजनीतिक प्रचण्ड टावरवाट मात्र सम्भव छ ।
राजनीतिको जटिल पोयो फुकाउन सक्ने प्रचण्ड हार्दा जित्न सक्ने र जितेर हार्न सक्ने नेता हुन् । पछिल्लो समय उनले हारेर जित्न थालेका छन् । उनले भनेको ठाँउमा थारु छन्, मधेशको मनमा पनि उनी छन् । तर, जिम्मेवारी र मुलुक बचाउने राजनीतिको अनिवार्य अग्नि घेराको कारण मधेश र थारुको स्थानमा उनी छैनन् । यो ‘वाईफाई’ सम्बन्ध नेपालको राजनीतिक प्रचण्ड टावरवाट मात्र सम्भव छ । आज नहोलान् तर भोलि प्रचण्ड मधेश र थारुको आन्दोलनमा सँगै हुनेछन् यो प्रचण्ड राजनीतिको अंशअंश जितेर समग्रमा धावा वोल्ने मौलिक विधि हो । उनी जित्नै लागेको यो खेलमा भावनाको सुस्केरा पोखेर खेल गुमाउन चाहँदैनन् । जिते पछि अर्को जितका लागि उनी मधेश र थारु बस्तीमा झर्ने छन् र जितलाई बलियो बनाउन निसंकोच सो ठाँउमा उभिने छन् । उनलाई ड्रागनको दाँत रोपेर भुसुना फलाएको दुखान्तलाई सुखान्तमा फेर्न राजनीतिको यो बाटोले अनिवार्य आमन्त्रण गर्ने कुराको बलियो हेक्का छ ।
संविधान जारी हुने समय आउनै लाग्दा यसको जननीप्रति मुलुकले कृतज्ञता वा आभार प्रकट गर्छ कि गर्दैन ? यो एक चासो हो । यो एक स्वाभिमानी र परिवर्तनको निरन्तरतालाई विज्ञानका रुपमा स्वीकार गर्ने सचेत नेपालीको चासो पनि हो । तर मुलुक आज जुन ठाँउमा छ र यसको बागडोरमा जो जो विराजमान छन, तिनीहरुलाई हेर्दा सहज अनुमान लगाउन सकिन्छ मुलुकले त्यो आशायलाई अपनत्व दिने अवस्था छैन ।
इतिहासलाई मान्ने हो भने आजभन्दा २० वर्ष अगाडि गणतन्त्र र संघीयता यो मुलुकको परिकल्पनामै थिएन । मदन भन्डारीले सुरुसुरुका एक दुई पोज भाषणमा गणतन्त्रलाई नेपाली जनताको चाहको रुपमा अभिव्यक्त गरेपनि उनको आवसान सगै यो सकियो ।
परिवर्तन र आधुनिकताको चाबी घुमाउन आँट गर्नेहरु दुनियाँभर पूज्य छन । गान्धी हुन् वा मण्डेला एक युगीन विद्रोहका नायकहरु ती देशमा पुजिन्छन । राष्ट्रले तिनीहरुलाई तिथि पारेर सम्झिन्छ ।
हाम्रोमा यो होला कि नहोला, एक गज्जबको आँकलन र अप्ठ्यारोमा हामी छौं । इतिहासलाई मान्ने हो भने आजभन्दा २० वर्ष अगाडि गणतन्त्र र संघीयता यो मुलुकको परिकल्पनामै थिएन । मदन भन्डारीले सुरुसुरुका एक दुई पोज भाषणमा गणतन्त्रलाई नेपाली जनताको चाहको रुपमा अभिव्यक्त गरेपनि उनको आवसान सगै यो सकियो । उनको पार्टीले यो सपनालाई उनकै अस्तुसँग विर्सजन गरी दरबारको एक वफादारको रुपमा आफूलाई उभ्यायो । यो इतिहास हो, रातो झण्डा बोकिएका कम्युनिष्टहरु कसैले पनि राजतन्त्रको फेदमा बन्चरो हान्ने हिम्मत गर्न सकेनन् । एक गज्जवको परिस्थिति नेपालीहरुले लामो समयसम्म झेले । लिखतमा एक कर्ममा फरक हाम्रो पहिचान बन्यो । कम्युनिष्टका ठेलीहरुले नेपालका क्रान्तिकारीहरुका अगाडि पराजित वन्ने एक अद्भुत लाल पागलपन नेपालमा लामो समयसम्म रहिरह्यो ।
जस लिने औतारीहरुको जन्म नेपालको राजनीतिमा हुँदै आएको थियो र छ तर, प्रचण्ड नै यो सपना र यथार्थताको बलियो खम्वा बनिरहे । आज संविधानसभावाट संविधान निर्माणको अन्तिम चरणमा मुलुक पुग्न लाग्दा मुलुकले यो परिवर्तनको परिकल्पनामाथि स्वीकृतीको लालमोहर लगाउन सक्छ कि सक्दैन प्रश्न यहींनेर उभिएको छ ।
माने पनि नमाने पनि माओवादी आन्दोलनको गठन गणतन्त्रको दिशामा नेपाली जनताको एक कदम थियो । ०५२ सालमा एक बाल सपनासरी राेिपएको एक पिपिरोे ०६२ मा आइपुग्दा पूरा मुलुक ढाक्ने रहरलाग्दो बादलका रुपमा फैलियो । यसकै असाधारण चेतको अधीनस्थ विशाल विद्रोहका गुजुल्टाहरु सडकमा दौडिए । राजाको पलायन अनिवार्य बन्यो । यो एक चमत्कार भन्दा कम थिएन । सडकमा जन अविश्वासको ठिहीरोले इहलीला समाप्तीको चरणमा प्रवेश गर्नै लागेकाहरु एकाएक ब्युँतिए र हतारहतार राजनीतिक दलको विधानमा गणतन्त्र झुन्ड्याउन बाध्य भए । एक अपत्यारिलो आन्दोलनको डिजाइन नेपालमैं बनेको हो ।
यसलाई भारतको भनेर भन्दा बोली बिकेको भ्रममा पर्ने केही उरन्ठेउला स्यालहुइयाँलाई नकार्ने हो भने यो पहिलो र मौलिक नेपाली आविस्कार थियो र हो । वैधताको वाध्यतामा गिरिजा यसको जिवीत साक्षी बने । तर नेपालको गणतन्त्र प्रचण्ड डिजाइन र भरणपोषणमा हुर्किदै गयो । समय समयमा यसको जस लिने औतारीहरुको जन्म नेपालको राजनीतिमा हुँदै आएको थियो र छ तर, प्रचण्ड नै यो सपना र यथार्थताको बलियो खम्वा बनिरहे । आज संविधानसभावाट संविधान निर्माणको अन्तिम चरणमा मुलुक पुग्न लाग्दा मुलुकले यो परिवर्तनको परिकल्पनामाथि स्वीकृतीको लालमोहर लगाउन सक्छ कि सक्दैन प्रश्न यहींनेर उभिएको छ ।
संविधान जारी गरेर पनि उनीहरुको मागको पक्षमा मुलुकलाई होम्न सकिने चित्र उनलाई राम्रोसँग थाहा छ । त्यसैले त उनले भनेका छन् मधेश र थारुका जायज माग पूरा हुनेछन्, यो उनको दुरदृष्टि हो । उनी जितलाई सुरक्षित गर्दै लडन सक्ने व्यक्ति हुन् । उनलाई थाहा छ समग्र एकैपटक जित्न नसकिए अंश अंश जितेर समग्रलाई जित्नुपर्छ ।
गणतन्त्रको जन्म आफैमा अकल्पनीय घेराहरुमाथि प्रचण्ड बाबुराम रणनीतिको विजय थियो । यसका निम्ति प्रचण्ड बाबुरामले जति पापड पेले सायदै विश्वकै महानायकहरुले पेले होलान् । संकटकालका संकट र संकटकालका सर्जक आजको संविधान निर्माणका माओवादी साथीहरु हुन् । तिनले हिजो माओवादीमाथि गरेकोे व्यवहार सम्झिने हो भने यो एक अचम्मको कथा जस्तो हुन्छ । ‘किलो सेरा टु’ दरवारको परिकल्पना होइन । सेना परिचालनको रोइलो पनि दरबारको रोजाइ थिएन । आज प्रचण्ड र बाबुराम तिनैसँग छन् र इतिहासले बनाएको एक अदभूत सम्बन्धलाई आफू अनुकूलको इतिहासका रुपमा बदल्न यो सम्बन्धलाई उपयोग गरिरहेका छन् । यो नै एक अद्भूत परिस्थतिका लागि बनेको अदभूत योजनाको परिणाम हो ।
गणतन्त्रको जन्मसम्म आफ्नाहरुकाबीचमा मत्यैक्यता रहेको भए पनि यसको संरक्षण र सम्द्र्धनका लागि प्रचण्ड बाबुरामले आफ्नैको पनि साथभन्दा घात धेरै भोगेका छन् । अव्वल क्रान्तिकारी कहलिएर प्रचण्ड बाबुरामको कदममाथि चढाइ गर्ने मनसायका साथ माओवादीलाई कमजोर पार्ने रणनीतिले प्रचण्ड बाबुुरामलाई यो मिसन पूरा नगर्दै कमजोर बनाए पनि उनीहरुको असाधारण कुटनीतिक प्रयासले आज पनि आन्दोलनको एक उपलब्धी संविधानमा ससम्मान समेटिएको छ ।
हो, आज मधेश र थारु बस्तिमा आन्दोलन छ । यो आन्दोलन कतिपय आशंकाका वावजुद नेपालीहरुकै आन्दोलन हो । तर यो आन्दोलनलाई पर्खिएर संविधान अड्काउदा आन्दोलनका सबै उपलब्धी गुम्ने चित्र प्रचण्डले देखेका छन् । संविधान जारी गरेर पनि उनीहरुको मागको पक्षमा मुलुकलाई होम्न सकिने चित्र उनलाई राम्रोसँग थाहा छ ।त्यसैले त उनले भनेका छन् मधेश र थारुका जायज माग पूरा हुनेछन्, यो उनको दुरदृष्टि हो । उनी जितलाई सुरक्षित गर्दै लडन सक्ने व्यक्ति हुन् । उनलाई थाहा छ समग्र एकैपटक जित्न नसकिए अंश अंश जितेर समग्रलाई जित्नुपर्छ ।
तिनीहरुका नजरमा राणा खानदान वा अर्को खानदानी घराना बाहिरबाट नयाँ नेपालको परि कल्पना भएको होला भनेर सोच्ने कुरा जात फाले जस्तै लाग्ने कुरा हो । धनीको घाटीमा पित्तल भए पनि सुन र गरीवको घाटीमा सुन भए पनि पित्तल बाहेक अरु सोच्न नसक्ने विधिले प्रचण्ड र बाबुरामलाई न्याय गर्न सम्भव छैन र सक्दैन ।
हामी सामन्तवादी अध्ययन धार र निष्कर्ष विधिवाट अझै पर धकेलिएका छैनौं । त्यसकारण हामीलाई गोवर सोहोरेर आन्दोलनको उत्कर्षमा पुगेका प्रचण्ड र बाबुरामलाई गणतन्त्रका पिता भनेर सम्बोधन गर्ने आँट आउदैन । सुकिलो नै सुन्दर र दरबार नै अव्व्ल भन्ने सोच शहरका बुद्धिजीवीका रक्तकणमा आज पनि श्रेष्ठतम ढंगले विराजित छ । तिनीहरुका नजरमा राणा खानदान वा अर्को खानदानी घराना बाहिरबाट नयाँ नेपालको परि कल्पना भएको होला भनेर सोच्ने कुरा जात फाले जस्तै लाग्ने कुरा हो । धनीको घाटीमा पित्तल भए पनि सुन र गरीवको घाटीमा सुन भए पनि पित्तल बाहेक अरु सोच्न नसक्ने विधिले प्रचण्ड र बाबुरामलाई न्याय गर्न सम्भव छैन र सक्दैन । यही मुलुकको यर्थाथता हो । गणतन्त्रका पिता माने पनि नमाने पनि उनै हुन् । यो अदभूत उपलब्धीका लागि उनी धन्यवादका पात्र हुन् । असोज तीन प्रचण्डलाई सम्झिने दिन बनोस् ।

No comments:
Post a Comment